अनिश्चितकालीन आमहड्तालका कारण धनगढी ठप्प ; जनजीवन बढी प्रभावित

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार

जनभावना विपरित प्रदेश राजधानी घोषणा गरिएको भन्दै कैलालीको धनगढीमा गरिएको अनिश्चितकालीन आमहड्तालले जनजीवन प्रभावित भएको छ । नागरिक समाज संघर्ष समिति धनगढीले बन माफिया र भूमाफियालाई फाइदा पुग्ने गरी सुदूरपश्चिमको राजधानी गोदावरीको जंगलमा राखिएको भन्दै आजदेखि धनगढीमा आमहड्तालको घोषणा गरेको हो ।

आमहड्तालका कारण धनगढीको जनजीवन ठप्प भएको छ । बिहानदेखि धनगढी बजार सुनसान बनेको छ भने उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था र यातायात बन्द भएका छन् । आमहड्ता कारण शिक्षक सेवा आयोगको परीक्षा दिन पहाडी जिल्लाबाट आएका परीक्षार्थी बढी प्रभावित भएका छन् ।

संघर्ष समितिले राजधानीका लागि धनगढीमा धेरै खर्च भइसकेकाले गोदावरी सार्न नहुने बताउँदै आएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका आधारमा गरेको निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग संघर्ष समितिले गरेको छ । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि समितिले दिएको छ ।

यसअघि हिजो बसेको प्रदेशसभा बैठकले प्रतिपक्षी दलको बहिस्कारका बाबजुद दुई तिहाई बहुमतका आधारमा प्रदेश नं. ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी बनाउने निर्णय गरेको थियो ।(इमेजखबरबाट)

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu