मेयरलाई कारवाही माग गर्दै सिडिओमा उजुरी!

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई कारवाहीका लागि प्रदेश ७ का सांसदहरुले उजुरी दिएका छन्।


२० जना प्रदेश सांसदको हस्ताक्षरसहित विहीवार जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिईएकाे हाे।

प्रदेश ७ को राजधानी ‘गोदावरी’ बनाउन लागिएको भन्दै बुधवार भएको प्रदर्शनमा वडले धनगढीबाट राजधानी सारिए संसद भवनमा आगो लगाउने, सांसदले २४ घण्टाभित्र धनगढी छोड्नुपर्ने लगायतका विवादास्पद अभिव्यक्ति दिएका थिए।

सांसदहरुले मेयरका अभिव्यक्तिपछि आफुहरुको ज्यान जोखिममा परेको, अप्रिय घटना हुनसक्ने, शान्तिसुरक्षामा खलल पुग्ने भएकाले वडलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाउन माग गरेका छन्।

मेयर वडको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले विहीवार विज्ञप्ति मार्फत माफी समेत मागिसकेका छन्।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu