चारकोल पेन्टिङका ‘च्याम्पिएन’ कलाकार मानवहादुर परियारका कोफी अन्नानदेखि विद्यादेवी भण्डारीसम्मका लोभलाग्दा ‘मुहार चित्र’

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार

कलात्मक ‘चारकोल पेन्टिङ’ शृजनामा ख्याती कमाएका अग्रज कलाकार मानवहादुर परियारले आज सम्म ३ सय वढी चित्र वनाई सकेका छन । सर्व साधारणको जीवन्त मुहार चित्र देखि मुलुकको दुवै राष्ट्रपति सम्मको चित्र वनाएर उनले वाहवाही कमाई सकेका छन ।

उनका मुहार कृतिमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव,राष्ट्रपति विद्यादेवी भण्डारी,राजा वीरेन्द्र,राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नान,उप महासचिव कुलचन्द्र गौतम,पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी,पूर्व सभामुख सुभाष नेम्वाङ,अमेरिकी राजदुत जेम्स एफ मोरियार्टी,फुटवलर मेस्सी सम्मका व्यक्तित्वहरु छन ।

कलाकार परियारले प्रशिद्ध चिकित्सक डाक्टर उपेन्द्र देवकोटा,डाक्टर भगवान कोईराला,शहीद दयाराम परियार,पत्रकार इन्द्र लोहनी, अधिवक्ता भिमार्जुन आचार्य,पत्रकार तथा विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र सम्मका व्यक्तित्वलाई केन्द्र वनाएर आफ्नो शृजना प्रस्तुत गरिसकेका छन ।

 

२०६४ सालमा ‘हाम्रा जातजाति’ शिर्षकमा आर्ट काउन्सीलको प्रेक्षालयमा एकल मुहार चित्रकला प्रदर्शनीको आयोजना गरिसकेका कलाकार परियारले यति एअरलाईन्सको दुरुस्त नमुना जहाज वनाएर पुरस्कृत समेत भएका छन ।

लामो समय प्रहरी सेवामा रहेका परियारले पूर्व प्रहरी महानिरीक्षकहरु रत्न शम्शेर जवरा,अच्युतकृष्ण खरेल,मोतिलाल वोहरा,ध्रुववहादुर प्रधान र प्रकाश अर्यालको ‘चारकोल मुहार चित्र’ वनाईसकेका छन ।

२०२५ सालमा चितवनमा जन्मिएका कलाकार परियारले वरिष्ठ चित्रकार केके कर्माचार्यको सानिध्यमा वसेर कलाकर्म शुरु गरेका हुन । रंगीन चित्रको जगजगी चलिरहेको वेला कलात्मक श्याम श्वेतमा चारकोल प्रयोग गरी वनाईने मुहार चित्र विशेषगरी पाश्चात्य मुलुकमा सम्मानको नजरले वढी हेरिने कलाकार परियारको भनाई ।

 

फोटोग्राफि र तैलिय चित्रमा समेत दख्खल राख्ने कलाकार परियारको मुल परिचय भने चारकोल पेन्टिङमै छ । स्वदेश नेपालसंगको कुराकानीमा कलाकार परियारले धेरै मेहनत गर्नु पर्ने यो विधा सवैले संगाल्न नसकेको वताउनु भयो । विशिष्ट प्रकारको कला मानिने चारकोल पेन्टिङको वजार भने उल्लेख्य रहेको उहाँको भनाई छ ।

 

 (हेर्नुस फोटो फिचरमा ‘चारकोल’ मुहार चित्र) 

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu