मङ्लबार, भदौ २६, २०७५
रुसद्वारा शीतयुद्धपछि कै ठूलो सैन्य अभ्यास सुरु

रुसद्वारा शीतयुद्धपछि कै ठूलो सैन्य अभ्यास सुरु


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ २६, २०७५

रुसले शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागि छन् ।सेप्टम्बर १७ सम्म चल्ने अभ्यासमा भाग लिने सेनाको यो संख्या दोस्रो विश्वमा परिचालित सेनाको संख्याको हाराहारीको मानिएको छ । यसमा ३६ हजार ट्यांक, हजारभन्दा बढी विमान, बख्तरबन्द गाडीलगायत प्रयोग गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ । भोस्टोक–२०१८ नाम दिइएको अभ्यास सेनाको पाँच वटा अभ्यासस्थलमा फैलिएको छ भने चार वटा एअर वेशको उपयोग गरिने छ ।

चीनले बख्तरबन्द गाडी र विमानसहित आफ्ना ३२ सय सेना पठाएको छ भने मंगोलियाले पनि केही सैनिक पठाउँदैछ ।

रुसले शीत युद्धताका यस्तै तहको सैन्य अभ्यास गरेको थियो तर अहिलेको अभ्यासमा सहभागी सेनाको संख्या भने बढी छ । उत्तर एटलान्टिक सैन्य संगठन नेटोसँग तनाव चुलिरहेका बेला रुसले यो सैन्य अभ्यास गरेको हो ।

सन् २०१४ मा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएपछि अमेरिका हावी रहेको २९ सदस्यीय नेटोसंगको रुसको सम्बन्ध बिग्रिएको छ ।

क्रेमलिनका प्रवक्ताले सैन्य अभ्यासलाई रुसमाथिको आक्रामक र अमित्रतापूर्ण व्यवहारविरुद्धको उचित जवाफ भएको जनाएका छन् ।(एजेन्सी)

-इमेज

प्रतिक्रिया
सम्बन्धित समाचार