आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

मुग्लिन-नारायणगढ सडक ७ घण्टादेखि बन्द, पहिरो हटाउन ४ घण्टा लाग्ने (तस्बिरसहित)


  • स्वदेश नेपाल
  • मङ्ल, भदौ २६, २०७५

मुग्लिन-नारायणगढ फेरि बन्द भएकाे छ। ठाउँ-ठाउँमा पहिरो खसेका कारण साेमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएकाे हाे।सडक खण्डमा पर्ने चारकिलो, कालीखोला, जलवीरे, घुमाउने, गाइघाट, तोर्पेखोला लगायत पाँच/सात ठाउँमा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले जानकारी दिए।

सोमबार दिउँसो पनि यो सडक खण्ड पहिरोले अवरुद्ध भएको थियो। पहिरो हटाएर सडक खुलाउनासाथ साँझ झन् ठूलो पानी परेपछि फेरि पहिरो खसेको प्रहरी निरीक्षक केसीले बताए।

विगत सात घण्टादेखि सडक अबरुद्ध हुँदा हजारौँ सवारी साधन र यात्रु मुग्लिन र जुगेडीमा रोखिएका छन्। पहिरोमा रोकिएका नेकपा सर्लाहीका नेता कमल वुढाथोकीले सडक अबरुद्ध हुँदा बालबालिका र वृद्धवृद्धाको विचल्ली भएको बताए। पहिरो पन्छाउन अझै तीन–चार घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ।

 

सात घण्टादेखि पूर्णरुपमा सडक अबरुद्ध भए पनि अझै पहिरो हटाउन सुरु भएको छैन। ‘उज्यालो भएपछि पहिरो हटाउने काम सुरु हुन्छ होला,’ प्रहरी निरीक्षक केसीले भने, ‘हामीले सडक विभाग र ठेकेदार कम्पनीलाई जानकारी गराएका छौँ।’

यो सडक खण्ड ठेकेदार कम्पनीले सडक विभागलाई हस्तान्तरण गर्ने अन्तिम तयारीमा छ। अहिले सडकमा खसेको पहिरो ठेकेदारले कम्पनीले हटाउने कि सडक विभागले भन्ने विषयमै विवाद हुने गरेको छ।

१५ घन मिटर भन्दा ठूलो पहिरो सडक विभाग र त्यो भन्दा सानो पहिरो ठेकेदार कम्पनीले हटाउने सहमति छ। उज्यालो भएपछि पहिरोको निरीक्षण हुने र पहिरोको अबस्था हेरेर कसले हटाउने भन्ने विषय टुंगो लाग्ने प्रहरी निरीक्षक केसीले बताए।

सडक अबरुद्ध भएको विषयमा प्रहरीले हिजो साँझ नै सडक विभागलाई जानकारी गराईसके पनि अझै पहिरो हटाउने क्रम सुरु भएको छैन।

सडक विस्तारका क्रममा काटिएको पहाड र भित्तोबाट पहिरो खस्दा यो खण्डमा यात्रा जोखिमयुक्त बन्दै गएको छ। सरकारी अध्ययन प्रतिवेदनले समेत यो खण्डलाई जोखिमयुक्त क्षेत्रको सूचीमा पनि राखेको छ ।

काठमाडौं जोड्ने मुख्य यो सडकखण्डमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्छन् । तर उनीहरुको यात्रा सहज भने कहिल्यै हुँदैन। यात्रुसँगै यो खण्डमा गाडी चलाउने चालकहरु पनि बाटोकै कारण हैरान हुँदै आएका छन्।

वर्षा सुरु भएयता यो सडक खण्ड पहिरो खसेर सयौँ पटक अबरुद्ध भइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट