कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार

कञ्चनपुर- कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामुहिक बलात्कार भएको जानकारी दिइएको छ।


घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा गएका चार युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएको र अपहरणशैलीमा घरबाट टाढा लगेर सामुहिक बलात्कार गरिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले बताए। ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकले घरदेखि अर्को गाउँ ‘जबदिया’मा लगेर सामूहिक बलात्कार गरेका थिए।

‘बलात्कार गरेर चारै युवक भागे। दुई युवकसंग चिनजान थियो’ किशोरीलाई उदृत गर्दै प्रहरी प्रमुख बमले भने, ‘पीडित किशाेरीले प्रहरीमा दिएको बयान अनुसार चारै जना फरार छन्’। फरार चारै जनाको खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ।

‘अहिले किशोरी सुरक्षित छिन्’ बेल्डाँडी प्रहरी प्रमुख बमले भने। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
-नेपाल लाइभ

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu