एपी वान टेलिभिजनको गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणमा १ सय १५ जना छनोट भएका छन् । देशभरका सात स्थानमा भएका अडिसनबाट छानिएका १ सय १५ मध्ये चार जनालाई ‘गोल्डेन माइक’ घोषणा गरिएको छ । अडिसनमा छानिएकाले अब थिएटर राउन्ड, पियानो राउन्ड र गाला राउन्डमा सहभागी भएर फाइनलमा पुग्नु पर्नेछ तर गोल्डेन माइक घोषणा भएकाहरू भने सीधै गाला राउन्डमा प्रवेश पाएका छन् ।
नेपाल आइडलले यस पटक केही नियमसमेत परिवर्तन गरेको छ । यस पटक पनि टप १८ बाट भोटिङ राउन्ड खुला हुनेछ तर अघिल्लो संस्करणमा भोटिङ राउन्ड सुरु भएपछि निर्णायकको भूमिका रहँदैनथ्यो । यस पटक भोटिङ राउन्ड र निर्णायकको भूमिका ५०-५० प्रतिशत रहनेछ । एपी वान टेलिभिजनले साउन १० बाट नेपाल आइडलको दोस्रो सिजनलाई ३४ भागमा प्रसारण गर्नेछ । यस पटक आइडलको सञ्चालन आशिष शाह र रिमा विश्वकर्माले गर्ने छन् भने फाइनल प्रतिस्पर्धामा पुग्न करिब छ महिना लाग्ने बताइएको छ ।
नेपाल आइडलको दोस्रो संस्करणका विजेताले नगद ५० लाख पुरस्कार पाउने भएका छन् । पहिलो संस्करणमा पुरस्कार २० लाख थियो । तर, यसपटकदेखि गाडी पुरस्कार हटाइएको छ । पहिलो नेपाल आइडल बुद्ध लामाले महेन्द्रा केयूभी १०० गाडी पाएका थिए ।
तर कर तिर्ने सम्वन्धमा उनले विवाद निकालेका छन् । आकस्मिक लाभ कर नतिर्दा उनले अहिलेसम्म गाडीको ब्लु बुक पाएका छैनन् । यही कचिङ्गलले गर्दा सिजन २ मा गाडी पुरस्कार हटाएर ३० लाख रुपैयाँ नगद पुरस्कार थप गरिएको हो ।
जजहरु पुरानै
नेपाल आइडलको दोस्रो संस्करणमा तीनै जना जजहरु दोहोरिएका छन् । पहिलो संस्करणमा जस्तै न्हृयु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा फेरि जजको कुर्सीमा बसेकाछन् । उनीहरुको निर्णय र विश्लेषण क्षमताको प्रशंसा भएको थियो ।
जजहरु पुरानै भए पनि प्रस्तोता भने एकजना फेरिएका छन् । यसअघि सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा सुशीलको ठाउँमा नायक तथा टेलिभिजन प्रस्तोता आसिफ शाहलाई लिइएको छ । सुशील भने अर्को सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपालका लागि अनुबन्ध भएका छन् ।
पब्लिक भोट ५० प्रतिशत
यस पटकको नेपाल आइडलमा ठूलो नीतिगत परिवर्तन गरिएको छ । नेपाल आइडलको आधिकारिक फेसबुक पेजमा जनाइएअनुसार अब निर्णायक र दर्शकको भोटलाई ५०-५० प्रतिशत भार दिइनेछ ।
सक्षम, प्रतिभावान र यसको गरिमा कायम राख्न सक्ने व्यक्तिमात्र विजेता बन्नुपर्छ भन्ने उद्देश्यले फ्रेन्चाइजको नियमभित्रै रहेर यो निर्णय लिइएको एपी १ टेलिभिजनले बताएको छ ।
यद्यपि पहिलो नेपाल आइडल बुद्ध लामाले आफ्नो उपाधिको गरीमा कायम राख्न नसकेको मूल्यांकन गरेर एपी १ ले यो निर्णय लिएको बुझिएको हो ।
सकियो अडिसन
नेपाल आइडल सिजन २ को अडिसन भैरहवाबाट सुरु भएर क्रमशः धनगढी, हेटौंडा, धरान, पोखरा र काठमाडौंमा आई सकिएको छ ।
अडिसनमा छानिएका प्रतियोगीहरुलाई निर्णायकहरुले ११५ जनालाई काठमाडौं छन् । यसपाली विशेष क्षमता भएका प्रतियोगीहरुलाई गोल्डेन माइक पनि दिइने छ । उनीहरु सोझै टप २४ अर्थात गाला राउन्डमा प्रवेश पाएका छन् ।
को बने गोल्डेन माइक पाउने भाग्यमानी ४ जना ?
पहिलो गोल्डेन माइक चितवनका मिन राज पौडेलले पाएका थिए भने क्रमसः दोश्रो, तेश्रो, चौथो पोखराकी निलिमा कंडेल र बिक्रम बराल साथै झापाका सुमित पाठकले पाएका छन् ।
यसरी भएको थियो नेपाल आइडलको अडिसन भैरहवा देखी काठमाडौं सम्म
भैरहवा अडिसन
धनगढी अडिसन
हेटौंडा अडिसन
धरान अडिसन
पोखरा अडिसन
काठमाडौँ अडिसन

