– प्रभात लामा
‘रामविलास–धनियाँ’, ‘तीतो सत्य’ हुँदै ‘छक्का पञ्जा’ सिरिजसम्म
दीपाश्री निरौलाका तीन प्रमुख परिचय छन्। उनको पहिले परिचय हो, धनियाँ। पचासको दशकमा दीपाको परिचय रेडियो नाटक धनियाँमा सीमित थियो। रेडियो र टेलिभिजनमा उनी रामविलासकी धनियाँ बनेर मधेसी महिलाको लवजमा उनी सबैलाई हसाइरहेकी हुन्थिन्।

त्यसपछि दीपाको परिचयमा धनियाँ बिस्थापित नै बन्ने अवस्था आयो हस्य टेलीसिरयल ‘तीतो सत्य’बाट उनी दीपककी दीपा बनेर देखा परिन्। यो सिरिल हेर्दै गर्दा धेरै दर्शकलाई दीपा दीपककै वस्तविक श्रीमती झै लाग्छ। मीठो आवाज र शारीरिक सोन्दर्यताले उनी धेरैको प्रिय बन्दै गइन्। यही समयमा उनी सिनेमामा अभिनय गर्न समेत पुगिन्।
उनको तेस्रो परिचय छक्कापञ्जाबाट स्थापित भएको छ त्यो हो निर्मात्री तथा निर्देशक। यी तीनवटै परिचयमा उनी सफल बनेकी छन्।
यिनै दीपाको बिहीबार जन्मदिन परेको छ। २०३२ साल भदौ ७ गते विराटनगरमा जन्मेकी दीपाश्री निरौला परिवारको साहिली छोरी हुन्। साहिली भए पनि परिवारका दुई दाजुभाइ र पाँच दिदीबहिनीमा उनी विवाह गर्नका लागि बाँकी एक्ली सन्तान हुन। विवाहका बारेका प्रश्नहरुमा प्रायः ठट्यौली जवाफ दिएर टार्ने निरौलाका दिदीबहिनी भने उनको विवाह नभएर वर्तबन्ध गर्न बेला भएको मजाक गर्छन्। दीपा परिवारमा छोराको भूमिकामा प्रस्तुत भएकी भन्दै उनीहरुले यस्तो मजाक गरेका हुन्।
रेडियो नाटकमा धनियाँ हुदै नायिका, नायिकाबाट हास्यकलाकार अनि हास्यकलाकारबाट सफल निर्देशक बनेकी दीपाश्री निरौलाकाे जीवनका यी तीन मोडहरुको बारेमा उनको जन्मदिनको अवसर पारेर यहाँ प्रस्तुत गरिएको छ।
रामविलासकी धनियाँ
दीपाश्री निरौला र दीपकराज गिरीलाई अहिले पनि धनियाँ र रामविलास भनेर धेरैले चिन्छन्। दीपा र दीपक दुवैको पहिलो परिचय दिने यो भूमिकालाई दुवैले जीवनको सबैभन्दा ठूलो सफलता मान्ने गरेका छन्।रेडियो नेपालबाट प्रशारित नाटकको पात्र रामविलास र धनियाँले नै उनीहरुको पहिचान फेरिएको थियो। यही नाटकले दीपक र दीपाको भेट गराएको थियो। जुन जोडी हालसम्म पनि कायमै छ। उनीहरुको जोडीको विषयमा बेलाबखतमा प्रश्न पनि उठ्ने गर्छन् भने उनीहरु आफ्नो व्यवासायिक सम्बन्ध मात्रै रहेको सफाइ दिँदै आएका छन्।
‘तीतो सत्य’ मा दीपककी दीपा

दीपाश्री निरौलाको जीवनको सफलतामा जोडिन आउने अर्को परिचय भनेको हस्य टेलिसिरियल ‘तीतो सत्य’की दीपककी दीपा हो। दीपाको जीवनमा यो सिरियल र पात्रले पनि विशेष अर्थ र महत्व राख्छ।
आफूले खेलेका सबैजसो चलचित्र असफल भएपछि उनी सिरियलतर्फ आकर्षित भएकी हुन्। दीपाले त्यतिबेला ‘गाउँले’ ‘चमत्कार’ लगायतका चलचित्रमा अभिनय गरेकी थिइन्। यी चलचित्र व्यवसायिक रुपमा असफल बने भने दीपा पनि चलचित्रमा खासै जम्न सकिनन्।
नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रशारित रहेको ‘तीतो सत्य’मार्फत उनले दर्शकलाई हसाउने मात्रै नभएर मतिष्कमा आफ्नो छाप समेत छाड्न सफल भइन्। सिनेमाले दिएको पहिचानभन्दा कयौँ गुना ठूलो पहिचान दिलायो तितो सत्यले। तितो सत्यमार्फत हरेक नेपालीको घरघरमा पुग्न सफल भएका दीपा यसै हास्यसिरियलबाट एक सफल हास्यकलाकार समेत बनिन् भने सयौँ स्टेजकार्यक्रम मार्फत प्रत्यक्ष दर्शकहरु सामु पुग्न समत सफल भइन्। जसबाट उनले नाम मात्रै नभएर दाम पनि राम्रै कमाइन्।
तीतो सत्यमार्फत उनीहरले हस्य सिरियललाई टेलिभिजनमा स्थापित मात्रै गराएनन् थुप्रैलाई रोगगारी दिन सक्ने हैसियतसम्म पु¥याए। यो सिरियल ६ सय १ भागसम्म नेपाल टेलिभिजनबाट प्रशारित भएको थियो।
‘छक्का पञ्जा’बाट निर्मात्री र निर्देशक
हस्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ प्रशारण भैरहकै समयमा दीपक र दीपाले संयुक्त रुपमा चलचित्र निर्माणमा हात हाले। पहिला ‘६ एकाने ६’ निर्माण गरे भने त्यसलगत्तै ‘वडा नम्बर ६’। छ एकाने छ को निर्देशन दिनेश डिसीले गरे भने वडा नम्बर ६ को निर्देशन उज्ज्वल घिमिरेले। यी दुवै चलचित्र व्यवसायिक हिसावले सफल बने।
यसमा उनले ‘मेरी बास्सै’का केदार घिमिरे, विल्सनविक्रम राई, सितारमा कट्टेल, ‘जिरे खुर्सानी’का जितु नेपाल र शिवहरि पौडेल लगायतका कालकारलाई समेत समेटे।
त्यही समयमा आर्थिक किचलोका कारण तीतो सत्य बन्द भयो भने उनीहरु ‘छक्का पञ्जा’को निर्माण गर्न जुटे। यसमा निर्देशनको जिम्मा दीपाश्री निरौलालाई आइप¥यो। तीतो सत्यमा दीपकसँग मिलेर निर्देशनको समेत काम गरेकी उनले त्यो जिम्म सहज रुपमा निर्वाह गरिन र आफूले निर्देशन गरेको सिनेमालाई सफल बनाएरै छाडिन्।
उनको निर्देशनमा बनेको पहिलो सिनेमा ‘छक्का पञ्जा’ले यसअघिका नेपाली सिनेमाले कायम गरेका रेकर्ड तोड्दै धेरै कमाई गर्ने र १ सय १ औँ दिन मनाउने सिनेमाको रुपमा कीर्तिमान कायम गर्यो। मल्टिप्लेक्समा १ सय १ औँ गौरवमय दिन मनाउने सिनेमा बन्न गयो छक्का पञ्जा।
यसपछि दीपाको परिचय सफल निर्देशकका रुपमा समेत जोडियो। उनकै निर्देशनमा बनेको ‘छक्का पञ्जा–२’ ले बक्स अफिसमा १७ करोड चानचुनको ग्रस कलेक्सन गर्यो। योसँगै उनी ‘छक्का पञ्जा–३’मार्फत सफलतामा ह्याट्रिक गर्ने ध्यानमा छिन्। उनको निर्देशनमा ह्याट्रिक हान्ने कामना पूरा होस् जन्मदिनको अवसरमा हाम्रो शुभकामना।
-नेपाल खबर

