आज श्री शाके १९४० बि.स. २०७५ साल भाद्र १ गते शुक्रबार इश्वी सन् २०१८ अगस्त १७ तारीख श्रावण शुक्ल पक्ष सप्तमी तिथी स्वाती नक्षत्रंं शुक्ल योग गर करण चन्द्रमा तुला राशिमा सुर्य दक्षिणायन वर्षा ऋतु भाद्र संक्रान्ति गो स्वामी तुलसी दास जयन्ति वल्के पर्व कीर्तिपुरमा बाघभैरव यात्रा – ज्यो.पं. सरोज घिमिरे ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अधुराकार्यहरु सहजता पुर्ण सम्पादित रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । आर्थीक क्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । आम्दानिका निम्ती सामान्य यात्राको योग रहकोछ । आफ्न्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
आय आर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछ । नयाँकार्य थालनि गर्न समय उत्तम रहनेछ । बिशिष्ट ब्यत्तिहरु सगँको साथ सहयोग प्राप्त रहनाले कार्य सम्पादनमा सहजता रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मान्यजनहरुको साथ सहयोगमा बृद्धिहुने योग रहेकोछ । खुशीको खवरले मन प्रशन्न हुने सम्भाबना रहेकोछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित हुनेछ । मानसम्मान प्राप्तीको समेत योग रहेकोछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रजनहरुको साथ सहयोगमा मनोरञ्जन पुर्ण यात्राको योग रहनेछ । बलतथा प्रराक्रमका क्षेत्रमा बृद्धिहुने योग रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । संघर्षमय कार्य सम्पादित रहनेछन ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य चोट पटकको सम्भाबना रहेकोछ । खानपानमा समेत सावधानि अपनाउनु होला । बिश्वासिला ब्यतिहरुबाट धोका हुन सक्नेछ । कार्य सम्पादनमा बिषेश सावधानी अपनाउनु पर्ने समय रहेकोछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शारीरिक स्फुर्ति प्राप्तहुने समय रहेकोछ । अधुरा कार्यहरु सहजता पुर्ण सम्पादित रहनेछन । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान सम्मान प्राप्तीको समेत योग रहेकोछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने समय रहेकोछ । शत्रुपक्ष सवल रहन सक्नेछन । चिसोका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ । हरकोहिको बिश्वासमा नपर्नु होला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहनेछ । नयाँ कार्य प्रारम्भगर्दा कार्य सहजता पुर्ण सम्पादन रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मित्र तथा दाजु भाईहरुको साथ सहयोगमा बृद्धि हुनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
गरीरहेकोकार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा कमि भएको महसुस हुनेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । सवारी साधनको प्रयोगमा सजग रहनु होला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामान्य यात्राकारक दिन रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय अनयासै प्राप्त हुनाले मन प्रशन्न हुनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा सहजता प्राप्त रहनेछ । सामान्य खर्चको समेत सम्भाबना रहेकोछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिश्वासिला ब्यतिहरुबाट धोका हुन सक्नेछ । कार्य सम्पादनमा बिषेश सावधानी अपनाउनु पर्ने समय रहेकोछ । सामान्य चोट पटकको सम्भाबना रहेकोछ । खानपानमा समेत सावधानि अपनाउनु होला ।

