– लक्ष्मी उप्रेती
शनिबारको छुट्टीमा त झन घरायशी कामले लखतरान नै भइन्छ । विहानदेखि घरको सरसफाई गर्दै खानपिनको परिकार बनाउँदा १२ बजिसक्छ । अनि हत्तार हत्तार खाना खायो, धन्दा सक्या,े दिन बितिहाल्छ । नयाँ ठाउँ भएकाले आफ्नामा उति इष्टमित्रहरु नआउने र आफु पनि कहीँ जानु नपर्नाले एकछिन भए पनि आराम गर्न, सुस्ताउन, नेट चलाउन पाइन्छ ।

आजको शनीबार पनि त्यस्तै धमाधमले विहान बित्यो । जहानको नाममा श्रीमान श्रीमती जम्मा दुईजना छौ, त्यही पनि कत्ति काम,काम,काम । श्रीमानले धेरथोर काम सघाए पनि घर व्यवहारमा गर्नैपर्ने केही कामहरु फेरि देखा परिहाल्छन् र बेफुर्सदी भैहालिन्छ । आज खाना खाएर काम सक्दा २ बज्यो । हरेक शनिबार साझ पाँच बजे मुकेशसँग क्ुरा गर्न पाउँदाको क्षणले हामीलाई आल्हादित बनाउछ । आज पनि त्यही क्षणको प्रतिक्षासँगै छोराको स्नेहमा म मगन भएर कल्पनाकाशमा उडिरहेँ ।
आफूलाई समयपङ्खी रोकिएझैँ लागे पनि समय आफ्नै गतिमा हिँडिरहयो । ५ बजेको घण्टीको ध्वनिले मेरा मांसपेसीहरु अनायासै झन्कृत भए । नेट खोलेर चलिरहेँकै बेलामा मुकेशको आवाजले मलाई आकर्षित ग¥यो ।
“ममी, के छ खबर, आरामै हुनुहुन्छ ।” — आवाजसँगै टुप्लुक्क देखिएको उसको अनुहारले मनमा मातृत्व र वात्सल्यको मुल फुट्यो । सुतिरहनुभएका श्रीमान जुरुक्क उठेर चुपचाप मेरो छेउमा बस्नुभयो । मौनताले भरिएको कोठाको चकम्मनतालाई चिर्दै फेिर उसैले “म पर्सि बैंकक आउदै छु । हजुरहरुको टिकट पनि शुक्रबारको काटिदिएको छु । ” अनायासै मुकेशले आफ्नो निर्णय सुनाएपछि हामी रनभूल्लमा प¥यौँ ।
“नानी, बैंकक किन र ।” उहाँले प्रश्न गर्नुभयो ।
“मेरो उपचारका लागि ।”
उसको उपचारको कुरा सुनेर हामी दुबै जना आत्तियौं । आत्तिदै मैले प्रश्न गरेँ । —“अनि बाबु के को उपचारका लागि बैंकक जान लागेको ? ”— प्रश्न गरेँ ।
“हजुरहरुको मुस्कान हुने नि म ।” — ऊ लजालु भावले मुस्कुरायो ।
“अनि उपचारका लागि ………. ।” — बोल्दा बोल्दै मेरो गला अबरुद्ध भयो ।
“उपचारका लागि पैसाको चिन्ता हजुरहरुले गर्नु पर्दैन । मैले मज्जाले पुग्नेगरी पैसा जम्मा गरेरमात्र यो योजना बनाएको हुँ । ”— उसले हामीलाई आश्वस्त बनाउन खोज्यो ।
“त्यहाँ नै उपचार राम्रो हुन्न र, बाबु ? ”— हामीले अन्यौलता व्यक्त ग¥यौँ ।
“यहाँका डाक्टरहरुकै सल्लाहले बैंककमा उपचार राम्रो हुन्छ भन्ने थाहा भयो । त्यसैले अप्रेशनका लागि अर्को मंगलबारको डेट निश्चित गरेको । मम्मी बाबा, मलाई तपाइँहरुको साथ चाहिन्छ । तपाँइहरु एक हप्ताका लागि आउनु पर्छ । उपचार सकेर केही दिनका लागि म पनि हजुरहरुसँगै नेपाल जान्छु । त्यसका लागि धेरै काम गर्नुछ आजलाई विदा है । ” आफ्ना कुरा एकसुरले भनेर मुकेश बाहिरियो ।
मेरो मनमा आँधीबेरी आयो । खुसी, पीडा खै के हो असजिलोजस्तो, मुटुमा गाँठो परेजस्तो, गला अवरुद्ध भएजस्तो अनुभव भैरह्योे, तर हामी लोग्नेस्वास्नीले मनमा उठिरहेको ज्वारभाटालाई एकापसमा व्यक्त गर्न सकिरहेका थिएनौं । के बोल्ने, के बोल्ने, असहज परिस्थितिलाई अनुभूत गरेर हामीले एकअर्कालाई हेर्न पनि सकिरहेका थिएनौ ।
हरे ! आजभोलि गर्दै शुक्रबार पनि आयो । यो सातदिन र सातरात हरक्षण मेरो मन छटपट छटपट नै भैरह्यो । आफ्नोे मन आप्mनो नै हैन जस्तो कस्तो कस्तो मन तम्तपाइलो भैरह्यो । यी क्षणहरुमा मनलाई असमञ्जसजस्तो, शरीरभरि जूका हिडेजस्तो, वाकवाकी लागेजस्तो भैरह्यो । तर मनको औडाहा कसलाई भन्नु र ? रुपेशलाई भनुभने ऊ त्यसैत्यसै टोलाएको छ । आप्mनो मनको पीडा सुनाएर उसलाई झन किन दुःखी बनाउनु ? म चारैतिर अँध्यारोमात्र देख्छु । केही सोंच्न नसकेपछि पीलपीलगर्दै बहन थाल्छ आँसुका थोपा……..थोपा….थोपा…..।
अब आज ५÷६ घण्टामा मुकेशसँग भेट हुन्छ । एयरपोर्टमा जहाज चढ्नु अघिका प्रकृया सकेर हामी प्रतिक्षालयमा बस्यौँ । एकछिनमा जहाज चढ्ने सङ्केत आएपछि यन्त्रचालितभैंm हामी जहाजमा गएर आआफ्नो सिटमा बस्यौं । समयसँगै जहाजले आफ्नो पखेटा उचाल्यो र गति लियो । जहाजको उचाईबाट देखिने उडिरहेका वादलका सगरमाथा, माछापुच्छे्रहरुको चाङ भित्र नचाहेरै पनि मेरो मनले कल्पनाको खेती गर्न थाल्यो । चारैतिर मुकेश नै मुकेश देख्न थालें । ननिदाएरै चिम्लिएका मेरा आँखाहरुले निदाएको अभिनय गरिरहेको त थियो तर परिचारिकाहरुको
ओहोरदोहोरबाट अनभिज्ञपनि थिएनन् । श्रीमानसँग समेत बैंकक जानुको सन्दर्भमा कुरा गर्न मेरो मन बिल्कुलैतयार थिएन ।
म द्विविधामै थिएँ र मैले विश्वास गर्नै सकिरहेकी थिइन, हाम्रो मुकेशको परिवर्तन अब मुस्कानको रुपमा हुदैछ । यथार्थको के कुरा कल्पनासमेत पनि गर्न सकेकी छैन मैले अबको उसको जीवनयात्रा कहाँ र कुन रुपमा सुरु हुने हो ? मुकेशबाट मुस्कानमा रुपान्तरित जीवन बांच्न मुस्कानलाई कति सजिलो होला ? कति गाह्रो होला ? बिगतमा मुकेशले भोग्नु परेको पीडा, सहनु परेको पीडा, व्यंग्य र लान्छना कतै मुस्कानले पनि भोग्नुपर्ने त हैन ?
किनभने उसको विगत भने उफ ! कत्ति कहाली लाग्दो थियो । कत्ति पीडादायी थियो । बिनाकारण अरुबाट प्रताडित हुनुपर्दाको पीडा के शव्दमा व्यक्त गर्न सकिन्छ र ? तर म त आमा हुँ नि । सन्तानले नभने नि उसको पीडा बुभ्mन आमालाई गाह्रो हुदैन नै । त्यो अध्यारो विगत काँढा बनी रोपिएको छ मेरो मानसमा । विर्सनै नसकिने ती क्षण पीडाको खोली बनेर बग्छन् मेरो मनमुटुलाई दरफ¥याउदै । वर्तमानको सन्त्राससँगै बढ्दो खुसीले हो वा विगतको आहतले दुखेर हो मेरा आँखा भरिदै सुलुलु बग्न थाले थाहै नपाई ।
रुपेश र म सँगै पढ्ने साथी । समयको गतिसँगै हामी साथीभन्दा माथि उठेर प्रेमिल जोडी भयौँ । पढाई सकेपछि हाम्रो बिहे भयो र हामी एकअर्काका पुरक भयौँ । हाम्रो विहे भएको निकै वर्षपछि अर्थात् सात आठ बर्षपछि हाम्रो छोरो जन्मियो । सम्हाल्नै नसक्ने औलादौला नभए तापनि हामी एकापसमा सन्तोषले रमाएका थियाँै । जीवन बाँच्ने न्यूनतम आवश्यकता पुरा गर्न हाम्रो जागीरबाट प्राप्त आम्दानी छदै थियो । यस्तोमा हाम्रो आँगनमा फुलेको सुन्दर नवजात पूmललाई हेरेर हामी औधी रमाएका थियौं । काखे छोरोको प्रत्येक कृयाकलापले हामी पुलकित भएका थियौं । छोरोको आगमनले हाम्रो परिवार पूर्ण भएको थियो ।
समय बग्दै गयो, आजभोलि भन्दै छोरो बढ्दै गयो । उमेरसँगैं उसका स्वभाविक गतिविधिहरुमा थोरै अस्वाभाविक पनि थियो कि ? कहिलेकाहिँ कसैले उसको नाम सोध्दा मुस्कान भनेर ऊ एक्लै मुस्कुराउथ्यो । उसको हसाई र बोलाईले सारा दुख बिर्सिएर हामी आनन्दित हुन्थ्यौँ । सुरुसुरुमा त हामीलाई वास्ता भएन र उसले भने जसैँ गथ्र्यौ । छोरीका पोशाक, क्रिम, पाउडर, लिपिस्टिक, नङपालिस, चुरा, चिम्टी, रिबन लगाएर उसले हाम्रोसामुँ नखरा गरेको देख्दा हामी त्यसैत्यसै दंग पर्दथ्यौें । उसको नाटक भनेर त्यसै रमाएर हासिदिन्थ्यौं । बिस्तारैबिस्तारै छोरा स्वभाव नभई छोरी स्वभावका रहरहरु उसमा घट्नुको सट्टा बढ्दै जान थालेको अनुभव र अनुभूति पन्छाउनै नसकिने स्थितिमा तीब्र हुन थाल्यो । उसका रहरहरुले लिएर आउने अर्को भयानक रुपको हेक्कासमेत नभएका हामीहरु साेंचमग्न हुन थाल्यौं । यो कस्तो समस्या हो ? किन यस्तो भैरहेछ, यसको कुनै जवाफ हामीसंग थिएन । उसको शरीरले जीवनका रंगहरु उमेरसँगै पृथक देखाउँन थालेपछि हामीमा त्रासदी छायो । अन्ततः थाहा पाइयो हाम्रो सन्तान त छोराछोरी भन्दा फरक प्रकृतिको रहर र इच्छा राख्ने भएर जन्मिएको पो रहेछ । जब यो कुरा हामीले थाहा पायौँ तबदेखि हाम्रा मौनता पनि हामी बीचको बढ्दो तनावका अव्यक्त पीडाका साक्षी हुन थाले ।
कहि लुकाएर राख्ने कुरो भएन, कसैलाई भन्दा शीर उठाउने कुरो थिएन । कोसंग सल्लाह लिने ? कसलाई भन्ने ? डाक्टरलाई देखाउनुपर्ने हो कि ? कि धामी लाएर झारफुक गर्नुपर्ने हो ? हामीसंग यसको कुनै जवाफ थिएन । रुपेश त झन त्यसैत्यसै टोलाएको थियो । हामी एकअर्काको हात समाएर रुनुबाहेक केहीगर्न सक्ने स्थितिमा थिएनौं । मनले खाएको आफन्तहरुसंग सल्लाह लिंदा उनीहरुले उडाउनुसम्म उडाए । त्यसपछि यो विषयमा हामीले कसैसामु कुरा गर्ने आँट गर्न सकेनौ । समयको चक्रव्यूहमा जकडिएका हाम्रा सारा खुसीहरु समयले नै खोसेको थियो । नियतिले हामीलाई नराम्ररी झापड हानेकाले हामी मनभित्र भित्रै रुँदै जीवनको पैञा चलाउन बाध्य थियौँ ।
हाम्रो मुटुको टुक्रा, हाम्रो छोरो मुकेश केटाकै पोशाक लगाएर स्कुल गए तापनि केटीहरुसँग कै हिमचिममा रमाउने हल्लाले विस्तारै विस्तारै व्यापकता लिन थाल्या । केटीहरुले केही नभने पनि केटा साथीहरुले उसलाई जिस्क्याएर, अपशब्द भनेर नराम्रो व्यवहार गर्न थाले । उसको हिँडाई, बोलाईलाई लिएर उसका साथीहरुले अत्यन्त निम्नस्तरको आक्षेप लगाउँदा आफ्नै साथीहरुबाट यस्तो कटुता सहनु परेकाले पढाइ राम्रो भएर पनि ऊ स्कुल जान चाहदैनथ्यो । हाम्रै करकापले मात्र जान बाध्य ऊ हरक्षण आफ्नै जीवनदेखि हत्तासिन्थ्यो । आप्mनै सन्तानको शारिरिक अवस्थामा आहात भएर हिनताबोध गर्नु नै हाम्रो नियति भयो । तर हामीलाई थाहा थियो, यो अभिशाप हैन, पाप हैन, यो मुकेशको रहरमात्र पनि थिएन । यो त प्रकृतिले गरेको एउटा पीडादायी ठट्टा थियो ।
समय बित्दै गयो । उसले जेनतेन १० कक्षाको परीक्षा सक्यो । प्रत्येक व्यक्तिले मन दुख्ने गरी गर्ने टिका टिप्पणीबाट आजित भएर हाम्रो मुकेश घरबाट बाहिर निस्किएर अरु सरह उमङ्गका पखेटा फिजाँउन सक्दैनथ्यो । त्यसैले घरकै एउटा कुनामा भएको एउटा कम्प्युटर उसको संसार थियो । त्यही कम्प्युटरमा नेट चलाउनु, च्याट गर्नु र विभिन्न कार्यक्रम हेरेर अरुको रंगीन जीवनमा थकथकाउनु उसको दिनचर्या जस्तै भयो ।
अफिस जादा मुकेश सम्झिएर मनै पोल्थ्यो । उसलाई कहीँ लिएर जान पनि सक्दैनथ्यो । उसलाई बढी भन्दा बढी समय दिने हाम्रो प्रयत्न हुन्थ्यो । त्यसबाहेक मुकेशका लागि हामी अरु केह ीगर्न सक्दैनथियौं । उसको मन बहलाउन रुपेश उसका लागि उसलाई मनपर्ने गीत गाउथ्योभने म उसलाई मनपर्ने परिकार बनाएर उसको अगाडि राखिदिन्थे. । किनभने ऊ जुन रुपमा भए पनि, हामीलाई आफ्ना् सन्तानको खुशी प्यारो थियो, उसको मीठो मुस्कुराहट प्यारो थियो ।
यस्तैमा एकदिन मुकेशले नेट चलाउदै गर्दा केही जानकारीमूलक सूचनाहरु भेट्टाएछ । आफ्नो अवस्थाका भन्दा पनि आप्mनो चाहना अनुसारको उपचार हुने सबै जानकारी पाएपछि उसले हामीलाई भन्यो । छोराको कुरा सुनेर हाम्रो मनमा पनि आशाको संचार भयो । नेटबाट डाउनलोड गरेको सारा सूचनाहरु उसले हामीलाई देखायो । उपचारका लागि मोटै रकमको व्यवस्था गर्नुपर्ने भएकाले केही समय विदेश गएर पैसा कमाउने भावना उसले व्यक्त ग¥यो । अब हाम्रो मानसबाट ढलेको विशाल महल ठड्याउनु थियो । किनकि हाम्रो सन्ततिको खुशी नै हाम्रो खुशी थियो । हामी छोराको योजनातर्पm नै घोरिन थाल्यौं । यसैबीच उसको परीक्षाफल प्रकाशित भयो । नतिजा पनि सोचेभन्दा राम्रो भयो । यसले पनि उसलाई विदेश जाने आधार बन्यो । सन्तानको जीवनको सपना साकार गराउन हामी जे गर्न पनि तयार थियौं जाबो हाम्रो संचयकोष र सम्पत्ति कुन ठूलो कुरा थियो र ? सन्चयकोष, जग्गा र अनेक स्रोत जुटाएर मुकेश स्टुडेन्ट भिषामा अमेरिका गयो । उसको मिहिनेत र लगनले गर्दा नै उसले २ वर्ष अगाडि राम्रो अंक ल्याएर स्नातकको पढाई पूरा गरेको थियो । पढाईसंगै उसले आर्थिक आर्जन पनि राम्रै गरेछ । उसको दीक्षान्त समारोहमा भाग लिन हामी पनि गयाँै । लगभग ५ वर्षपछि उसलाई भेट्दा हामीले संसार जितेको आनन्ददायी अनुभूित लिएर फर्कियौँ । अनि उसैको सल्लाहले हामीले बसिरहेको सहर छाड्यौं । साटाकसुटुक्क दुबै जनाको सरुवा मिलाएर हामी अर्कै अन्जान सहरमा आएर बस्न थाल्यौँ ।
समयसँगै हरेक कुराहरु परिवर्तन भए । तर हाम्रो जीवनका रङहरुसंगै मुकेशको मुस्कान बन्ने प्रतीक्षाको कठोर घडी अब सकिनै लागेको थियो । हाम्रो छोरा भएर जन्मिएको मुकेश अब मुस्कान छोरी हुँदैछ । समाजमा हामी पनि अब सानले छोरीका साथ बाँच्न सक्छौँ । साँच्चिकै छोरी हुँदा मुकेश कस्तो हुन्छ होला? कस्तो देखिन्छ होला ? अहा, उसले अब आप्mनो चाहना अनुसारको जीवन बाँच्न पाउनेछ । उसको अधरमा पनि सन्तोषको मुस्कान फक्रिने छ । उसका लागि म एकभन्दा एक राम्रा ड्रेस खरीद गर्नेछु । रुपेश र म उसलाई लिएर टाढा टाढा घूम्न जानेछौं । मेरो मनमा मधुर संगीत बज्न थाल्छ ।
सोमबार नै भर्ना भएपछि मंगलबार अप्रेशनको डेट दिएको छ अस्पतालले । मेरो मन छटपटिन थाल्छ, अहो, यो कुनै साधारण र स्वभाविक अप्रेशन नभई प्रकृतिलाई नै चुनाैित दिने विज्ञान र प्रविधिको यो चरम उन्नतिको सोपान हो । हरे ! अप्रेशन कस्तो हुने हो नि । कतै अप्रेशन …….। हैन, हैन त्यस्तो अशुभ सोच किन आयो नि मेरो मानसमा । म तेश्रो शक्तिसंग प्रार्थना गर्न थाल्छु, मेरो छोरोको जीवनमा उज्यालो आवोस् । उफ, मन एकतमासले दुखिरह्यो । लौन, मुटु नै ढकढुक हुने आशंका अनायासै किन उब्जियो ? उफ ! मलाई खलखली पसिना आयो, सास नै रोकिएला जस्तो भएर झस्किएर उठे म । मेरो मनोदशा बुझेर रुपेश चिन्तित भैरहेको थियो । मैले उसको हात समाएर उसलाई आश्वस्त बनाउन खोज ें। तर मेरो मन त्यसै त्यसै छटपटिरहेको थियो, दुखिरहेको थियो । अब के हुन्छ ? अब के हुन्छ ?
बैंककको धावन मार्गमा जहाजले गति लिइरहको छ । एकैछिनमा जहाज टक्क रोकियो । मेरो मुटु पनि ढक्क फुल्यो । जहाज भित्रका यात्रुहरुसँगै हामी पनि उठ्यौं र अरुले जस्तै माथि ¥याकमा भएको ब्याग लियौँ । अघिको साेंच सम्झेर मनमात्रै हैन सम्पूर्ण शरीर नै दुःखको पानीले झमझम भिजाउदै मुकेशसँग भेट्ने तिव्र इच्छाले उत्साहित हामी इमिग्रेसनको प्रकृया सकेर हतार हतार एअरपोर्टबाट बाहिरियौँ । वरैबाट मुकेशलाई देख्नासाथ स्नेहसिक्त मेरा आँखा बर्षिन थाले । कतिखेर कतिखेर ’मामु’ भन्दै मुकेश मेरो अँगालोमा रहेछ । दुनियाले जेसुकै भनिरहुन हामीलाई त्यसको के वास्ता ? हामीलाई त हाम्रो सन्तानको खुशीसंगमात्र सरोकार छ, त्यसैले म ढुक्क थिएँ, मेरो मुकेश भोलि मेरी मुस्कान बन्नेछ भनेर ।

