ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी
श्रीसूर्य दक्षिणायन,वर्षा ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल श्रावण २४ गते विहिवार नेपाल सम्बत ११३८ दिल्लागा,सन् २०१८ अगस्त ९ तारिख कृष्णपक्ष त्रयोदशी तिथि राती ८ वजेर ४२ मिनेटसम्म,आद्र्रा नक्षत्र विहान ६ वजेर ४६ मिनेटसम्म उप्रान्त पुनर्वसु नक्षत्र,वज्रयोग,गरकरण,आनन्दादियोग काण,सूर्य कर्कट राशीमा,चन्द्रमा राती ११ वजेर ३४ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।
ॐः–राहुकालः–अपरान्ह १÷४७ वजेबाट३÷२७ वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान५÷३१ वजेबाट ७÷११ वजेसम्म रहनेछ,दूरमुहूर्तः– विहान ९÷५६ वजेबाट १०÷४९ वजेसम्म र अपरान्ह ३÷१५ वजेबाट ४÷७ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷४२ वजेबाट मध्यान्ह १२÷३५ वजेसम्म रहनेछ । गुली कालः–विहान८÷५० वजेबाट १०÷३०वजेसम्म रहनेछ,यो सामान्य मानिन्छ ।
ॐः–सूर्योदयबाट प्रातः७÷१० वजेसम्म शुभ वेला,७÷१०वजेदेखि ८÷४९ वजेसम्म रोगवेला,८÷४९ देखि १०÷२८ वजेसम्म उद्वेगवेला,१०÷२८ देखि १२÷८ वजेसम्म चरवेला,१२÷८ देखि १÷४७वजेसम्म लाभ वेला,१÷४७ देखि ३÷२६ वजेसम्म अमृतवेला,३÷२६ देखि ५÷५ वजेसम्म कालवेला र ५÷५ वजे देखि सूर्यास्तसम्म शुभवेला रहनेछ , ॐः–सूर्यास्तबाट ८÷६ वजेसम्म अमृतवेला,८÷६ वजेदेखि ९÷२७ वजेसम्म चरवेला,९÷२७ देखि १०÷४८ वजेसम्म रोगवेला,१०÷४८ देखि १२÷९ वजेसम्म कालवेला,१२÷९ देखि१÷३० वजेसम्म लाभवेला,१÷३० देखि २÷५०वजेसम्म उद्वेगवेला,२÷५०वजे देखि ४÷१० वजेसम्म शुभर ४÷१० वजे देखि सूर्योदयसम्म अमृत वेला रहनेछ ।
मेषः–काम गर्ने उत्साहामा कुनै कमि आउने छैन । समयको ख्याल राखेर अगाडि बढ्नु होला । सहयोगी मित्र भेटिने छन् । ढिला गर्दा अवसर फुत्किनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।यान्त्रिक कामबाट लाभ हुनेछ ।
वृषः– नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । संचित धन नोक्सान हुनसक्छ । आफन्तबाट विश्वास घात हुनेछ । धन दिएर शत्रु नबढाउनु होला । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला ।
मिथुनः–श्रम लगानीबाट लाभान्वित हुनुहुनेछ । धन लगानी गर्दा एक पटक सोचेर गर्नु होला । समयको ख्याल राखेर समयमा गरेका काम भने धेरै जसो सफल हुनेछन् ।कुरा भन्दा काममा बढि ध्यान दिनुहोला ।
कर्कटः–गलत विचार बढ्नेछ । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहन सक्छ । आत्मबल बढाउनु पर्ने देखिन्छ । अनावस्यक खर्च वृद्धिले आर्थिक संकटमा परिनेछ ।
सिंहः–महत्वकाँक्षी नबनि काम गर्नु होला । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । कार्य क्षेत्रबाट बाहिर नजानु होला ।काममा ढिला गर्दा अवसर फुत्किन सक्छ ।
कन्याः–समग्रमा दिन अनुकुल नै देखिन्छ । पुरान काम फस्र्योट हुनेछन् भने नयाँ कामको अवसर आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । सहयोग हात भेटिने छन् ।
तुलाः–घरमा बस्न मन लाग्ने छैन । सहज रुपमा काम बन्ने छैनन,विभिन्न खालका समस्या आउने छन् । मानसिक तनाव घट्नेछ । इज्जत प्रतिष्ठा वचाएर काम गर्नु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।
वृश्चिकः–अन्योलता बढ्न सक्छ । यात्रामा समस्या आउनेछ । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्नेछ ।खानपानमा ध्यान दिनुहोला ।
धनुः–अलमल नगरि काम गर्नु होला । वैदेशिक कार्य योजना सफल हुनेछन् । बाहिरबाट धन आउनेछ । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
मकरः–प्रतिश्पर्धाबाट पछि नहट्नु होला । वित्तिय कारोवारमा सुधार आउनेछ । मुद्धा मामिलामा जीत हात लाग्नेछ । गोपनियता भङ्ग गर्दा आफैलाई घाटा हुनेछ । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । सहयोग भेटिने छैनन ।
कुम्भः–विना हिसाव किताव चल्दा दुःख पाईनेछ,नोक्सान पनि हुनेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट आशातित लाभ लिन सकिने छैन ।स्त्रीका कारण दुःख पाईनेछ ।
मिनः–घरयासी समस्या बढ्ने छन् । भौतिक सुख सुविधामा कमि आउनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मनमा कुरा खेल्ने छन् । स्वास्थ्य कमजोर बन्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

