आज श्री शाके १९४० बि.स. २०७५ साल श्रावण १६ गते बुधबार इश्वी सन् २०१८ अगस्त १ तारीख श्रावण कृष्ण पक्ष चतुर्थी तिथी प्रातः ७:०२ बजे सम्म पश्चात पञ्चमी तिथी पुर्वभाद्रपदा नक्षत्र ०९:२० बजे उप्रान्त उत्तरभाद्रपदा नक्षत्र अतिगण्ड योग कौलव करण चन्द्रमा मीन राशिमा सुर्य दक्षिणायन वर्षा ऋतु – ज्यो.पं. सरोज घिमिरे ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान्यजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मनोरञ्जनका साधन खरीद बिक्रीको योग रहेकोछ । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मित्रजनहरुको अधिक सामिप्यता खर्चकर साबित रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानिका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । प्राकृतिक श्रोतसाधनको परीचालनबाट मनग्य लाभप्राप्त गर्न सकिएला । बिशिष्ट ब्यतिहरुको अनुशरण लाभमुलक साबित रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
जटिलकार्यहरु सहजतापूर्ण सम्पादनहूने समय रहेकोछ । कार्य प्रतिको लगनशिलतामा बृद्धिहुनाले कार्य सहज बन्नेछन । मान्यजनहरुको मार्गदर्शन द्वारा मान प्रतिष्ठा प्राप्तीको सम्भाबाना रहनेछ । शारीरिक आलस्यताले सताउला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । अनायसै धनप्राप्तीले मन हर्षित तुल्याउनेछ । रोकिएर रहेका मुद्धा मामिलामा तपाईको जितहुनेछ । मित्रजनहरु प्रतिको सद्भाबमा बृद्धि हुनेछ । स्वास्थमा भने सामान्य तनाब उत्पन्न हुनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रजनहरुको प्रशन्नताका निम्ती समय खर्चनु पर्नेछ । स्वास्थका क्षेत्रमा देखा परेको समस्या जटिल बन्नसक्ने सम्भाबना रहेकोछ । गरीरहेकाकार्यहरु सम्पादनमा झन्झट उत्पन्न हुनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुहोला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे
जिवनसाथिको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा सुमधुरता छाउनेछ । शारीरिक आलस्यताले कामकाजका क्षेत्रमा ढिलाईको सम्भाबना रहेकोछ । मान्यजनको स्वास्थमा समस्या देखा पर्नेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक कार्यमा अग्रशरता उत्तम साबित हुनेछ । प्रतिश्पर्दिहरु शुभ चिन्तकमा परीणत हुनेछन । प्रतिश्पर्दाजन कार्यमा समेत अब्बल स्थान प्राप्त रहनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । यात्रामा साबधानि अपनाउनु उत्तम रहनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्यन अध्यापनका निम्ती समय उत्तम रहेकोछ । आफुभन्दा सानाको प्रशन्नताका निम्ती समय ब्यतित हुनेछ । साहित्य संगीत तथा कलाकौशलका क्षेत्रमा मन रम्नेछ । आम्दानि तथा नयाँ लगानिका क्षेत्रमा समय उत्तम रहेकोछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम रहनेछ । पारीवारिक साथ सहयोगका साथमा कार्य प्रारम्भ गर्नु उत्तम रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
टाढाँको यात्राको सम्भाबना रहेकोछ । खराब संगतका कारण सामान्य अपजसको सामना गर्नुपर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । तपाइको कार्यमा त्रुटिदेखाउनेको सङ्ख्यामा बृद्धिहुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
खानपानको योग रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा अधुराकार्य सम्पादित रहनेछन । सामान्य चोटपटकको सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउनेछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । प्रेम सम्बन्धमा सुधार रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । बिद्यार्थी बर्गका निम्ती समय मध्यम रहनेछ ।

