आज श्री शाके १९४० बि.स. २०७५ साल श्रावण १५ गते मंगलबार इश्वी सन् २०१८ जुलाई ३१ तारीख श्रावण कृष्ण पक्ष तृतीया तिथी प्रातः ५ः५८ बजे सम्म पश्चात चतुर्थी तिथी शतभिषा नक्षत्र ७ः३९ बजे उप्रान्त पुर्वभाद्रपदा नक्षत्र शोभन योग बव करण चन्द्रमा कुम्भ राशिमा सुर्य दक्षिणायन वर्षा ऋतु, खिर खाने दिन – ज्यो.पं. सरोज घिमिरे
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ । बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथ सहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन । सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ ।बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ । आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ब्यापार ब्यवसाय मध्यम रहला । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने सम्भाबना रहेकोछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ । कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ । स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन । प्रभाबशालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ ।

