प्रख्यात क्रिकेटर र अन्तर्राष्ट्रिय सेक्स सिम्बोल इमरान खान के आणविक हतियारयुक्त इस्लामिक गणराज्यको नेता बन्लान्?
इमरानले क्रिकेटको पीच र लण्डनका नाइटक्लबबाट आफ्नो नाम बनाए। तर पछिल्ला दुई दशक उनी पाकिस्तानको उच्च कार्यालय (प्रधानमन्त्री) मा आसिन हुन संघर्षरत छन्।
उनले पवित्र इस्लामलाई अँगालो लगाए। अमेरिकाविरुद्ध र्याली गरे र मोजमस्तीका दिनहरुबाट आफूलाई टाढा राखे। तर अझैपनि उनको राजनैतिक संस्थाले क्रिकेट ब्याटलाई चुनावी चिन्हका रुपमा प्रयोग गर्छ। बुधबार पाकिस्तानमा राष्ट्रिय चुनाव हुँदा प्रारम्भिक नतिजाबाट इमरान खानको नेतृत्वको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पिटिआई)ले अग्रता लिएको छ। यही नतिजा कायम रहे इमरान पाकिस्तानको प्रधानमन्त्री बन्ने पक्का छ।

पाकिस्तानमा इमरान पछिल्लो समय लोकप्रिय थिए। उनले पाकिस्तानमा प्रभुत्व राख्ने सेनासँग पनि सुमधुर सम्बन्ध विकास गरे। मुलुकको जर्जर समस्याका रुपमा रहेको भ्रष्टाचारविरुद्ध आफ्नो प्रसिद्धि, प्रतिभा र त्यसविरुद्धको अभियानहरुमा पैसा खर्चे। यसबाट उनले विभिन्न मुद्दाहरुले पिल्सिएको गरिब देश (पाकिस्तान) का जनताहरुको सहानुभूति बटुल्न उनी सफल रहे।
पाकिस्तानीहरुले एकपछि अर्को राजनैतिक शासनहरु देखिसकेका छन्। स्थीर सरकार बन्न नपाउँदै ढालिए, जसले देशलाई उभो लाग्न कहिले दिएन। जीर्ण सरकारी अस्पतालहरु त्यसका उदाहरणहरु हुन्। शिशु मृत्युदर पाकिस्तानको एसियाकै अन्य देशभन्दा उच्च छ। हजारौँ युवाहरु वर्षेनी देश छाड्न बाध्य छन्। देशमा रोजगारी नहुँदा उनीहरु विदेशी भूमिमा चालक, चौकिदार तथा निर्माण कामदारका रुपमा काम गर्न बाध्य छन्।
इमरानले आफूलाई यी सबै समस्याको एक ‘अचुक औषधि’ का रुपमा प्रस्तुत गर्दै आएका छन्।
‘उनीसँग सम्बन्धित कुनैपनि मानिस प्रत्यक्ष भष्ट्राचार काण्डमा मछिएका छैनन्, जुन पाकिस्तानको राजनितिज्ञहरु माँझ दुर्लभ घटना हो,’ पाकिस्तानका प्रशिद्ध पत्रकार तथा राजनैतिक विश्लेषक राजा रोमी भन्छन्।
तर, यो स्वच्छ छविमात्रै यसपटक इमरानको सफलताको ‘राज’ होइन।
सेनाको सहयोगले पनि उनलाई यस चुनावमा ठूलो सहयोग मिलेको छ। देशमा सैन्य अधिकारीहरुद्धारा व्यापक राजनैतिक हेरफेर हुँदा मानव अधिकारकर्मीहरु र प्रतिद्वन्दीहरुले इमरानका विपक्षीहरुलाई र आलोचना गर्ने मिडियालाई ‘टार्गेट’ गरेको आरोप लगाएका थिए।
पाकिस्तानका पूर्व लोकप्रिय पार्टीका अध्यक्ष तथा तीन पटकका प्रधानमन्त्री नवाज शरिफलाई अदालतले अयोग्य घोषणा गरेको एक वर्षपछि अर्थात् दुईहप्ताअघि मात्रै सेनाको सहयोगमा जेल चलान गरियो। शरिफका पार्टीका सदस्यहरुलाई देशद्रोही भनियो। उनीहरुको चुनावी अभियानलाई सफल हुन नदिन सुरक्षा निकायले भूमिका खेले। यी विभिन्न कारणले यसबेला इमरानको शासक बन्ने सपनाले मुर्तरुप लिएको देखिन्छ।
इमरान भने आफू सेनाको खल्तीमा नरहेको जिकिर गर्छन्। गहिरो आवाजमा विश्वासी र आरामदायी रुपमा प्रस्तुत हुने उनी सैन्यबललाई समर्थन गर्दै आएको भने खुला रुपमा स्वीकार्छन् उनी।
‘मलाई लाग्छ एक लोकतान्त्रिक सरकारहरु नैतिक अधिकारहरुबाट नियम बनाउँछ,’ एक अन्तर्वार्ताका क्रममा इमरानले भनेका छन्, ‘यदि तपाईसँग नैतिक अधिकार छैन भने भौतिक अधिकार प्रयोग गर्नुहुन्छ। मेरो विचारमा यो पाकिस्तानी आर्मी हो, दुश्मनको आर्मी हैन। म आर्मीलाई आफ्नै साथ लैजानेछु।’
पाकिस्तानको सेनाले यस देशको इतिहासमा लामो समयसम्म प्रत्यक्ष शासन गरेको छ र राजनैतिक मामलामा गम्भीर रुपमा हस्तक्षेप गरेको छ। धेरै विश्लेषकहरु सेनाको गल्तीबाट टाढा रहेको भन्ने इमरानको दाबीलाई संदेह व्यक्त गर्छन्।
‘उनी (इमरान) तिनी (सेना)हरुका कठपुतली हुन्’ जर्जटाउन विश्वविद्यालयका राजनैतिक वैज्ञानिक सी. क्रिस्टिना फेयर भन्छिन्, ‘उनी अहिले जहाँ छन्, त्यो आर्मी र सैन्य गुप्तचर संस्थाको देन हो, यी दुई संस्था इमरानको गठबन्धनको जित्ने सुनिश्चितता नहुँदासम्म चुनावको अन्तिम दिनसम्म पनि इमरानका पक्षमा झुठा सर्वेक्षणहरु ठूलो परिणाममा सार्वजनिक गर्न ब्यस्त रहे।’
छैटौँ सर्बाधिक जनसंख्या भएको, आणविक सैन्यबल र भारतसँगको लामो दुश्मनीका कारण भूराजनितीको गर्मिलो स्थान तथा अफगानिस्तानका आतंकककारी तालिवानीलाई पनि सघाउ पुर्याउँदै आएको आरोप लाग्ने पाकिस्तान सधै केन्द्रमा रहने देश हो।
इमरानले भारतसँग शान्तिपूर्ण सम्बन्ध विकास गर्ने बताउँदै आएका छन्। उनले कतिपय अवसरमा तालिवानको हिंसाकोे आलोचना गरेका छन् भने सार्वजनिक रुपमा उनीहरुको समूह र उदेश्यहरुको बचाउ गर्दै मन्तव्य पनि दिएका छन्। उनी अमेरिकाविरुद्ध भने कडा रुपमा प्रस्तुत हुने गर्छन्। अमेरिकाले पाकिस्तानमा आतंकवादका नाममा गरेका ड्रोन हमलामाथि उनको चर्को असन्तुष्टि छ।
उनको विदेश नीतिको केन्द्रमा ‘एन्टी अमेरिकन’ रहेको एम्नेस्टी इन्टरनेशनलका दक्षिण एसियाली सहायक निर्देशक ओमार वाराची बताउँछन्।
घरेलु रुपमा इमरान या अन्य कोहीले जितेपनि पाकिस्तानीहरु अनुभूत हुने गरी परिवर्तनको अपेक्षा स्थानीयले गरेका छन्। पाकिस्तानको अर्थव्यवस्था खस्कँदो छ। ठूलो जनसंख्या बिद्युत तथा शुद्ध खानेपानी जस्ता आधारभूत समस्याबाट ग्रसित छ।
उनको पार्टीले पाकिस्तानको खैबर पख्तूनख्वा राज्यमा सन् २०१३ देखि शासन गर्दै आएको भएपनि इमरानको शासनको अनुभव अहिलेसम्म कसैले गर्न पाएका छैनन्। उक्त राज्यमा भने सरकारी काम-कारवाहीलाई चुस्त बनाउने श्रेय उनको पार्टीलाई दिइन्छ।
यदि उनको पार्टीले बहुमत प्राप्त गर्न सकेन भने स्थिति अझै जटिल बन्नेछ। कारण, इमरानले अन्य दुई ठूला पार्टी भ्रष्ट भएको बताउँदै उनीहरुसँग गठबन्धन नगर्ने बताइसकेका छन्। संसदमा बहुमत नभए उनको सरकार कमजोर हुनेछ र अन्य गठबन्धनले सरकार ढाली दिनसक्छन्।
चमकधमकपूर्ण जीवन
सधैँ एकनासको नभएपनि एक ६५ वर्षे इमरानको जीवन सुखसयल पूर्ण थियो। सम्पन्न र विशेषाधिकार प्राप्त परिवारमा जन्मिएका उनी अक्सफोर्डमा पढेका हुन्। विश्वका एक सर्वकालिन महान क्रिकेट खेलाडी इमरानको प्रेममा धेरै सुन्दर र प्रसिद्ध युवतीहरु पनि पागल हुन्थे।
पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै उनले पाकिस्तानलाई सन् १९९२ को विश्वकप जिताएका थिए। पाकिस्तानलाई पहिले उपनिवेश बनाएको देश इंग्ल्याण्डलाई फाइनलमा पराजित गर्दै उपाधि उचाल्नु पाकिस्तानीका लागि कम गर्वको कुरो थिएन र त्यतिबेलाका हिरो थिए, इमरान।
काँधको चोटका कारण उनी क्रिकेटबाट बिस्तारै अलग भए र समाज सेवामा लागे। आफ्नी आमा क्यान्सरको कारण बितेकाले उनले क्यान्सर पीडितहरुको उपचारका लागि मिलियन डलर रुपैयाँ उठाउँदै अस्पताल बनाए। त्यसपछि कट्टर इस्लाम बन्दै गएका उनले ‘ग्ल्यामरस’ जीवन र सेलिब्रेटीहरुलाई डेटिङ गर्नपनि छाडे।
‘त्यस्तो जीवन बाहिरबाट हेर्दा धेरै ग्ल्यामरस, भव्य देखिन्छ तर साच्चकै त्यस्तो हुँदैन,’ एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘ती अल्पकालिन सम्बन्धहरु हुन्छन्। तिनीहरु एकदमै खाली हुन्छन्।’
राजनीतिमा उदय
चुनाव प्रचारका क्रममा इमरानको तस्बिर
चुनाव प्रचारका क्रममा इमरानको तस्बिर
सन् १९९६ मा न्याय आन्दोलनबाट उनी राजनितीमा होमिए। मुख्य दुई दलहरु, नवाफ सरिफको दल मुस्लिम लिग (एम) र भुट्टो परिवारको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) प्रतिस्पर्धामा थिए। यी दुबै पार्टी व्यवस्थित थिए। उनीहरुको देशभर राम्रो नेटवर्कपनि थियो।
त्यसकारण केही वर्षसम्म उनको पार्टीलाई पाकिस्तानको संसदमा एक सिट जित्नपनि मुस्किल पर्यो। त्यसबेला उनलाई पाकिस्तानमा खुब ‘जोक’ का उडाइयो। पाकिस्तानका मिडियाहरुले उडाउँदै ‘म सुस्त छु’, तथा उनको नाम बिगार्दै ‘इमरान खान ’ट’ जस्ता शब्दहरु प्रयोग हुन्थ्यो।
पाकिस्तानका धेरै स्थानहरुमा जमिन्दार र आदिवासीहरुको हुकुम चल्थ्यो। उनले उनीहरुलाई स्थान दिए र पार्टीमा समावेश गर्न सक्ने हो भने उनीहरुको क्षेत्रको ठूलो भोट पाउन सकिन्थ्यो। इमरानले त्यही उपाय अपनाए। यही जुक्ति इमरानको राजनैतिक उदयको महत्वपूर्ण कडी बन्यो।
विश्लेषकहरुका अनुसार पाकिस्तानीहरु परिवर्तन चाहान्छन्, इमरानले पनि परिवर्तनलाई नै आफ्नो राजनीति र चुनावको मुद्दा बनाए। ‘ठूलो संख्याका शहरी पाकिस्तानीहरु पुराना दुई मुख्य ठूला पार्टीबाट आजित भइसकेका छन्,’ राजनैतिक विश्लेषक रोमी भन्छन्, ‘उनीहरु ती दलहरुबाट पर जान चाहन्छन् र इमरानको पार्टीसँग ठोक्किन पुगेका छन्।’
आखिर पाकिस्तानी राजनीतिमा त्यही भएको छ। बुधबार (९ साउन) भएको चुनावको पछिल्लो नतिजा अनुसार संसदमा प्रत्यक्षतर्फका सिटका लागि भएको निर्वाचनमा उनी झण्डै बहुमतको नजिक छन्। आरक्षणतर्फका सिटहरुमा पनि पकड जमाउन सके भने उनी पाकिस्तानको प्रधानमन्त्री पक्का बन्नेछन्।
(न्यूयोर्क टाइम्स र विभिन्न एजेन्सीहरुको सहयोगमा)
श्रोता:- नेपाल खबर

