आज श्री शाके १९४० बि.स. २०७५ साल श्रावण ११ गते शुक्रबार इश्वी सन् २०१८ जुलाई २७ तारीख आषाढ शुक्ल पक्ष पूर्णिमा तिथी उत्तरषाढा नक्षत्र विष्कुम्भ योग भद्रा करण चन्द्रमा मकर राशिमा सुर्य दक्षिणायन वर्षा ऋतु गुरुपूर्णिमा गुरुब्यासपूजा पूर्णिमा व्रत खग्रास चन्द्रग्रहण राति १२ः०९ देखि राति ०४ः०६ बजे सम्म दिल्ला पुन्ही मन्वादि – ज्यो.पं. सरोज घिमिरे
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । चन्द्रग्रहण फल सुखप्राप्ती ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । चन्द्रग्रहण फल मानसम्मानमा आचँ आउने ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । बादबीबादको सामना गर्नु पर्नेछ । चन्द्रग्रहण फल झन्झट प्राप्ती ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । चन्द्रग्रहण फल स्त्रीपीडा ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । चन्द्रग्रहण फल सुखप्राप्ती ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । सामान्य खर्च हुन सक्छ । चन्द्रग्रहण फल मानसिक चिन्ता ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । शत्रु सबल रहलान । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । चन्द्रग्रहण फल शारीरिक ब्यथा ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । पारीवारिक मेल मीलाप बढ्नेछ । नयाँ योजनका साथ गरीएका कार्य सफल रहनेछन् । चन्द्रग्रहण फल धन सम्पती प्राप्ती ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । चन्द्रग्रहण फल सामान्य क्षति ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । चन्द्रग्रहण फल चोट पटकको सम्भाबना ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । चन्द्रग्रहण फल खर्च बढ्ने ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । चन्द्रग्रहण फल आम्दानि बृद्धि ।

