कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । उनले आइतबार विज्ञप्ति निकालेर साउन ४ गते प्राक्टिस इन्टरनेशनल एकेडेमीमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफ्नो भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई चोट पर्न गएको भन्दै माफी मागेका हुन् ।
मन्त्री तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु।’ मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा लिन जाने नेपाली चेलीले सर्टिफिकेट लिनुअघि आफ्नो अस्मीता सुम्पिनु पर्ने अवस्था रहेको अभिव्यक्तिका कारणा लिएर सामाजिक सञ्जालमा चर्को टीकाटिप्पणी भइरहेको छ।
बंगलादेशमा हाल दुई हजार भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको उल्लेख गर्दै मन्त्री तामाङले उनीहरुले भोग्नुपरेका केही समस्यालाई उजागर गर्न मात्र खोजेको प्रस्ट्याएका छन्। बंगलादेशमा अध्ययनरत रहँदा नै नेपाली विद्यार्थीले आत्महत्या गरेको र हिंसाजन्य केही घटना उजुरीका रुपमा समेत आएको उल्लेख गर्दै मन्त्री तामाङले नेपालमै यस्ता विषयमा अध्ययनको व्यवस्था भए नेपाली विद्यार्थी पीडित हुन नपर्ने आफ्नो भाषणको आशय रहेको समेत बताएका छन्।
उनले महिलाहरुको आत्म सम्मान, हिंसामुक्त समाज र नारी अस्मीताको रक्षामा आफू सदैव प्रतिबद्ध र क्रियाशील रहने मन्त्री तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यसै बीच सिधाकुरा जनतासंगका चर्चित प्रस्तोता रबि लामीछानेले मन्त्रि तामाङले नैतिकता भए राजिनामा दिनु पर्छ भन्दै कडा अभिव्यक्ति दिएका छन्। अआज आफ्नु सामाजिक संजालमा लामिछाने लेख्छन् ”बाङ्लादेशमा MBBS अध्ययनरत छात्राहरु प्रति आफ्नो निम्न स्तरको भनाईकालागि कानुन मन्त्रीले माफी मागे तर यो भनाई कुन आधारमा, कुन तथ्यमा टेकेर, कसको बृफिङमा भनेका हुन? त्यसको पुरै खोजी गरिएन भने नेपाली छात्राहरु र सम्पुर्ण महिलाहरु माथिको यो घृणित सोच र प्रवृत्ति, माफी माग्दै उम्किदै गर्न सक्छ।चरीत्रमा प्रश्न उठाउनु मजाक होइन मन्त्री ज्यु, नैतिकता भए माफीका साथमा राजीनामा दिदा राम्रो।”

कानुन मन्त्रि तामाङले यसो भनेका थिए
कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा एमबिबिएस उत्तीर्णको प्रमाणपत्र लिन नेपाली छात्राहरुले शरिर नै बिक्री गर्नु पर्ने बताएका छन् । मन्त्री तामाङले हालै एक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्, ‘बंगलादेशमा कोही पनि नेपाली छात्राहरु एमबिबिएस गर्न जान्छन् भने पास गरेको सर्टिफिकेट लिन कहिँ न कहिँ उनीहरुले आफूलाई बेच्नै पर्छ । हामी आफ्ना चेलीहरुलाई पढ्न विदेश पठाउँछौं, तर उनीहरुले आफ्नो शरिर सुम्पिनु परिरहेकोछ । यो कथा कति मार्मिक छ ? आफैं बुझौं ।’
मन्त्री तामाङको भाषण ओटिभी नेपाल नामक युट्युब च्यानलले शनिबार अपलोड गरेको छ । एक विद्यालयका छात्रछात्राहरुलाई शुभकामना दिन आयोजना गरिएको जस्तो देखिने कार्यक्रममा मन्त्री तामाङले यस्तो विवादास्पद धारणा राखेका हुन् । आफूले सुनेको तर साँचो कथा भन्दै उनले यो विषय बाहिर ल्याएका छन् । यस्तै अभिव्यक्ति झापा बिर्तामोडका मेडिकल व्यापारी दुर्गा प्रसाईले पनि केही दिन अघि सार्वजनिक गरेका थिए ।
नेपाली मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले शुक्रबार विज्ञप्ती जारी गरि बिएमसी सञ्चालक दुर्गा प्रसाईले तथ्यहिन कुराहरु बोलेको भन्दै कारबाही गर्न सरकार समक्ष माग गरेको हो। विज्ञप्तीमा भनिएको छ, झापा स्थित बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईले मिडियामा बंगलादेशमा पढ्न गएका र पढेर आएका नेपाली चेली विद्यार्थीहरुलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको बिरोध गर्दछौं।
बंगलादेश पढ्न गएका नेपाली चेलीहरुलाई चोट पुगेको बताउदै एशोसिएशनका अध्यक्ष नविन यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यस्ता अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत हजारौं चेलीहरुलाई चोट परेको छ, वास्तविकता नबुझि मनगढन्ते तरिकाले आएका प्रसाईका अभिव्यक्ति प्रति आपत्ति प्रटक गर्दै सम्बन्धित निकायको ध्यानाकार्षण गर्दै सरकार समक्ष कारबाहीको लागि जोडदार माग गर्दछौं।’
प्रसाईले समाजिक सञ्जालमा भिडियो जारी गरि सार्वजनिक रुपमा बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली केटीहरु ९ वर्षसम्म बस्ने र त्यहाँ उनीहरुको प्रोफेसरहरुबाट अस्मिता लुटिने विवादस्पद अभिव्यक्ति दिएका थिए।

