मेष : चुनौतीहरूको सामना सजिलैसँग गर्न सकिनेछ । आतिथ्यपूर्ण सम्मानमा सरिक हुन पाइनेछ । खानपान, मनोरञ्जन एवं फेसनमा राम्रै रकम खर्च गर्नुपर्ने हुन सक्छ । मान्यजनसँग भेटघाट गर्न जाँदा छिमेकी तथा आफन्तहरूलाई जानकारी गराए सम्भावित खतरा टार्न सकिनेछ । रातो रंगको प्रयोगले विविध जोखिमबाट मुक्त राख्नेछ ।
वृष – योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ । वाणीको प्रभावले कम मेहनतमै नसोचेका कार्य सम्पन्न हँुदै जानेछन् । तत्काल आर्थिक समस्या देखा परे पनि राहत प्राप्त हुन लामो समय कुर्नुपर्ने छैन । साताको अन्त्यमा फजुल खर्चले आर्थिक संकट निम्त्याउन सक्छ, सचेत रहनुहोला ।
मिथुन – समकक्षी युवा–युवतीलाई आफ्नो गुणको परिचय दिने अवसर प्राप्त हुनेछ । सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यप्रति सचेत रहनुहोला । सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गर्नेछ ।
कर्कट : पुराना कामले उत्साह जगाउनेछ । विचलन निराकरण गर्ने अवसर जुट्न सक्छ । परिचित व्यक्ति, समुदाय तथा क्षेत्रमा तपाईंको प्रतिबद्धता अनुमोदन हुने सम्भावना छ । पढाइलेखाइमा त्यति ध्यान दिन नसकिएला । साताको अन्त्यमा धेरैको प्रशंसा प्राप्त हुनेछ ।
सिंह -जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईंको आलोचना गर्न छाडेका छैनन् । पारिवारका ज्येष्ठ सदस्यको सुझावमा समस्या पहिचान गर्न सकिनेछ । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जोडी नम्बरको सवारी साधन तथा रातो रंगको पहिरनले यात्रा सहज बनाउने देखिन्छ ।
कन्या -शारीरिक आलस्यताले महत्वपूर्ण काम छुट्न सक्छ, समयको ख्याल गर्नुहोला । साथीहरूसँग भ्रमणमा रमाउँदा खर्चको भार थपिनेछ । जिम्मेवारीबोध गर्दा अवसरले उचाइमा पुर्याउनेछ । अभिभावकको बचन परिवर्तनले सवारी साधन गुम्ने खतरा छ । खानपान तथा भोजभतेरमा सामेल हुँदा स्वास्थ्यप्रति ध्यान दिनुपर्नेछ ।
तुला – नगरेको कामको दोष खेप्नुपर्ने सम्भावना छ । लेनदेनमा विवादको सामना गर्नुपर्ला । सोमबारपछिका दिनमा भाग्यले साथ दिँदै काममा सफलता हात पार्न सकिनेछ । प्रयासहरू सकरात्मक रहनेछन् । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न ऊर्जा प्रदान गर्नेछ ।
वृश्चिक – प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । काम सम्पन्न गर्ने सिलसिलामा विवाद भए पनि मेहनत खेर जानेछैन । कुनै पनि कुरामा प्रतिफल हात पार्न प्रसस्त प्रयत्न गर्नुपर्ला । वैदेशिक रोजगारीका लागि अझै केही समय कुर्नुपर्नेछ ।
धनु – अपेक्षाअनुरुप कार्य सम्पन्न हुँदा जाँगर बढ्नेछ । सेयर तथा वित्तीय क्षेत्रमा लगानी गर्न विलम्ब नगर्नुहोला । खानपानमा होस नपुर्याउँदा परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ । व्यवसायमा सहयोगी हात अघि बढ्नाले आर्थिक समस्या टर्नेछ ।
मकर – प्रेमप्रस्ताव प्राप्त हुन सक्छ, होस पुर्याएर निर्णय गर्नुहोला । योजना तर्जुमा गर्दा ज्येष्ठ व्यक्तिको सुझाव लिनु नै आफ्नो हितमा हुनेछ । अनुशासन तथा लगनशीलताका कारण प्रतिष्ठा प्राप्त हुनेछ । साताको अन्त्यमा आफूले गरेको कामको परिणाम हात लाग्ने सम्भावना छ । स्वास्थमा विशेष ध्यान पुर्याउनुहोला ।
कुम्भ – रोकिएको अध्ययनले निरन्तरता पाउनेछ । वैचारिक मतभेदका बीच अभिभावकहरूबाट सहयोग प्राप्त हुनेछ । उच्चपदस्थ व्यक्तिहरूसँग परिचित हुँदै महत्वपूर्ण जिम्मेवारी पाइनेछ । टाढा रहेका मित्रहरूबाट आर्थिक सहयोग जुट्न सक्छ । नीलो रंगको प्रयोगले नचिताएको परिणाम देला ।
मीन – आफ्नो धरातल बिर्सिएर अर्काको अभिनय गर्न खोज्दा बढी मूल्य चुकाउनुपर्ने हुन सक्छ । प्रेमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा समेत परिवर्तन ल्याउन सक्छ । राज्यस्तरबाट दिइएको जिम्मेवारीप्रति बेवास्ता गरे ठूलो नोक्सानी बेहोर्नुपर्ला । पहेंलो रंगको पहिरनबाट समस्या निवारण गर्ने ऊर्जा प्राप्त हुनेछ ।
साप्ताहिकबाट

