इटहरी । वितिय ठगी र अपराधका घट्नाले गर्रमराई रहेको तरहरामा नेपाल प्रहरीले सुनचाँदी पसलमा गएर संचालकको नाम, फोन नंम्वर र पसलको विवरण टिपेपछि फेरि सन्सनी मचिएको छ । बजारको अनेकौं आशंकलाई चिर्दे प्रहरीले भने डिटेल संकलन व्यवसायीक सुरक्षाको लागि भएको जनाएको छ ।
तरहरा प्रहरी चौकीका प्रमुख नायब निरीक्षक (सई) लेखेन्द्र बहादुर बस्नेतले मोबाईल फोन सम्पर्कमा भने, सुनचाँदी पसलको सुरक्षाका निम्ति हो । सिसिटिभी जोडिएको छ छैन, कति सुरक्षित छन् भनेर सुरक्षा प्रयोजनका लागि मात्र (डिटेल संकलन) गरिएको हो ।
चोरीका घट्नाहरु बढीरहेकोले पनि प्रहरीले सुरक्षा सर्तकताका लागि यो कदम चालेको, सुत्रले जनाएका छन् ।
टोल टोलमा प्रहरी सामुदायीक प्रहरी अभियानमा रहेका प्रहरीले तरहरामा पनि आपतकालिन अवस्थामा पनि प्रहरीको सहयता लिन घर घरमा प्रहरीको टेलिफोन सम्पर्क नंम्वर रहेको स्टीकर टासिदिएका छन् ।
एक व्यवसायीका अनुसार, प्रहरीले ऐन विपरीत र गैरकानुनी तथा अवैधानिक आर्थिक कारोवार नगर्न नगराउन व्यवसायीलाई अनौपचारिक रुपमा आग्रह गरेका छन् ।
पछिल्लो समय, सुनचाँदी पसलका र अन्य केही व्यवसायीहरुले स्थानीय ग्राहक वर्गको करोडौं रुपैयाँ रकम संकटमा पारेका खबरहरु बाहिरिएपछि तरहरामा आर्थिक संकट उत्पन्न भएको छ । फसेको रकम फिर्ता माग्दा संस्तोमा किनेको जग्गा मंहगोमा भिडाईरहेको खबरहर प्राप्त भएका छन् ।
त्यस्तै, फिल्डमा कित्ताकाँट नभएको जग्गा तर, नक्शामा भने कित्ताकाँट गरेर झुकाउदै ऐन विपरीत र गैरकानुनी तथा अवैधानिक आर्थिक कारोवार गर्ने केही व्यवसायीहरुले नगद रकम फिर्ता गर्नु पर्नेमा जर्वजस्ती जग्गा भिडाउदै जग्गाको व्यवसाय गरिरहेको आरोपहरु पनि छन् ।
एक पीडितको गुनासो थियो, पैसा जति लुकाएर कुनाकाप्चाको विक्री हुन समय लाग्ने जग्गा खाए खाँ नखाए घिच भन्ने तरिकाले जर्वरजस्ती किन्न लगाउदैछन् । त्यो पनि मुल्य उनीहरु आफै तोक्छन् । नलिऊ पैसा फस्ने डर, लिऊ भने अढाई लाखको जग्गा सात लाखसम्म भने ।
प्रहरीले पनि फसेको रकमको सट्टा जग्गा किन्न लगाईरहेको जानकारी आएको बताएका छन् ।
जनतासँग प्रहरी नामक अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शिब कुमार श्रेष्ठले यसको पुष्टि गरेका छन् । उनले व्यवसायीहरुले जग्गा दिईरहेको खबर आएको बताउदै पीडितहरुलाई मुख खोल्न अनुरोध गरेका छन् ।
पर्याप्त प्रमाणहरु नहुदाँ र पीडितहरु नै नबोलेपछि कारवाही प्रक्रिया अगाडि बढाउन सकिरहेको अवस्था छैन, डिएसपी श्रेष्ठले भने, ऐन विपरित र गैरकानुनी ढंगबाट आर्थिक कारोवार गरे त्यसमा प्रहरीले सिधैं कारवाही प्रक्रिया अगाडि बढाउन सक्छ तर, आर्थिक ठगीको घट्ना प्रमाण हुनै पर्छ । यदि तपाईहरु मध्ये कोही प्रमाणसहित ठगिको मुद्धाका लागि प्रहरीमा उजुरी गर्नु आउनु भए प्रहरीले कारवाही प्रक्रिया तुरुन्त अगाडि बढाउने छ ।
विशेष सुत्रहरुका अनुसार, प्रहरीले गोप्य रुपमा भित्री अनुसन्धान पनि गरिरहेको छ ।
स्थानीय सुत्रहरुले, व्यवसायीहरुले पनि यसअघि बाढेका अवैधानिक पासबुक फिर्ता गराएर तमसुक कागज गराएको बारे जानकारी गराएका छन् । त्यस्तै, स्थानीय केही नेताहरुसँग परमर्श र सल्लाहमा व्यवसायीहरु अघि बढिरहेका छन् ।
कानुनी कारवाहीबाट बच्नका लागि व्यवसायीहरुले पीडित ग्राहकसँग घट्ना बारे बाहिर नबोलिदिन आग्रह गरिरहेका छन् । त्यस्तै, स्थानीय नेता, विभिन्न संघसंस्थाका नाम चलेका पदाधिकारीहरु र प्रभावमा पार्न सकिने सबैसँग घट्ना गुपचुप राखिदिनका लागि अनुरोध, प्रभाव, दवाव र प्रलोभन जे हुन्छ, त्यहि अस्त्र प्रयोग गरिरहेका छन् । पछिल्ला घट्नाहरु बारे मिडियामा पनि केही समाचार आएका छैनन् ।

