आज श्री शाके १९४० बि.स. २०७५ साल श्रावण ३ गते बिहिबार इश्वी सन् २०१८ जुलाई १९ तारीख आषाढ शुक्ल पक्ष सप्तमी तिथी हस्ता नक्षत्र शिव योग गर करण चन्द्रमा कन्या राशिमा सुर्य दक्षिणायन वर्षा ऋतु देवपाटनमा गंगामाई रथयात्रा सूर्य पूजा – ज्यो.पं. सरोज घिमिरे ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । चिसोको प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । कार्य क्षेत्रमा साधारण अप्जस सहनु पर्ला । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ ।

