आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ २३ गते शनिबार इश्वी सन् २०१८ जुलाई ७ तारीख आषाढ कृष्ण पक्ष नवमी तिथी अश्विनी नक्षत्र सुकर्मा योग तैतिल करण प्रातः ०६ः४९ बजे सम्म पश्चात गर करण चन्द्रमा मिन राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु अष्टमीव्रत गोरखकालीपूजा देउपाटनमा त्रिशुलयात्रा भलभलअष्टमी – ज्यो.पं. सरोज घिमिरे
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
गैर ब्यत्तित्व सगँको सम्बन्ध उत्तम नरहला । पारीवारिक साथ सहयोग द्वारा नयाँकार्यको प्रारम्भ हुने योग रहेको छ । ःवाःथ समन्धी सामान्य समःयाले सताउन सक्नेछ । शारीरिक आलःयताले कार्य सम्पादनमा ढिलाई उत्पन्न गराउन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।अनावश्यक खर्चको सम्भावना रहेको छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलःयता ले सताउने छ । कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलःयातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । कुराकाट्ने ब्यक्ति हरुबाट भने सजग रहनु होला । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ । खराब संगतका कारण कार्य क्षेत्रमा साधारण अपजस आईपर्ने सम्भाबना रहेको छ । बाणिका कारण आफन्त जनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ ।

