आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ २२ गते शुक्रबार इश्वी सन् २०१८ जुलाई ६ तारीख आषाढ कृष्ण पक्ष अष्टमी तिथी रेवती नक्षत्र अतिगण्ड योग वालव करण प्रातः ०८ः१३ बजे सम्म पश्चात कौलव करण चन्द्रमा मिन राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु अष्टमीव्रत गोरखकालीपूजा देउपाटनमा त्रिशुलयात्रा भलभलअष्टमी – ज्यो.पं. सरोज घिमिर !
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने समय रहेकोछ । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । सामान्य यात्राको योग रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । दिन मध्यम रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सभासम्मेलनमा सरीक हुने तथा पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्थाई क्षेत्रमा लगानि गर्ने समय रहेको छ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित साबित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । शारीरिक अस्वस्थाको सामना गर्नु पर्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । जिबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ मित्र सहयोग प्राप्त हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । धृष्टता पुर्ण बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने समान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । मन प्रशन्न रहनेछ ।

