आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ १२ गते मंगलबार इश्वी सन् २०१८ जुन २६ तारीख ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथी प्रात ०६ः४९ बजे सम्म पश्चात चतुर्दशी तिथी चन्द्रमा बृश्चिक राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु – ज्यो.पं. सरोज घिमिरे !
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । लगानिको क्षेत्रमा राम्रो समय रहेको छ । भोज भतेरमा सरीक हुने अबसर जुट्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । शत्रु सबल रहलान । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । चिसोको प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । कार्य क्षेत्रमा साधारण अप्जस सहनु पर्ला । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
ब्यापार ब्यबसाय बाट राम्रो लाभ हुने दिन परेको छ । मनमा चन्चलताले बास गर्नेछ । प्राकृतिक क्षेत्रबाट राम्रो आम्दानि हुन सक्छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिश्पदा मुलक कार्यमा तपाई अब्बल रहनु हुनेछ । शुभ चिन्तकहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

