पूर्व आईजीकी छोरीको दादागिरी, प्रयोग भए सशस्त्र प्रहरी । २ किलोमिटर नाङ्गै लखेटियो यिन्लाई
हरेक प्रदेश र सिंगो देशको नीति कार्यक्रम हेरीरहँदा यस्तो लाग्छ कि यो मुलुक अब रेलमय हुने भयो । सबका सब रेलका कुरा गर्छन् । रेल त अब इगो भसक्यो । अरु कुरा होस् नहोस् रेल चाही चाहियो चाहियो । ठिक छ प्रदेशै पिच्छेको एजेण्डा नै रेल हुने हो भने त्यसका लागि चाहिने तयारी खोइ ? कलेज, युनिभर्सिटी, इ्रन्टीच्युटहरुमा रेलको अध्ययन बारेका कोर्सहरु तयार पारिएको छ त ? ५ बर्ष म्याण्डेट पाएको दुइ तिहाई बहुमतको सरकारले चाहने हो भने रेल ठुलो कुरै होइन । तर के पटरी लाग्दैमा रेल कुद्छ ?
के अपरेटर, मर्मत सम्भारकर्ता, पाटपुर्जा टेक्नोलोजी सबका सब भारतबाट ल्याउने ? चाइनबाटै रेल ल्याउँदा पनि कत्रा कत्रा पहाड फोडेर कयौ टनेलहरु बनाउनु पर्छ । त्यो सानो खर्चले बन्छ ? बिकास भनेकै रेल हो भन्ने एकोहोरो तर्कका अगाडि हाम्रो तर्क झिनो मसिनो लाग्दो हो तर दुखको कुरा यो छ कि यो देशका कुनै प्रधानमन्त्रीले आज सम्म यो देशमा विश्व स्तरको युनिभर्सिटी बनाउँछु भनेनन् । संसारहरुका विज्ञ प्राध्यापकहरुलाई ल्याएर विश्वका उत्कृष्ट विश्व विद्यालयहरुको दाजोमा सर्वाेत्कृष्ट युनिभर्सिटी बनाउन सकियो भने त्यस्ता जावा रेलको चिन्ता लिनु पर्छ र ?
हरेक मुलुकका मासिन पढ्न आउँछन् । आवश्यक पुर्वाधारले भरिपुर्ण टप विश्व बिद्यालय नेपालमा खोल्न सकियो भने त्यसले मुलुकलाई तिब्र गतिमा विश्व सामु परिचित गराउँछ । भारत, पाकिस्तानका विद्यार्थीहरुलाई एक अर्काको देशमा पढ्न जान अनेक समस्या छन् । दुई देशको राजनीतिक मुद्धाले गर्दा भारतका विद्यार्थी पाकिस्तानमा, पाकिस्ताका भारतमा मन खोलेर पढ्न जाँदैनन् । सायद बंगलादेशको पनि यी देशहरुमा केही न केही समस्या छ । तर नेपालमा त्यो लेवलको विश्व विद्यालय भयो भने कसलाई के समस्या हुन्छ र ?
सुन्दर, शान्त, प्राकृतिक श्रोतले भरपुर देश जहाँको मौसम राम्रो, भौगोलिक विविधताले भरपुर । यो देशमा त टप टप युनिभर्सिटीहरु पो बनाउनु पर्ने होइन र ? अर्को मेडिकल टुरिजमको बढ्दो संभावनालाई ध्यानमा राखेर गुणस्तरीय अस्पतालहरु बनाउनु पर्ने होइन र ?
केही समयका लागि हामीलाई ठिक समयमा चल्ने ठुला ठुला सिटी बस भए नपुग्ला र ? आज भन्दा झण्डै ३ दशक अगाडि सफा ट्याम्पु चलाएर वातावरणप्रति सचेत भएका हामीले अझै पनि त्यो सचेतनालाई पछ्याउन सकेनौ ।
कमिशनको चक्करमा जे मन लाग्यौ त्यही गरेर शहरलाई यति प्रदुषित पारिसक्यौ कि मानिसहरु बस्ने घना बस्तीमा कलकारखानाको कालो धुवाको मुस्लो आकाश भरी फैलिन्छ र त्यही मुस्लो प्रत्येक दिन हाम्रो फोक्सोमा जम्मा हुन्छ ।
हाम्रो प्राथमिकता के ? रेलको डिब्बाको एउटा नट खुस्कीयो भने फेरी भारतलाई गुहार्ने ? रेल ल्याउन समस्या भएन तर रेल आउनुका लागि आवश्यक धेरै कुराको सुरुवात त गरौँ । आत्मनिर्भर बनौ । बिकासका मापक धेरै विधा छन् । शिक्षा र स्वास्थ्यमा त्यही लेबलको अडान लिउ जुन अडान रेलमा लिइरदै छ ।
जसरी केही बर्षमा रेल ल्याएरै छोड्छांै भनिदैछ त्यो भन्दा ठुलो स्वरले संसारको उत्कृष्ट युनिभर्सिटी ल्याएरै छोड्छु पनि भन्नु प¥यो । पहिले पहिले मानिस ठुलो, प्रगती गरेको, विद्धान जाने बुझेको, सभ्य, शिष्ट, ज्ञानी, संसार देखेको, हुने खाने भन्ने बुझाउने कुरा उसको घरको ¥याकमा, बैठक कोठामा भरिपुर्ण पुस्तकहरुले बताउँथे । जसका घरमा टनाटन पुस्तकहरु हुन्थे उसैलाई मानिन्थ्यो, गनिन्थ्यो । आजभोली फरक भएको छ, जसको घरको शो केशमा टनाटन विदेशी रक्सीका अनेक अनेक भेराइटी छन् उनिहरु नै गन्य मान्य भएको छ । बस रेल र युनिभर्सिटीको फरक यहि हो । वल्र्ड क्लास युनिभर्सिटी बनाउने बारे आजसम्म कुनै प्रधानमन्त्रीले बोलेका छैनन् ।

