नेपाली युवाहरुलाई बलात्कारको मुद्धामा फसाइयो
शुक्रबार दिनको करिब १२ बजेतिर भारतीय केही युवाहरु सीमा जोडिएको बर्दिया जिल्लाको सदरमुकाम गुलरीया नगरपालिका वार्ड नं.९ मा आएका थिए । उनीहरुले नेपाली बगैचाबाट आप टिप्न खोज्दा गुलरिया ९ का स्थानीय युवाहरुबीच विवाद भएको थियोे ।
दुई पक्षबीच भनाभन भएपछि भारतीय युवाहरुलाई पक्राउ गरि नेपाली प्रहरीलाई बुझाइएको थियो । पछि भारतीय प्रधानको राहबरमा मिलापत्र गरियो र सम्झौता गरि छोडियो । तर शनिबार दिनको करिब ४, ५ बजेतिर एक्कासी भारतीय प्रहरीको एक समूहल खेतमा काम गरिरहेका उनीहरुलाई बलात्कारको मुद्धामा पक्राउ ग¥यो । भारतीय प्रहरीले ती नेपालीलाई पक्राउ गरी बलात्कारको मुद्धालगाएको स्थानीय बासिन्दाले बताएका छन् ।
नेपाली भुमिमा लगाईएको आप नटिप्न आग्रह गरेका युवालाई एक्कासी बलात्कारको मुद्धा लागाएर पक्राउ गर्नु न्यायसँगत नभएको भन्दै स्थानीयले विरोध गरेका छन् । नेपाल प्रहरी र भारतीय प्रधानको रोहबारमा उनिहरुलाई छाडिएपनि भारतीय युवाहरुले बलात्कारको झुठो मुद्धासहित भारतीय प्रहरीकोमा उजुरी दिएको स्थानीयको भनाई छ । खालेपुरवा गाउँको खेतमा काम गरि रहेको समयमा भारतिय प्रहरीले पक्राउ गरि लगेको स्थानिय बासिन्दा एवं प्रत्यक्षदर्शीले बताएका छन् ।
शनिबार उनिहरुलाई दशजगा क्षेत्रमा बोलाएर भारतीय प्रहरीले पक्राउ गरि लगेको भए पनि उनीहरुलाई कहाँ लगिएको भन्नेबारे परिवार र स्थानीय बेखबर छन् । अहिलेसम्म उनीहरु कहाँ छन् भन्नेबारे थाहा समेत हुन सकेको छैन । बिना कारण उनिहरुलाई पक्राउ गरि भारत तर्फ लगिए पछि स्थानीय बासिन्दाहरुले निशर्त रिहाईका लागि पहल गरि दिन गुलरिया नगरपालिकालाई अनुरोध गरेका छन् । पक्राउ परेका उनीहरुलाई बहराईच जिल्लाको मुर्तिहा कोतवालीमा राखिएको बुझिएको छ । बर्दिया जिल्लाको बिभिन्न स्थानमा भारतीय प्रहरीबाट यस्ता घटनाहरु दिनहुँ जसो भईरहने स्थानीयबासी बताउँछन् ।
सैबिच भारतीय प्रहरीले नेपालीहरुलाई विनाकारण भुठो मुद्धा लगाएर पक्राउ गर्नु गलत रहेको स्वयम् भारतीय नागरिकहरु नै स्विकार्छन् । भारतिय प्रहरीहरुले अनाहकमा नेपालीलाई दुख दिएको आरोप समेत उनीहरुले लगाएका छन् । सानोतिनो बिवादमा अनाहकमा नेपालीलाई प्रहरीले पक्राउ गर्नु नेपाली माथीको ज्यादत्ति भएको चितलाहवा भारतीय नागरिकहरु बताउँछन् ।
सामान्य विवादमा परेका युवालाई बलात्कारको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेर भारततर्फ लगेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले के गरि रहेको छ भनि प्रश्न गर्दा प्रमुख जिलला अधिकारी राम बहादुर कुरुगवाङ यसबारे भनेका छन् ।
खालेपुरवाका स्थानिय बासिन्दाहरुलाई भारतिय प्रहरीले पक्राउ गरेको भन्ने बारे स्थानिय बासिन्दाको भनाई पछि आफुले प्रमुख जिल्ला अधिकारी सँग र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग कुरा गरेको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताएका छन् । उनले तत्काल भारतिय प्रहरीले पक्राउ गरेका दुई नेपालीलाई नछोडे मन्त्रालयमा कुरा गर्ने समेत जानकारी दिए ।
नेपालको खुला सिमनाको फाईदा उठाउँदै भारतिय शुरक्षाकर्मीले कहिले सिमा मिच्न उद्धत हुन्छन् त कहिले नेपाल पसेर नेपालीलाई पक्राउ गर्न । यसको पछिल्लो उद्धाहरण बनेको छ बर्दिया सदरमुकाम गुलरिया नगरपालिका र २ युवा पक्राउ प्रकरण ।
कहिलेसम्म सहने यो अत्याचार, बोल्ने को ?
वर्षौदेखि भारतको हेपाहा र मिचाहा प्रबृत्तिबाट प्रताडित छ नेपाल । यो सत्य हो । सिमानामा भारतीय सुरक्षा बलको दमनकारी प्रबृत्ति उस्तै छ ।
२०७३ फागुनमा कञ्चनपुरको पुनर्वास ८ मा कल्र्भट निर्माण गर्ने विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोलीबाट स्थानीय गोविन्द गौतम मारिएका थिए । सो घटनापछि पनि सीमावर्ती क्षेत्रमा भारतीय पक्षको ज्यादती घटेन । त्यसपछि पनि बारम्बार सिमामा भारतीय पक्षको दमन चलिरह्यो । त्यस्तै सोही भुभागमा नेपाली माथिको अत्याचार पनि उस्तै छ । चाहे सिमा होस् चाहे नागरिकहरुलाई दुख दिने, हरेक तबरबाट सीमाका नेपाली प्रताडित छन् ।
त्यस्तै नेपालीहरुले सीमाको विषयमा आवाज उठाउँदा भारतीय पक्षले नेपालीहरुमाथि बल समेत प्रयोग गरेको दुखद उदाहरणहरु छन् । भारतको ज्यादती र मनोमानी यतिमा मात्र सीमित रहेन । हुँदा हुँदा नेपाली नागरिकलाई झुठा मुद्धा लगाएर गिरफ्तार गर्न समेत भारतीय प्रहरी पछि परेन । यो अबस्थाबाट सीमाका नेपालीहरु गुज्रिएका छन् । यस्ता घटनाले सीमावर्ती क्षेत्रमा भारतीय पक्षको ज्यादती नघटेको तथ्य तारवार प्रकरणले पुष्टि गरेको छ ।
नेपालले भारतबाट सहनुपरेको हेपाहा प्रबृत्ति, सिमा विवाद जस्ता जरुल्दोबल्दो समस्यामा शसक्त रुपमा बोल्न नसक्दा बारम्बार भारतको मनोमानी चुपचाप सहनुपर्ने बाध्यता छ । बारम्बार प्रश्न गर्छन्, नागरिक हाम्रो राष्ट्रियता खोई ? हाम्रो स्वाभिमान खोई ?
तर यस विषयमा देश चुक्क सम्म बोल्न नसकी भारतसँग निरिहता प्रस्तुत गरिरहेको छ । न जनताको पीडामा सान्त्वना छ, न त पुर्खाले आर्जन गरिदिएको भुगोलको नै पर्वाह छ । यसबारे गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव भन्छन् ।
के छिमकीको नाममा भएका सबै अत्याचार सह्ैय छन् ? बोल्नुपर्दैन देश ? राष्ट्र, राष्ट्रियता र स्वाभिमान भनेर गर्विलो छाती बनाउनका लागि देश बलियो हुन जरुरी छ । असल छिमेकीका नाममा दुष्ट प्रबृत्तिको खेती नेपालीका लागि सह्ैय हुन सक्दैन । यसर्थ यी विषयमा सरकार गम्भीर बन्नैपर्छ ।

