गएको एक सातादेखि रक्षा नेपाल तथा उक्त संस्थाकी संस्थापक एवं अध्यक्ष मेनुका थापालाई बदनाम गर्न सक्रिय रहेको निरोहको पदाफास भएको छ।
रक्षा नेपाल र अध्यक्ष थापालाई सिध्याउने उद्देश्यले सक्रिय गिरोह शुभदिनले फेला पारेको हो। जसले योजना बनाउँदै गरेका केही प्रमाण पनि प्राप्त भएको छ।
रामेछाप जिल्ला सालु गाविस वडा नम्बर–५ घर भएका र अहिले विश्वास नेपाल नामक संस्था सञ्चालन गर्दै आएका २९ वर्षीय प्रदीप घिमिरेले रक्षा नेपालविरुद्ध गतिविधि गर्दै आएको खुलाशा भएको हो।
घिमिरेको नाम किटानी जाहेरी पनि दिइएको छ। रक्षा नेपालले प्रहरीमा किटानी जाहेरी दिएको हो। यससँगै घिमिरे र उनले चलाएको विश्वास नेपाल नामक संस्था अनुसन्धानको घेरामा परेका छन्। यससँगै घटनाले नयाँ मोड लिएको छ।
नक्कली नाममै अर्को संस्था

प्रदीप घिमिरे र उनको कोठमा रहेको कार्यालय।
वि.सं. २०६५ सालमै विश्वास नेपाल नामक संस्था दर्ता भइसकेको र त्यसको उद्घाटन माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाबाट गरिएको थियो। र, उक्त संस्थाले मनोरञ्जनात्मक क्षेत्रमा हुने गरेका हिंसाका बारेमा वकालत, तथा हिंसापीडितलाई संरक्षण दिन थालेको १० वर्ष भएको जनाइएको छ।
श्रोतका अनुसार जब रक्षा नेपालविरुद्ध विश्वास नेपालका पदाधिकारीहरु लागेको खबर बाहिरियो, संस्थामा फुट सिर्जना भएको छ। विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीका आलोचना पनि भयो।
र, भण्डारीसँग कुराकानी गरेपछि मात्रै यथार्थ कुरा प्रष्ट भयो। भण्डारीले आफ्नो संस्थाकै नाम राखेर, सामाजिक संस्था नै दर्ता भएको गाइँगुई सुनिन्। उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालिन्।
तर, सिडियो कार्यालयले उनको कुरा सुनेन। उल्टै नक्कली विश्वास नेपालका अध्यक्ष प्रदीप घिमिरेले कुन–कुन मन्त्री र सिडियोको हवाला दिँदै असभ्य भाषा प्रयोग गरे, धम्काए।
तर, भण्डारीले प्रदीप घिमिरेविरुद्ध लड्न छोडिनन्। र, एक सातादेखि विश्वास नेपालकै पदाधिकारीहरुले पूजा बोहराको वक्तव्य प्रकाशित गरिएको र त्यसले पीडित पूजा बोहरालाई मात्रै होइन, उनलाई संरक्षण दिइरहेको सामाजिक संस्था रक्षा नेपाल तथा अर्को सामाजिक संस्था विश्वास नेपाललाई विवादमा तानेको खुलासा भएको हो।
आफ्नो संस्था विवादमा तानिएपछि तारा भण्डारीले नक्कली विश्वास नेपाल खारेजी तथा संस्थाको नाम प्रयोग गर्ने प्रदीप घिमिरेलाई कारबाही गर्न उजुरी दिएकी छिन्। साथै, रक्षा नेपालका विरूद्ध लागि परेका प्रदीप घिमिरेको असल्ली धन्दाको पनि पर्दाफास भएको छ।
घिमिरेले रक्षा नेपाललाई डलरको खेती गर्ने भन्दै आरोप लगाएपनि उनी आफैँ विगत २ वर्षदेखि गलत कार्यमा संलग्न रहेको खुल्न आएको हो। र, उनको संस्थाको परिचय, वेब साइट, अधिकारिक विवरण कहिँ फेला पार्न सकिएन।
यद्यपि, उनले झोलामा संस्था राखेर, समाजमा उत्कृष्ट काम गर्ने सबै संस्थाको बदनाम गराउने खेलमा लागेको तथा समाजमा भ्रम छर्ने तथा स्थापित समाजसेवीको चरित्र हत्या गर्दै आएको खुलासा भएको छ।
के–के गर्छन प्रदीप?

प्रदीपले नाम चलेका संस्थामा नक्कली पीडित बनाएर आफ्ना बहिनीलाई नै आश्रयका लागि पठाउने गरेको पनि खुलासा भएको छ। त्यही संस्थामा बसेकी बहिनीमार्फत सबै जानकारी लिने र संस्थाबाट जानकारी लिएपछि संस्थाविरूद्ध बोल्न लगाउने गरेको तथ्य फेला परेको छ।
केही वर्षअघि पनि उनले माइती नेपाल र रक्षा नेपालको बेइज्जत गर्न खोजेका थिए। तर, त्यति बेलामा उनको प्रयास विफल भएको थियो। अहिले रक्षा नेपालमा ८ वर्षदेखि बसिरहेको पीडितयुवती पुजा बोहरालाई कलेजबाट फर्कंदै गर्दा बाटोबाटै अपहरणशैलीमा लगेर पत्रकार सम्मेलन गरी रक्षा नेपालविरुद्ध बोल्न लगाउनले प्रदीप रहेछ।

आफ्नो कर्तुतको पर्दाफास नहोस् भनेर अझै पनि उनले पूजा बोहरालाई आफ्नै डेरामा राखेर धाकधम्की दिँदै विभिन्न किसिमका वक्तक्त जारी गर्न लगाउने गरेको सार्वजनिक भएको छ।

पूजा बोहरालाई अविलम्व खोजी गर्न र उनको जीवनरक्षाका लागि रक्षा नेपालले प्रदीप घिमिरे र उनकी बहिनी प्रिनम शर्माविरुद्ध मुद्दा दायर गरेको हो। प्रदीपले केही राजनीतिक दलका नेताहरुलाई भेटेर घटनापछि आफू अप्ठ्यारोमा परेकाले सहयोग गरिदिन अपिल गरेका छन्।

प्रदीपले पीडित पूजा अाफूसँगै रहेको शुभदिनलार्इ बताएका छन्। ‘पहिले बानेश्वरमा कार्यालय थियो,’ उनले भने, ‘तर, घरबेटीले भाडा १४ हजारबाट ४५ हजार पुर्याए, अनि छाेड्नुपर्यो, अहिले केही पनि छैन।’
शुभदिन डटकमबाट

