यो आर्थिक बर्ष सकिन एक महिना मात्रै बाँकी छ, जस कारण १० महिनासम्म नभएका पुर्वाधार बिकासका काम धमाधम भैरहेका छन् । आर्थिक वर्षको अन्तम सम्पुर्ण भक्तनी लिनैको लागि हतार हतारमा गुणस्तर र स्थायित्वको ख्यालै नगरी काम र बजेट सक्ने मेलो भैरहेको छ । यसको ज्वलन्त उदाहरण बनेको छ काठमाडौ धापासी स्थीत चक्रपथ शाहन्सेदेखि भगवती मन्दिर सम्मको १८ सय मिटर सडक । सडक डिभिजन २ नम्बर कार्यालय टेकु मार्फत महालक्ष्मी वार्लवाइड निमार्ण कम्पनी मार्फत ९ करोडको लागतमा निमार्ण भयो यो सडक कालोपत्रे भएको २ साता नबित्दै यो अवस्थामा पुगेको छ ।
सडकको स्तर वृद्धी, रिटेनिङ वाल, ह्युम पाइप लगाएतका सम्पुर्ण कामको लागि २ बर्ष अघि नै टेण्डर भएको थियो । तर निमार्ण कम्पनीले विभीन्न विवाद देखाउँदै आर्थिक बर्ष सकिनै लाग्दा हतार हतारमा कालोपत्रे गरेको हो । स्थानीयका अनुसार एक झरी परिरहेका बेला राती हिलोमा पिच गरिएको थियो । स्थानीयहरुले पानी परीरहेको बेला हिलो माथि कालोपत्र नगर्न बारम्बार आग्रह गर्दा पनि कालोपत्रे भएरै छोड्यो । त्यसै कारण हो अहिले यो पिच हिलो माथिबाट यसरी उप्किदैछ । रातीसम्म हिलोबाटो बिहान एकाएक चिल्लो देखियो तर त्यो चिल्लोबाटो एक सता पनि टिकेन । सडक डिभिजन कार्यालयबाट अनुगमनका लागि पुगेका टोलीले पनि बाक्लो पिच भएको स्थानबाट नमुना लगेर गए । यति मात्रै होइन कालोपत्रे गर्नुपुर्व राखिएको ह्युम पाइपमा समेत माटो भरिएको छ, जुन सफानै नगरी माथिबाट कालोपत्रे गरीएको छ । जो धेरै दिन टिक्दैन् ।
१ बर्ष भित्र काम गर्न नसकेका मेयर लगायत जनप्रतिनिधिहरुले माफ मागेर कुर्सि छोडिदिनुस: रबी
स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनीधिहरुले कुर्सी सम्मालहेको १ बर्ष भयो । अर्थात ५ बर्षे कार्यकालको २० प्रतिशत समय सकियो । अब हामीले हेर्नुछ, २० प्रतिशत काम पुरा भए कि भएनन् ।
चुनाबी घोषणा पत्रमा बोलेका कुरा पुरा नगर्दा पनि मुख देखाएर कसरी हिड्न सकेका होलान् । फेरी स्थानीय जनप्रतिनीधि पनि कस्ता कस्ता नमुना छानेका छन् जनताले । कोही कुखुरा चोर्ने, कोही बालुवा सिमेन्ट चोर्ने, कोही दिउँसै जाँड धोकेर कटी पतंग भएर हिँड्ने, कोही जग्गा दलाली कोही युवती बेच्ने र कोठी खोल्ने, केही ठेक्का पट्टा हत्याउने ।
कति लाज मर्दो छ यो लिष्ट । यि त भए अपराधिक गतिविधि मै संलग्न केही गाँउपालिका अध्यक्ष, वडा अध्यक्ष, आदी जनप्रतिनीधिहरु । यि भन्दा पनि खतरनाक जनप्रतिनीधि त ति हुन जसले वाचा ठुला ठुला ग¥या छन् र काम केही पनि गरेका छैनन् ।
काठमाडौं त राजधानी हो, यहिका मेयरकै कुरा गरौ न आज, त्यो पनि सिधाकुरा । चुनाव उठ्दा मेयर विद्यासुन्दार शाक्य ज्युले गर्नुभएको वाचा राजधानी बासीले विर्सेंका छैनन् । चुनाव जितिसकेपछि १ वर्षभित्र गर्ने १०१ कार्यक्रमको घोषणामा भएको सबै १०१ कुरा त नभनौ तर काठमाडौलाई यस्तो र उस्तो बनाउँछौ भनेपछि यो गर्न सके यो यो गर्न सकिन भनेर भन्नु पर्दैन ?
आफ्ना भोटरप्रती इमान्दार नुहने जनप्रतिनीधि जो कोही होस त्यो धोकेवाज ठहरिन्छ । बोलेका सबै कुरा पुरा गर्न सकिदैन, केही छैन । तर आँफुलाई त्यत्रो ठुलो पदमा पु¥याइदिने जनतासँग मैले सकिन, कारण यो यो हो भनेर भन्न पर्दैन ?
चुनाव जितेका दिन त्यत्रो अवीर, फुल मालाले सम्मानित हुनु भो, सबका सबले चिने, देश विदेश घुम्न पाउनु भो । मेयर बनाएर जनताले नपठाएको भए कस्ले चिन्थ्यो तपाईलाई ? यिनै गल्लीमा लुुखुर लुखुर हिड्न प¥थ्यो, २÷४ जनताले नमस्ते गर्थे ।
अहिले हेर्नुस् न पत्र पत्रिकामा फोटो छापिन्छ, एसी वाला गाडीमा हिड्नु हुन्छ, धुलो धुवा हिलो केही देख्नु पर्दैन त्यसैले होला क्या गोरो, चिल्लो पिरो देखिनु भा छ । प्रत्येक महिना तपाईको खातामा तलब र भत्ता । अनि तपाई चाही जनतालाई बोलेको कुरा पुरा नगर्दा पनि खुरु खुरु तलब बुझ्ने ?
कसैको घरमा फोकडमा जहिले पनि खाना खाँदा कति लाज हुन्छ ? हो त्यस्तै हो, काम नै नगरी सरकारी गाडी, तलब भत्ता थाप्नु भनेको । काम गर्न नसक्नेले त्यसरी फ्रि मा भोज खाए जस्तो तलब सुविधा खानु हुँदैन । गर्न खोजेको हो सकिन भनेर छोडिदिनु पर्छ ।
जनता झुक्किए, केही छैन । अर्को जान्ने मान्छे आयो भने उसले गर्छ नी तर फोकडमा कुर्सी ओगटेर अर्काको पैसा महिनै पिच्छे बुझेर, अझ शानले फ्रि को गाडी, फ्रि को पेट्रोलमा, फ्रि को सुरक्षा लिएर हिड्नु, भगवान कसम मलाई भए लाज शरम लाग्थ्यो । नगरेका कामको पैसा, त्यो पनि प्रत्येक महिना, नो नो नो नो बरु बाटोमा जुत्ता पालिस गर्छु, मकै बदाम बेच्छु, केही नलागे मागेर खान्छु तर कामै नगरी फोकटको तलब, फोकटको गाडी, फोकटमा विदेश भ्रमण फोकटमा सुरक्षाकर्मी बोकेर हिड्नु परेको दिन पानीमा डुबेर मर्नु परोस् ।
काम गर्न नसक्नु भएका देशै भरका आदरणीय मेयर ज्युहरु लगाएतका जनप्रतिनीधि ज्युहरु, अर्को चार बर्ष फोकडमा खान त लाज मर्दो हुन्छ । कि केही गर्नुहोस कि माफ मागेर छोडिदिनुहोस् । तपाई भन्दा तगडाले चुनाव हारेका छन् । फ्री मा कुर्सीमा मात्र त के बसाइ भो र ?
न्युज ट्वान्टी फोर

