सबै सुन तस्करीमा एमके भनिने मोहन अग्रवाल र हरिशरण खड्का लगायतको समूह सक्रिय भएको देखिएको हो । तर, पटक पटक पक्राउ परे पनि अदालतदेखि प्रहरीसम्म सेटिङ मिलाएर उनीहरु छुट्ने गरेको देखिएको छ । यस्का केही तथ्य र प्रमाणहरु हेरौं ।
३५ केजी सुन तस्करीमा पक्राउ परेर छुटेका थिए मोहन अग्रवाल
सुन तस्करीका मुख्य नाइके भनेर चुडामणी उप्रेतीले वयान दिएका मोहन अग्रवाल अर्थात एमके यसअघि पनि सुन तस्करी काण्डमा परेर छुटेको तथ्य फेला परेको छ । २०७० साल असार २६ गते काठमाडौंको कोटेश्वरबाट प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआईबीले ३५ किलो सुन बरामद गरेको थियो । चीनको खासाबाट भित्र्याएको ३५ किलो सुन बा ३ ख २५७० नम्बरको टाटा वक्स कन्टेनरबाट तीन जना व्याक्तिको सूचनाको आधारमा सिआइबीले कोटेश्वरबाट बरामद गरेको थियो ।
सुनसंगै कन्टेनरका चालक निमा छिरिङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। चालक निमाको वयानका क्रममा सुनका मालिक अहिले चर्चामा रहेको ३३ किलो सुन काण्डका फरार अभियुक्त एमके भनिने मोहन अग्रवाल नै थिए । त्यतिबेला अग्रवाल सहित कन्टेनरका मालिक ओमबहादुर बज्राचार्य, घ्याम्पे लामालाई प्रहरीले पक्राउ गरेको थियो ।
तर तीनै जना जिल्ला अदालतको आदेश अनुसार धरौटिमा छुटेका थिए । मोहन अग्रवाललाई जिल्ला अदालतका तत्कालिन न्यायाधिस ऋषिकेश वाग्लेले धरौटीमा रिहा गरेका थिए । जिल्ला अदालतले प्रतिवादीलाई धरौटीमा रिहा गरेपछि सरकारी वकिलहरु नियमसंबत नै पुनरावेदनका लागि जानु पर्छ । तर सरकारी वकिलले कानुनको ठाडो उलंघन गर्दै तस्क्रसंगको मिलेमतोमा पुनरावेदन गरेनन् ।
धरौटीमा रिहा भएपछि पनि उनले तस्करी गर्न छाडेनन् । २०७३ साल पुस २१ गते सिआईविले त्रिभुवन विमानस्थलबाट आएको साढे ३३ किलो सुन पक्राउ गरेको थियो । यो सुन काण्डमा पनि एमके भनिने मोहन अग्रवालको संलग्नता रहेपनि यसमा गहिराईमा अनुसन्धान नै हुन सकेन । उक्त सुन काण्डमा संलग्नता रहेका केही मानिसहरुलाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा गरिएको भए पनि सबै तस्करहरु कारवाहीको दायरामा आउन सकेनन् । र मोहन अग्रवालले उनमुक्ति पाए । काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश ऋषिकेश वाग्लेले ३५ केजी सुन प्रकरणको मुद्दा नम्बर ०७३ सीआर ०४६८ को पृष्ठ नम्बर ९ को बँुदा नम्बर २७ मा मोहन अग्रवाललाई सफाइ दिएका छन् । जहाँ भनिएको छ ।
नेपाल सरकार वादी रहेको ३५ केजी सुन प्रकरणबाट सहजै उन्मुक्ति पाएका अग्रवालले त्यसपछि त झन् तस्करीलाई बढवा दिए । दुवईबाट ३ हजार ८ सय केजी सुन विमानस्थलबाटै अग्रवालको नेतृत्वमा वाहिरियो भने केरुङ र अन्य विभिन्न नाकाहरुबाट पनि उनै अग्रवालले सुन तस्करी केजीबाट बढाएर टनमा पु¥याए ।
सनम शाक्यको हत्यासँगै सतहम आएको साढे ३३ किलो सुन प्रकरण मा पनि एमके अर्थात मोहन अग्रवालकौ प्रत्यक्ष भुमिका रहेको छ । सुन तस्करीमा संलग्न राप्रपाका नेता भुजुङ गुरुङले नै सुनको लगानीकर्ता मोहन अग्रवाल भएको बयान दिएका छन । अहिलेसम्म भएका सबै ठूला सुन तस्करीहरुमा एमके भनिने मोहन अग्रवालको प्रत्यक्ष भुमिका रहेको पाइएको छ । मिलेमतोमा मोहन अग्रवालको जिल्ला सरकारी वकिलको कार्यालयबाट तत्कालीन पुनरावेदन अदालत समेत पुगेन ।
जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले दिएको सफाईबाट अग्रवालले सहज रुपमा उन्मुक्ति पाए । प्रहरी, प्रशासन र न्यायालयमा सहज पहुँच राख्ने मोहन अग्रवालले अर्थ मन्त्रालयका अधिकारीहरुसँग समेत साँठगाँठ गरेको देखिएको छ भने सुराकी रकम घटाउँन उनले अर्थमन्त्रालयका अधिकारीहरुलाई खरिद गरेको देखिएको छ ।
साढे ३३ केजी सुनका मुख्य अभियुक्त पनि अग्रवाल नै तर हरिशरण खड्कासम्म मात्रै अनुसन्धान
२०७३ पुस २१ गते सिआईवीका तत्कालिन प्रमख नवराज सिलवाल नेतृत्वको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैद्य रुपमा भित्राईएको साढे ३३ किलो सुन पक्राउ गरेको थियो । उक्त तस्करीका मुख्य नाईके हरिशरण खड्का तस्करीमा संलग्न भएको भन्दै उनीविरुद्ध रेड कर्नर नोटिस पनि जारी गरियो भने सुन काण्डमा गोपाल बहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरी कार्की, विमानस्थलका तथ्याङ्क अधिकृत श्री नारयाण यादव, एक्सरे मेसिन टेक्निसीयन राज कुमार ढकाल, विमानस्थलका रेडियो अपरेटर श्यामकुमार च्वामु, एसएसपी श्याम बहादुर खत्री, वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्र.ली. का सञ्चालक रोजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ, रोशन भन्ने गुप्तलाल भुषाल, बिसनगोपाल अग्रवाल, राजन प्रसाद पन्त, अर्जुन प्रसाद खरेल, चुडामणी उप्रेती गोरे, सिताराख खरेल, केशव चापागाई, सन्जय भन्ने दुर्गा प्रसाद खरेल, गोपी भुषाल, सन्तोष काफ्ले, रामहरी कार्की, रुविन भन्ने राम प्रसाद खड्का, प्रकाश खरेल, दिलबन्धु थापा, राजेन्द्र कुमार शाक्य, आरके ज्वेलर्सका सञ्चालक मालिका बज्राचार्य शाक्य, सालिमार ज्वेलर्सका रामकिसन गोयल, कुसुम गोयल, राहुल गोयल श्रीराम ज्वेलर्सका बिभुती अनमोल बालचन्द्र, वैभव लक्ष्मी ज्वेलर्सका प्रमोद श्रेष्ठ, रवीराजेश वोगटी, शनी श्रेष्ठ, गिता श्रेष्ठ लगाएतलाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता भयो ।
तर यो अनुसन्धान त्यती चुस्त बन्न नसकेका कारण यसमा मोहन अग्रवाल र चुडामणी उप्रेती गोरेकै कारण हो । उक्त सुन काण्डका मुख्य नाइके हरिशरण खड्का भएको भन्दै उक्त अनुसन्धानलाई नै किनारा लगाईयो । अनुसन्धान मोहन अग्रवालसम्म पुग्दै पुगेन । उनी त्यसबाट बच्न सफल भए र, यो काण्डमा पनि मोहन अग्रवाल, चुडामणी उप्रेती, हरिशरण खड्का अहिलेको सुन काण्डका पनि मुख्य आरोपीहरु मध्ये हुन् ।
अहिलेका सुन काण्डका नाइके पनि उनै मोहन अग्रवाल
जिल्ला अदालत मोरङमा बयान दिने क्रममा साढे ३३ किलो सुनका मुख्य नाईके भनिएका चुडामणी उप्रेतीले समेत मोहन अग्रवालकै सुन भएको र उनकै लागि काम गर्ने गरेको बयान दिएका छन् । गोरेले बयानको क्रममा मोहन अग्रवाल नै सुनका असली मालिक भएको बताएका हुन् भने यसभन्दा अघि राप्रपा नेता भुजुङ गुरुङले सुनको लगानीकर्ता मोहन अग्रवाल भएको बयान दिएका थिए ।
धेरै भरियाहरु र अन्य पात्रहरु फेरिए पनि मुख्य पात्रहरुमा मोहन अग्रवाल, चुडामणी उप्रेती, हरिशरण खड्का देखिएका छन् । र, उनीहरुकै समूहले संगठित रुपमा दुवई र चीनबाट सुन तस्करी गर्ने गरेका छन् ।
३५ किलो सुन काण्डका मुख्य नाइके भनिएका मोहन अग्रवाल, विमानस्थलमा पक्राउ परेको सुनमा संलग्नता रहेका चुडामणी उप्रती, यहि सुनका मुख्य नाईके भनिएका हरिशरण खड्का कै समुहले यो सुन तस्करी गरेको खुलेको छ । केही साना भुमिकाका पात्रहरु फेरीएपनि मुख्य टाउके भने तिनिहरुनै रहेका छन । सुन तस्करी गरेको रहस्य बाहिर आएपछि फरार रहेका दुबै अभियुक्तहरुलाई ईन्टरपोलमा डिफ्युजन नोटिस जारी गरिएको छ । यसअघि डिफ्युजन नोटिस जारी गरिएका श्याम खत्रीले भने आत्म समर्पण गरिसकेका छन ।
सुन तस्करीमा अगाडी नै संलग्नता रहेको भएपनि त्यसबेलाको अनुसन्धान चुस्त हुन नसक्दा तिनै व्यक्तिहरुले फेरी सुन तस्करीको अर्को श्रृङ्खला चलाइरहेको भेटिएको हो । उनीहरुलाई प्रहरी, अदालत र प्रशासनकै संरक्षण रहेको देखिएको छ ।
छानविन समिति गहिराईमा पुगोस्
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गायब भएको साढे ३३ किलो तस्करीको सुन प्रकरण यतिबेला देशभर चर्चित बनिरहेको छ । तर अहिलेसम्म सुनको मुख्य नाइके फेला पर्न नसकिरहेको अबस्था छ । बारम्बारका सुनकाण्डमा मुछिएका एमके नामका मोहन अग्रवालले नै सुन तस्करीको राज चलाएको प्रष्ट भएको छ । तर अनुसन्धान गोरे र श्याम खत्रीको फितलो र ढाँटछलको बयानका आधारमा अघि बढिरहेको छ । र त्यसो नहोस् ।
हरेक सुनकाण्डमा मुख्य नाइके र ठूला ब्यक्ति भन्दा पनि भरिया र आसेपासेहरु मात्रै पक्राउ परिरहेका छन् । यसअघि साढे ३३ किलो सुनकाण्डमा मुछिएका एसएसपी श्याम खत्रीलाई समातेर गहन रुपमा अनुसन्धान नै नगरी यसै अधकल्चो अनुसन्धान गरेर छाडियो । फेरी अर्को काण्डमा पनि श्याम खत्री नै मुछिए । यसअघि सुन तस्करका भरिया गोरेले भनेका छन् । मोहन अग्रवाल नै सुनका मालिक हुन् । र उनकै लागि काम गर्ने गरेको बयान दिएका छन् । गोरेले बयानको क्रममा मोहन अग्रवाल नै सुनका असली मालिक भएको बताएका हुन् भने यसभन्दा अघि राप्रपा नेता भुजुङ गुरुङले सुनको लगानीकर्ता मोहन अग्रवाल भएको बयान दिएका थिए । सांढे ३३ किलो सुन काण्डमा मुख्य नाइके मोहन अग्रवाल फरार रहेको छानविन समतिका संयोजक इश्वर पौडेलले जानकारी गराएका थिए ।
हरेक सुन काण्डमा मुख्य नाइके घोषित माहान अग्रवाल राननीतिक पहुँचका कारण उम्कँदै आइरहेका छन् । मुख्य पात्रहरुमा मोहन अग्रवाल, चुडामणी उप्रेती, हरिशरण खड्काको समूहले संगठित रुपमा दुवई र चीनबाट सुन तस्करी गर्ने गरेको तथ्यहरु प्रसस्तै छन् । केही समयअघि मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन विमानस्थलबाट टनका टन तस्करीको सुन नेपाल भित्रिने गरेको बताएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हालै संसदमार्फत सुन तस्करी डरलाग्दो रुपमा देखिएको स्विकार गरेका छन् ।
मोहन अग्रवाल हाल ३३ किलो सुनकाण्डका मुख्य फरार अभियुक्त हुन् । उनी कहाँ छन् के छन् अत्तोपत्तो छैन । फरार रहेका हरिशरण खड्का र मोहन अग्रवाल दुबै अभियुक्तहरुलाई ईन्टरपोलमा डिफ्युजन नोटिस जारी गरिएको छ । यसअघि डिफ्युजन नोटिस जारी गरिएका श्याम खत्रीले भने आत्म समर्पण गरिसकेका छन । सुन तस्करीमा अगाडी नै संलग्नता रहेको भएपनि त्यसबेलाको अनुसन्धान चुस्त हुन नसक्दा तिनै व्यक्तिहरुले फेरी सुन तस्करीको अर्को श्रृङ्खला चलाइरहेको भेटिएको हो । उनीहरुलाई प्रहरी, अदालत र प्रशासनकै संरक्षण रहेको देखिएको छ । बर्षौ बर्षदेखि पात्र फेरिए तर मोहन अग्रवालकै नेतृत्वमा सुन तस्करी भइरह्यो ।
अहिलेपनि प्रहरी १ जना अभियुक्तलाई पनि पक्राउ गर्न सकेको छैन । बरु सुनका भरिया र सेटिङ मिलाउनेहरु धमाधम आत्मसमर्पण गर्न थालेका छन् । तर अनुसन्धान टोलीले भरिया र आसेपासेलाई मात्र पक्राउ गरेको छ । यसमा पनि कुनै राजनीतिक दाउपेच त छैन । होसियार, यो अनुसन्धान निकै सुक्ष्म होस् । जसले तस्करका मुख्य नाइके अर्थात मालिकलाई बाहिर निकालोस् । र सुन तस्करीका समूह, पुलिस, अदालत र नेतृत्वसम्मको सेटिङ भत्काओस् ।

