शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

भिसा तस्करी अभियोगमा कतारमा एक नेपालीलाई जेल सजाय


  • स्वदेश नेपाल
  • शुक्र, जेष्ठ १८, २०७५

भिसा तस्करी अभियोगमा कतारको अदालतले एक नेपालीलाई एक वर्ष जेल र २० हजार रियाल (६ लाख रुपैयाँ) जरिवाना सुनाएको छ । अदालतले तवरेज आलमलाई आउँदो फेबु्रअरी १४ सम्मको जेल सजाय सुनाएको नेपाली दूतावासले जनाएको छ । कतार सरकारले कामदारसँग भिसा शुल्क लिनु र कामदारलाई झुक्याएर ल्याउनु गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ ।

पछिल्लो समय दलालले कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर ‘आजाद भिसा’ को नाममा कामदारमाथि चरम शोषण गरिरहेका छन् । कतारको खोज अनुसन्धान तथा अनुमगन विभागले भिसा कारोबार गर्ने ४० जनालाई हालै पक्राउ गरी कारबाही थालेको छ ।

कान्तिपुरबाट

प्रतिक्रिया