शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

४ बिघा खेत र नगद ५५ लाखका धनि सर्वहारा बर्गका रोलमोडल पण्डितसंग नैतिकताको प्रश्न नगरौ !


  • स्वदेश नेपाल
  • शुक्र, जेष्ठ ११, २०७५

ईश्वर अर्याल , मकाउ

ओली सरकारका मन्त्रीहरुको सम्पति विवरण सार्बजनिक भए पछि सबै भन्दा चर्चाको शिखरमा छन् सर्वाधिक लोकप्रिय नेता एवम् मन्त्रि लालबाबु पण्डित । स्वर्गीय सुशील कोइरालानेतृत्वमा बनेको सरकारको पहिलो पल्ट मन्त्रि भएका र सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरेको बेला पीआरधारी र ग्रीनकार्डधारी सरकारी कर्मचारी बिरुद्ध जेद्दा छोडेर कर्वाही गर्दा सिंगो देशवासीको समर्थन र वाहवाही पाउन सफल भएका थिए ।

त्यही वाहवाही लोकप्रियताले गर्दा संघीय संसदको निर्वाचनमा सहजै निर्वाचित पनि भए तर त्यो बेला गरिब जनताको नेता एवम् मन्त्रि हुदा पनि केहि नजोडेका साथै कुनै पनि श्रीसम्पति नभएको नेता भन्दै उनको चुनाबी अभियानमा विश्व भरि छरिएका नेपालीहरुले सक्दो आर्थिक सहयोग उपलब्ध गराएका थिए । साथै लालबाबु पण्डितले पनि चुनावमा जाँदा आफूसँग सम्पत्तिको नाममा साइकल मात्रै भएको प्रचार गरेका पण्डितको अहिले सम्पत्ति विवरण सार्वजनिक हुँदा धेरै आश्चर्यचकित भएका छन् ।

अझ विचारणीय यो छ कि उनले ०७२ मा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीकोमा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए । तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन ।

सर्वहारा बर्गका नायक तथा रोलमोडल मानिएका पण्डितसंग ५५ लाख नगद , घर, सुन र यथेष्ट जग्गा हुने लालबाबु मात्रै किन विनोद चौधरीलाई पनि गरिब घोषणा गरौ । अाखिर उनि पनि विश्वका १०००/१२०० धनि मान्छेभन्दा गरिब नै छन् । अनि लालबाबुले चुनावका समयमा चुनाब लड्ने पैसा छैन भनेर बोलेको कुरालाई झुठ नमानौ । किनकी पण्डित जस्तो सिधा कुरा  बोल्ने मान्छेले झुठा त कसरी बोल्न सक्छ र !

अनि अर्को कुरा त्यत्रो पैसा हुदाहुदै पनि छैन भनेर विदेशिएका कामदारसँग चुनाव लड्ने खर्च लिनुलाई नैतिकतासँग नजोडौं । नैतिकताको प्रश्न त “गोरे”हरुसँग मात्रै गर्ने हो लालबाबुहरु त्यसै दिलवाला हुन्छन् नि। हैन र ?

हिजो देखि सामाजिक संजालमा अन्य धनि मन्त्रिहरु भन्दा मन्त्रि पण्डितकै चर्चा छ तर सधै झैँ प्रसंसाको होइन आक्रोशपूर्ण आलोचनाको । सामान्य आर्थिक हैसियतका नेपाली जनता भन्दा निकै माथि देखिएका मन्त्रि पण्डितले पनि झुट बोलेर गरिब भएको ढोंग गरेर बिदेशिएका नेपालीहरुको खुनपसिनाको मेहनतले कमाएको धनबाट पठाएको सहयोगले आफ्नु निर्वाचन अभियानमा खर्च गराएकाको देखिन्छन् ।

नेपालका कम्युनिष्टहरुलाई दर्शन र आदर्शको कुरा गर्न कसले भेट्छ र ! यस कोणबाट कसरी पृथक हुनसक्छन् र मन्त्रि पण्डित पनि , आखिरी स्कुलिंग त्यही नै हो ।

जयहोस् सबैको ।

प्रतिक्रिया