शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने झापाका मिरन दुबई पुलिसद्वारा सम्मानित (भिडियो)


  • स्वदेश नेपाल
  • बिहि, जेष्ठ १०, २०७५

दुबईको इमिरेट्स मलमा रहेको स्टारबक्स कफि शपमा कार्यरत झापाका मिरन कार्की दुबईको स्थानिय प्रहरीद्वारा सम्मानित भएका छन् । उनले काम गर्ने कफी शपमा ग्राहकले भुलेको १ लाख १८ हजार डलर (झन्डै १ करोड ३० लाख रुपैयाँ) सहित पासपोर्ट र महत्वपूर्ण कागजात फिर्ता गरेर एक उदाहरणीय काम गरेका छन् । उनले नगद सहितको झोला स्थानिय प्रहरी मार्फत सम्बन्धित ब्यक्तिलाई बुझाएका थिए ।

नेपाली बहादुर मात्रै नभएर इमान्दार र नैतिकवान पनि हुन्छन् भन्दै दुबई प्रहरीले उनलाई कार्यस्थलमै पुगेर प्रमाणपत्र सहित सम्मान गरेको थियो । पर्यटक भिषामा घुम्न आएका प्यालेस्टाइन नागरिकको इमान्दारिताका साथ नगद र पासपोर्ट फिर्ता गरेको भन्दै उनलाई युएईको राष्ट्रिय सम्मान सरहको सम्मान प्रदान गरिएको छ ।

उनको सम्मान सँगै अहिले नेपालीको इमान्दारीताको प्रशंसा युएईभर फैलिएको छ । कार्कीले काम गर्ने कम्पनी म्यानेजर र सिइओले समेत फोन गरेर उनलाई धन्यवाद दिएका छन । उनको कामको प्रशंसामा दुबईका स्थानिय संचारमाध्यम खालिज टाईम्स दुबई र वाट्स अनले मुख्य समाचार बनाएर प्रकाशन प्रसारण गरिरहेका छन् ।

प्रतिक्रिया