आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

म्याग्दीमा मन लाेभ्याउने करबाकेली पदमार्ग


  • स्वदेश नेपाल
  • शनि, जेष्ठ ५, २०७५

फोटो फिचर –

म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’को निर्माण गरिएको छ । करबाकेली पर्यटन व्यवश्थापन समितिले आज प्रेस विज्ञप्ती जारी गर्दै पदमार्ग अबधारणा अघि बढाएको जानकारी गराएको हो ।


करबाकेली क्षेत्र प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण थलो भएता पनि समितिले पर्यटनबाट खासै फाइदा लिन सकेको थिएन । स्थानीयलाई पर्यटनमा सहभागी गराएर मुलुकभित्रै रोजगारीको वातावरण सृजना गर्ने उद्धेश्यले करबाकेली पदमार्ग अवधारणा अगाडि बढाएको समितिले जनाएकाे छ ।


वैशाखको पहिलो साता काठमाडौंको कन्सेप्ट नेपाल नामक संस्थाको विज्ञ टोली झिकाएर पदमार्ग एक्सप्लोर गरिएको हो । उक्त मार्गबाट कास्कीको वीरेठाँटी, तिखेढुँगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानीबाट पुनहिल, फूलबारी र करबाकेली थान भएर बेनी बजार निस्कन सकिनेछ ।


यस क्षेत्रमा पुन समुदायको बसोबास छ । पुनहरुका कुल देवता करबाकेली बाबा हुन् । काफलडाँडामा करबाकेली बाबाको राष्ट्रियस्तरको थान (मन्दिर)निर्माण भइसकेको छ ।

साभार- नेपाल आज

प्रतिक्रिया
ताजा अपडेट