आइतवार, बैशाख ३०, २०७५
श्रीमद्भगवद्गीता अ.१८: सन्न्यास जरुरी कि त्यागदेखि यात्रा बाह्य जगतको र विपरीतसम्म

श्रीमद्भगवद्गीता अ.१८: सन्न्यास जरुरी कि त्यागदेखि यात्रा बाह्य जगतको र विपरीतसम्म


  • स्वदेश नेपाल
  • आइतवार, बैशाख ३०, २०७५

-प्रा.डा. बाबु राम ज्ञवाली

श्रीमद्भगवद्गीता अध्याय १८ सहजज्ञानले दु:ख निवारण

१.सन्न्यास जरुरी कि त्याग

अर्जुन उवाच
सन्न्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ।।१।।
अर्जुनले भने– हे महाबाहु, हे हृषीकेश, हे केशिनिसूदन, मैले सन्न्यास र त्यागलाई यथार्थरुपमा पृथक् पृथक् जान्न चाहन्छु ।।१।।
श्रीभगवानुवाच

काम्यानां कर्मणां न्यासं सन्न्यासं कवयो विदु ः ।
सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणा ः ।।२।।
श्रीभगवान्ले भन्नु भयो– विद्वान्हरुले काम्यकर्मको त्यागलाई सन्न्यास ठान्दछन् र अरु विचक्षणले सबै कर्मको फल त्याग गर्नुलाई त्याग भन्दछन् ।।२।।

 

अध्यायको सुरुमा अर्जुनले प्रश्न गर्छन्– हे हृषीकेश, हे, मैले सन्न्यास र त्यागलाई अलि राम्रो गरी बुझ्न चाहन्छु । यी दुईमा फरक के छ ?
भगवान् श्रीकृष्णलाई गीतामा अच्युत, अनन्त, वासुदेव, योगेश्वर इत्यादि ३२ नामले सम्बोधन गरिएको छ । यस अध्यायको सुरुमा अर्जुनले कृष्णलाई तीनवटा सम्बोधन गरेका छन्– महाबाहो, हृषीकेश, र केशिनिसूदन । प्रत्येक सम्बोधन विशिष्ट छ । महाबाहोको अर्थ हुन्छ– श्रेष्ठ वीर । केशिन् नाम गरेको दैत्यको संहार गरेकोले केशिनिसूदन भनिएको हो । हृषीकेशका दुई अर्थ हुन्छन् । हर्षित् केश अर्थात् ठाडो कपाल हुने तथा हृषीक ईश इन्द्रियका स्वामी ।

तर अर्जुनले एकै पटक तीन तीनवटा नामले सम्बोधन किन गरेको होला ? कुनै व्यक्तिले अर्कालाई यसरी एक साथ धेरै नामले सम्बोधन गर्नुका दुई कारण हुन सक्छन्– कि त उ सारै हडबडाएको छ कि उसमाथि असाध्य प्रेम उम्लिएर आएको छ । गीता सुरु ह“ुदा अर्जुन हडबडाएका, अनिश्चित र विषादग्रस्त थिए । यस बाहेक धेरै नाम लिएर एघारौं अध्यायमा सम्बोधन गरिएको छ । त्यहा“ कृष्णको विश्वरुप देखेर अर्जुनले आत्तिएर धेरै नाम लिएका थिए । तर विश्वरुपदर्शन पछि उनी ढुक्क छन् । त्यसैले यी बढी सम्बोधन अतिशय विश्वास र प्रेमका सूचक हुन् भन्न सकिन्छ । अनि यस प्रेमवश धेरै नाम लिएका हुन् ।

अब त अर्जुन कर्म गर्न मनमनै तैयार भइसकेका छन् । तर उनलाई त्याग गर्ने कि सन्न्यास लिने ? जीवनका लागि जरुरी के हो ? यसमा फेरि अलमल भयो । अर्जुनलाई त्याग र सन्न्यास दुइ बिलकुल फरक विषय देखिएका छन् ।
भगवान्ले भन्नु हुन्छ– कविहरुले काम्य कर्मको त्यागलाई सन्न्यास ठान्दछन्…।

गीतामा भनिएको कविको अर्थ केवल गद्य वा पद्यमा कविता लेख्ने साहित्यकार होइन । यहा“ कविको अर्थ हो– सबै कुरा जान्ने । ज्ञानको विश्वकोश, विद्वान् । शास्त्रीय ज्ञानको गहिराईसम्म पुगेको । त्यसैले शुक्रलाई पनि कवि भनिन्छ । र उनलाई अमित प्रज्ञ महायशाः भनिएको छ । (महाभारत खण्ड ५, वि.सं.२०६१) स्वयं भगवान् कृष्णले आफ्ना विभूतिहरु बताउंदा आफुलाई कविनां उशना कवि भन्नु भएको छ ।

काम्य कर्म भनेका ती कर्महरु हुन्, जुन कामना पूरा गर्ने उद्देश्यले गरिन्छ । यस्ता काम्य कर्मको त्यागलाई विद्वान्हरुले सन्न्यास भन्दछन् । स्वाभाविक हुने कर्म होइन । सामान्य हिंडडुल गर्नु स्वाभाविक कर्म हो तर कुनै गाडी समाउनका लागि दौड्नु काम्य कर्म हो । काम्यकर्मको त्याग नै सन्न्यास हो ।

सन्न्यासका विविध अर्थ हुन्छन् । एउटा अर्थ हो सम्यक् न्यास । उचित तरिकाले स्थापन गर्नु । जसले हरेक क्रिया उचित तरिकाले सम्पन्न गर्छ त्यो सन्न्यासी हो । चार आश्रम मध्ये सन्न्यास एक हो । हिन्दु संस्कृतिमा व्यक्तिको व्यक्तित्व विकासका लागि चार आश्रम ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यासको व्यवस्था गरिएको छ । पूर्णायुलाई १०० वर्ष मान्दै प्रत्येक आश्रम २५ वर्ष मानिएको छ ।
प्रथम आश्रम ब्रह्मचर्य आश्रम अन्तर्गत व्यक्तिले गुरुको आश्रममा रहेर कठोर अनुशासन पालन गर्दै विद्याध्ययन गर्नु पर्दथ्यो । ब्रह्मचर्य समाप्त भए पछि गृहस्थ आश्रम प्रारम्भ हुन्छ । गृहस्थ आश्रमको आरम्भ २५ वर्षको उमेर पछि मानिएको छ । यस आश्रममा धर्मानुकूल उपायहरुद्वारा विवाह, जीविकोपार्जन, सन्तानको पालन, देव, पिता, अतिथि र आश्रितको यथायोग्य सत्कार गर्नु पर्छ ।
तेस्रो अवस्थालाई वानप्रस्थ र चौथोलाई सन्न्यास भनिएको छ । दुवै अवस्थामा शुद्धतापूर्वक जीवनयापलाई जोड दिइएको छ । तर तेस्रो अवस्था जिम्मेवारी सन्तानलाई हस्तान्तरण गर्दै नियममा बस्ने अवस्था हो भने चौथो पूर्णतया जिम्मेवारीमुक्त शुद्धता साथ जीवनयापन गर्ने अवस्था हो । गीतामा ब्रह्मचर्य र सन्न्यासको स्पष्ट तथा गृहस्थ र वानप्रस्थको सांकेतिक विवरण उपलब्ध छ । (रामसुखदास, वि.सं.२०६७) जीवनका यी चार विभाजनलाई संक्षिप्तमा निम्न्लिखित प्रकार व्यक्त गर्न सकिन्छ–

तालिका १.१. आश्रम व्यवस्थामा समय विभाजन

 

यी चार कुराहरुबाट मानव जीवन पूर्ण हुन्छ भन्ने वैदिक मान्यता रहिआएको छ । म्याक्समुलरले द लाइफ अफ् रामकृष्ण एन्ड हिज सेईंग्समा भनेका छन्– पहिलो र दोस्रो सबैले बुझ्छन् । तेस्रो र चौथो जीवन पवित्रता र त्यागका साथ बिताउने अवस्था हो तर त्यागपूर्ण जीवन अर्थात् सन्न्यास कस्तो हो यो हामी युरोपेलीलाई थाहा छैन । दुवै जीवनको मुख्य अन्तर के हो भने एउटामा वन बाहिर बस्ने हो जसमा परिवारसंग जीवन बिताउन सकिन्छ । केटाकेटीको रेखदेख हुनसक्छ । हवन पूजा हुनसक्छ । ती सबै कुरा जुन धर्मशास्त्रमा उल्लेख छन्, ती सबै काम गर्न सकिन्छ । अन्तिम जीवनमा एक्लै कसैको सहारा बिना बस्नु पर्छ । सबै कुरा छोडेर बस्नु पर्छ । (म्याक्समुलर, सन् १९७०) सन्न्यासका बारेमा स्वामी विवेकानन्दले के भनेका छन् भने विश्वमा यो परम्परा हिन्दुहरुले सुरु गरेका हुन् ।

वास्तवमा सन्न्यास भन्ने शब्दसंग संस्कृत साहित्य र परम्पराका अनुयायीले जति सजिलोसंग बुझ्न सक्छन् त्यति सजिलोसंग युरोपियनले बुझ्दैनन् । उनीहरुको भाषामा यसका लागि कुनै उचित शब्द पनि छैन । कोहीले उनीहरुलाई जंगलमा बस्ने पिछडिएको जाति भनेर पनि बुझ्न सक्छन् । ज्ञानको भण्डार र सबै सुख सयल जानेको भोगेको र त्यागेको भनेर बुझ्न कठिन मान्दछन् । उनीहरुले सुरुमा सन्न्यासीलाई जिप्सी जस्तो कुनै घुमन्ते जाति भनी बुझ्दथे । अलेक्जेन्डरको विवरण दिने इतिहासकारहरुले पनि सन्न्यासीहरुलाई वनमा बस्ने अनौठा व्यक्तिहरु भनेका छन् । युरोपियन समाजमा ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, र सन्न्यास आश्रमको अन्तर पाईंदैन ।
संस्कृतमा वानप्रस्थ र सन्न्यास अवस्थाहरुको अलग अलग नाम उल्लेख पाइन्छ र दुवैको अन्तर के हो भने संसारको सामान्य त्याग वानप्रस्थ हो भने संसारिक तृष्णाको पूर्ण त्याग र सबै कृत्यहरुको परिसमाप्ति, मनमा कुनै चाहना नराख्नु र निश्चित वास स्थान नहुनु सन्न्यास हो । सन्न्यासीको अर्को नाम अवधूत पनि हो । जसको शाब्दिक अर्थ हुन्छ जसका सारा बन्धन समाप्त भए । (म्याक्समुलर, सन् १९७०)

सन्न्यासको प्रसंग बृहदारण्यक उपनिषदमा छ तर त्यस उपनिषदबाट वानप्रस्थ र सन्न्यासको अन्तर स्पष्ट हुंदैन । चारवटै आश्रमको अन्तर स्पष्ट गर्ने वाक्यांश जाबालोपनिषद, खण्ड ४ मा पाइन्छ । राजा जनकले सन्न्यास के हो र कसरी लिनु पर्छ भनी गरेको प्रश्नको उत्तरमा जसमा याज्ञवल्क्यले ब्रह्मचर्य, गृहस्थ, र वानप्रस्थ पछिका सन्न्यासको विवरण दिएका छन् । सन्न्यास लिने विस्तृत विधिहरु उपनिषद्हरुमा वर्णित छन् । तुरीयातीतोपनिषद्मा अवधूत मार्गको विवरण, नारदपरिव्राजकोपनिषद्मा आतुर सन्न्यास लिने तरिका तथा सन्न्यासीले पालन गर्नु पर्ने नियमहरु बताइएको छ । (आचार्य, सन् २०१०)

ऐतिहासिक युगका महानतम सन्न्यासी आदि शंकराचार्यले आठ वर्षको उमेरमा आतुर सन्न्यास लिएको विवरण प्राप्त हुन्छ । बालक शंकरले सन्न्यास लिन चाहन्थे तर आमाबाट स्वीकृति प्राप्त भइरहेको थिएन । एक दिन स्नान गर्न जांदा खोलामा उनलाई गोहीले समात्यो । आफु जीवित बस्ने आशा नभए पछि उनले आत्तिएर आमालाई भने– माता, सन्न्यास नलिइकन मुक्ति हुंदैन । त्यसैले सन्न्यासको आज्ञा दिनु होस् । आमाले हुन्छ भने पछि आतुर सन्न्यास लिए ।

आचार्य शंकरका अनुसार, सन्न्यास दुइ प्रकारका हुन्छन– मुख्य र गौण । मुख्य सन्न्यास पनि दुइ प्रकारका हुन्छन् । एक ज्ञान लाभका लागि– विविदिषा र अर्को ज्ञान लाभ अनन्तर– विद्वत्सन्न्यास । गौण सन्न्यास तीन प्रकारको हुन्छ– सात्विक, राजस र तामस । ज्ञान लाभका लागि जुन विविदिषा सन्न्यास हो त्यो गेरुवा वस्त्रधारीका लागि विधान हो । श्रवण, मनन र निदिध्यासन यसको मुख्य साधन हो । यसमा केवल शरीर धारण गर्न जति कर्मको आवश्यकता पर्छ त्यति कर्म मात्रै गर्नु पर्छ । लोकसंग्रह आदि यसको गौण लक्ष्य हो । ज्ञानलाभ पछि स्वतः कर्मत्याग हुन गई भएको विद्वत् सन्न्यासलाई वास्तवमा सन्न्यास भनिन्छ । (अपूर्वानन्द, वि.सं.२०७१)

सन्न्यासी पनि सक्कली र नक्कली हुन सक्छन् । अझ नक्कली सन्न्यासीको चुरीफुरी धेरै हुने गर्छ । सक्कली र नक्कली सन्न्यासीमा त्यही फरक हुन्छ जुन असल मुद्रा र कमसल मुद्रामा हुन्छ । तर असल र कमसल दुवै मुद्रा चलनमा छन् भने स्वाभाविक रुपमा कमसलले असललाई चलन बाहिर गराइदिन्छ । अर्थशास्त्रमा यसलाई ग्रेशमको नियम भनिन्छ । शिवपुरी बाबाको बारेमा धेरैले मृत्यु पछि मात्र थाहा पाए । पाइलटबाबाले नेपालका साधुसंग योग सिकेको बताएका छन् । धेरै नेपालीलाई ती सन्न्यासीको बारेमा कुनै जानकारी छैन ।

भगवान् कृष्ण भन्नु हुन्छ–…तर विचक्षण मानिसहरुले सबै कर्मको फल त्याग गर्नुलाई त्याग भन्दछन् । भगवान् कृष्णको विचक्षणताको एउटा उदाहरण हो यो श्लोक ।
एक दिन अकबरले आफ्ना मन्त्री बीरबललाई सोधे– बीरबल, म ठुलो कि तिम्रो भगवान् विष्णु ?
बीरबलले तत्काल उत्तर दिए– यो पनि कुनै सोध्ने प्रश्न हो र सरकार ? हजुर नै ठूलो ।
अकबरले खुशी भएर भने– किन म ठुलो ? भगवान् विष्णुले गर्न नसक्ने मैले के गर्न सक्छु ?
बीरबल– सरकारले मलाई देश निकाला गर्न सक्नुहुन्छ । भगवान् विष्णुले त्यो गर्न सक्नुहुन्न ।
बीरबल जस्तो व्यक्तिलाई विचक्षण भनिन्छ ।

२.कुन अत्याज्य कुन त्याज्य

त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिण ः ।
यज्ञदानतपःकर्म न त्याज्यमिति चापरे ।।३।।
कुनै मनीषीले के भन्दछन् भने कर्म जति सबै दोषयुक्त छन्, त्यसैले त्याग्नु पर्छ । र अन्यले के भन्दछन् भने होइन यज्ञ, दान, र तपको त्याग गर्नु हुंदैन ।
निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम ।
त्यागो हि पुरुषव्याघ्र त्रिविधः सम्प्रकीर्तितः ।।४।।
हे भरत श्रेष्ठ, सन्न्यास र त्याग यी दुवैमध्ये त्यागको बारेमा तिमी मेरो निश्चय सुन । हे पुरुषसिंह, त्याग तीन प्रकारको बताइएको छ ।

यज्ञदान तपः कर्म न त्याज्यं कार्यमेव तत् ।
यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम् ।।५।।
यज्ञ, दान तथा तपरुप कर्मलाई त्याग्नु उचित छैन (यी क्रिया अवश्य गर्नु पर्छ) किनभने यज्ञ, दान, र तपले मनीषिहरुलाई पवित्र बनाउंछन् ।।५।।
एतान्यपि तु कर्माणि संगं त्यक्त्वा फलानि च ।
कर्तव्यानीति मे पार्थ, निश्चितं मतमुत्तम् ।।६।।
तर हे अर्जुन, यी कर्महरु पनि आसक्ति तथा फललाई त्यागेर गर्नु उचित हुन्छ । यस्तो मेरो निश्चित र उत्तम मत छ ।।६।।

एक थरी मनीषीले के भन्दछन् भने कर्म जति सबै दोषयुक्त छन्, त्यसैले त्याग्नु पर्छ । र अर्काथरीले के भन्दछन् भने होइन यज्ञ, दान, र तपको त्याग गर्नु हुंदैन ।
मनीषीको अर्थ हो जसले मनन गरेर बोल्छ । जसले बोले पछि दुर्जनहरु पनि शान्त हुनजान्छन् । विचार गरेर बोल्नेले कसैको पनि कुभलो बोल्दैन । त्यसैले त्यो माननीय पनि हुन्छ । रघुवंशमा भनेको छ– माननीयो मनीषिणाम्…। (रघुवंश १-११, आप्टे, (मिति नलेखिएको) बाट उदधृत)

सबै कर्म दोषपूर्ण हुन्छन् । जसरी रोग निको पार्ने औषधिको प्रत्यवाय (साइड इफेक्ट) हुन्छ भन्दैमा त्यसको त्याग गर्नु हुंदैन त्यसै गरी यज्ञ, दान र तपलाई त्याग्नु हुदैन । यो कुरा केही अन्यले भनेका छन् । यहा भगवान् कृष्णले आफ्नो नाम नलिइकन यज्ञ, दान, र तप त्याग गर्नु हुदैन भन्नु भएको छ । यो कृष्णको विचक्षणताको उदाहरण हो । श्रीकृष्णले यज्ञ, दान, तप त्याग गर्ने कुराको समर्थन नगरेको स्पष्ट बताउनु भएको छ । किनभने यिनै कर्मले व्यक्तिको आन्तरिक अनुभूति तिख्खर पार्छन् । यहा“निर स्मरणीय के छ भने छान्दोग्य उपनिषदमा केवल तीन कुराहरुलाई धर्मको आधार बताइएको छ– यज्ञ, अध्ययन, र दान । गीतालाई सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः त्यत्तिकै भनिएको होइन ।

कबीरले भनेका छन्– ज्यों गुगे ही को गुड अन्तरगत ही भावै । कुनै लाटोले गुड खायो । सारै मीठो लाग्यो । तर बताउने कसरी ? केवल ईशारा वास्तविक अभिव्यक्ति होइन । बोल्यो कि दोष हुन जान्छ । (कबीर अमृतवाणी, वि.सं.२०७१, गीताप्रेस,वि.सं.२०६५)

यहुदीहरु, जुन संसारका प्राचीनतम जाति मध्येको एक हो, मा एउटा अनौठो परम्परा छ । उनीहरुले ईश्वरका लागि प्रयोग हुने शब्द गड, जी ओ डी लाई पूरा लेख्दैनन् । उनीहरुले जी र डीको बीचको ओ लेख्दैनन् । यी दुवै शब्दलाई जोड्न बीचमा धर्को (G_D) तान्छन् । उनीहरुको मान्यता के हो भने ईश्वर पूर्ण र दोषरहित छ । अच्युत छ । तर हामी अपूर्ण र दोषयुक्त छौं । त्यसैले हामीले प्रयोग गर्दा त्यसमा कुनै न कुनै दोष हुनजान्छ । त्यसरी लेखेर उनीहरुले आफ्नो अपूर्णताको स्वीकारोक्ति गर्छन् ।

त्यागको एउटा अर्थ हो बहादुर, वीर । जैन धर्मका अन्तिम तीर्थंकरलाई महावीर भनिन्छ । यसको अर्थ हो, सबै कुराको त्याग गरिसकेको । उनले शरीरका वस्त्र समेत सहज त्याग गरे । करपात्रीजीले खाने थालीको समेत त्याग गरे । जीवनभर हातमा थापेर खाना खान्थे । मस्तराम बाबाले खाना, वस्त्र सारा त्यागे । कसैसंग भिक्षान्न पनि नमाग्ने । कसैले ल्याइदिए खाने, नत्र हप्तौं दिनसम्म भोकै । यदि कुनै शिष्यले खानेकुरा मागेर ल्याइहाल्यो भने छुंदै छुन्नथे । वस्त्र पनि आफैं नलगाउने । शिष्य र भक्त संगै रहेछ भने ओढाई दिन्थ्यो, नत्र निर्वस्त्र । वस्त्र जहां खस्यो, खस्यो । छोड्यो, हिंड्यो । स्वामी रामतीर्थ कुनै पनि कुरा संग्रह गर्दैनथे । स्वामी रामकृष्णले पैसासम्म छुंदैनथे । शिवपुरी बाबाले जन्मथलो, नातेदार धनसम्पत्ति सर्वस्व त्याग गरे । न्यूनतममा जीवनयापन गरे । जबकि उनलाई भेट्न भारतका राष्ट्रपति समेत काठमाडौं आएका थिए । जोसमनी सन्त ज्ञानदिलदासले गाउ“ बस्ती त्याग गरेर वनको छेउमा डेरा बनाए । ब्रह्मज्ञानी क्षितिशचन्द्र र खप्तड बाबाले आफ्नो जन्मभूमि त्यागे । सन्न्यास जीवनको प्रारम्भ नै त्यागको भावनाबाट सुरु हुन्छ ।

भगवान श्रीकृष्णले आफ्नो अलग मत प्रस्तुत गर्दै भन्नु भएको छ– निश्चयं शृणु, निश्चितं मतम् । त्यो के हो भने यज्ञ त्याग गर्नु हुंदैन । तर यी कर्महरु पनि आसक्ति तथा फललाई त्यागेर गर्नु उचित हुन्छ ।
महात्मा गान्धी र विनोबाजीले यज्ञको अर्थ परोपकार लगाउछन् । मानव जातिका समस्याको हल यज्ञमा नै निर्भर छ । पं.श्रीराम शर्मा आचार्यले निरुक्तका आधारमा यज्ञ शब्दका तीन अर्थ लगाएका छन्– पहिलो देव पूजा, दोस्रो दान र तेस्रो सामूहिकपन । (आचार्य, सन् १९९१)

यज्ञहरुको वास्तविक लाभ लिनु छ भने सार्वजनिक सहयोगद्वारा गराउनु नै सर्वोत्तम हुन्छ । महाभारत र रामायणको अध्ययनबाट के स्पष्ट हुन्छ भने त्यस कालमा यज्ञ गराउने दायिŒव राज्यको हुन्थ्यो । यसलाई आर्थिक वितरण, राजकीय सूचना सार्वजनिक गर्नु, नागरिक चेतना विस्तार, र राष्ट्रिय विषयहरुमा छलफलका लागि विद्वान्हरु संगको गोष्ठीका रुपमा प्रयोग गरिन्थ्यो । राजाले राज्यारोहण गर्दा, सन्न्यास लिंदा, तथा ठूलो राजकीय उपलब्धि हु“दा यज्ञ हुने गर्थे । हुनत, योगी नरहरिनाथले पनि सार्वजनिक यज्ञ गराएका उदाहरणहरु छन् तर पं. नारायण प्रसाद पोखरेलले समुदायको सहयोगबाट गरेर यज्ञ विधिबाट भौतिक विकास र धार्मिक चेतना दुवै कार्यमा उल्लेखनीय काम गरेर यस क्षेत्रमा ठूलो योगदान गरेका थिए । उनले सार्वजनिक यज्ञ गराएर त्यसबेला दुइ अरबभन्दा बढीको रकम विकास निर्माण कार्यमा विनियोजन गर्न सफल भएका थिए । उनले यज्ञ मार्फत विद्यालय, अस्पताल, सडक, पुल, अनाथ आश्रम, वृद्धाश्रम इत्यादि आर्थिक, सामाजिक र कल्याणकारी कार्यको नवप्रवर्तन गरेका थिए । उनको अन्तिम तर अपूर्ण यज्ञ रुपन्देहीमा बैशाख २३, वि.सं.२०६२ मा भएको थियो । जहा“ उनको रहस्यमय हत्या हुनपुग्यो ।

गीतामा यज्ञको महत्त्व विभिन्न स्थानमा व्याख्या गरिएको छ । तर यज्ञको बारेमा विस्तृत रुपमा अध्याय ३.९–१५मा व्याख्या गरिएको छ । गीताको उपलब्ध सबभन्दा पुरानो शांकरभाष्य, जुन आज भन्दा १२०० वर्ष अघि गरिएको हो, मा यज्ञको व्याख्या निम्नलिखित प्रकार गरिएको छ । (आदि शंकराचार्य, वि.सं.२०६७)

नियत कर्म निःस्वार्थ भई पूरा गर्नु पर्दछ किनभने यज्ञ नै ईश्वर हो । उसका लागि कर्मफल र आसक्तिरहित भएर जुन कर्म गरिन्छ ती कर्म गर्नाले मनुष्य समुदाय कर्मबन्धनबाट मुक्त हुनजान्छ । सृष्टिको शुरुमा यज्ञ र प्रजालाई संगै उत्पन्न गरी जगतको रचयिता ब्रह्माले भन्नु भएको थियो– यस यज्ञ अर्थात् सामूहिक कृत्य र परस्पर सहयोगबाट तिमीहरुले उन्नति गर्नु । अनि तिमीहरुले चिताएको पनि पुग्ने छ ।

यस यज्ञबाट दैविक शक्तिहरुको पनि उन्नति हुनेछ । उनीहरु पानी वर्षाएर तिमीहरुको उन्नतिमा सहयोग गर्नेछन् । यसरी एकले अर्काको उन्नति गर्दै, यज्ञ भावनाद्वारा तिमीहरु सबैले ज्ञान प्राप्त गर्ने छौ ।
यज्ञद्वारा सन्तुष्ट भए पछि देवताहरुले दिएका स्त्री पुत्र आदि इच्छित भोग तिमीहरुलाई दिने छन् । देवता अर्थात् शक्तिहरु । सबै प्राकृतिक शक्ति अनुकूल नभइकन उन्नति गर्न सकिंदैन ।

यी भनाईहरु ऋग्वेदको पुरुषसूक्त जस्तै छन् । यस अनुसार, देवताहरुले दिएका भोग उनीहरुलाई सम्मान नदिइकन जसले केवल आफ्ना शरीरको तृप्तिका लागि मात्र कर्म गर्छ त्यो देवताको भाग खाने भएकोले चोर हो ।

मानव समुदायले प्रकृतिको सम्मान नगरीकन केवल आफ्ना आवश्यकता पूरा गर्न जथाभावी उत्पादन र उपभोग गरेकोले नै वर्तमान समयको भीषण वातावरणीय समस्या उत्पन्न भएको हो भन्नेमा सबै वातावरणविद् एक मत छन् । आजको वातावरण बिगार्नुमा, पशुपंक्षी लोप गराउनुमा, उर्वराशक्ति ह्रास गराउनुमा मानव समुदायले अरबौं खरबौं रुपैया“ खर्च गरेको छ । यो वातावरण बिगार्न मात्र पनि अरबौं लगानी भएको छ । तर के त्यत्तिकै लगानीमा पुनरुद्धार हुन सक्छ ?

प्राणीहरुको प्रत्यक्ष उत्पत्ति अन्नबाट हुन्छ किनभने उपभोग गरिएको अन्नबाट रगत र वीर्य बन्छ र प्राणी उत्पत्तिको आधार रगत र वीर्य नै हो । अन्नको उत्पत्तिको आधार वर्षा हो र वर्षाको आधार यज्ञ हो । यज्ञानुष्ठान विहित कर्मबाट उत्पन्न हुन्छ । कर्म समुदयलाई वेदबाट र वेद स्वयं परमात्मा हो भन्नेकुरामा ध्यान राख्नु पर्दछ । यसले के सिद्ध हुन्छ भने सर्वव्यापी परम अक्षर परमात्मा सदा यज्ञमा नै प्रतिष्ठित छ तसर्थ यज्ञ क्रिया सृष्टि चक्रको प्रतीक हो । अग्निमा विधिपूर्वक दिइएको आहुति सूर्यसंगै सम्बन्धित हुन जान्छ र सूर्यको आधारमा नै वर्षा हुन्छ । वर्षा भनेको अन्नको आधार हो र प्राणीहरुको जीवन अन्नमा नै भर पर्छ ।
क्रियारुप कर्म, वेदरुप ब्रह्मबाट उत्पत्ति भएको हो । वेदरुप ब्रह्म साक्ष्ाँत् परमात्मा नामक अक्षरबाट उत्पत्ति भएको छ । सबै अर्थहरुलाई प्रकाशित गर्ने भएकोले नै त्यो सर्वगत् हो ।

यज्ञ विधिमा वेदको प्रधानता भएकोले जसले त्यो गर्छ त्यो सर्वगत हुंदै सदा यज्ञमा प्रतिष्ठित हुन जान्छ । जुन मानिसले जगतको चक्र अनुसार कर्म गर्दैन त्यसको जीवन पापमय भएको हुन्छ । यस्तो केवल इन्द्रिय भोगमा लिप्त मानिस बांच्नु पनि व्यर्थ छ । तसर्थ अज्ञानी अधिकारीले कर्म अवश्य गर्नु पर्छ । अनात्म अधिकारी पुरुषलाई आत्मज्ञानको योग्यता प्राप्त हुनु अघि ज्ञान निष्ठा प्राप्त गर्न कर्मयोगको अनुष्ठान अवश्य गर्नु पर्दछ । शंकराचार्यका अनुसार, आत्मज्ञान प्राप्त गर्न यज्ञानुष्ठान अनिवार्य विधि हो । यो देवता र मनुष्यका बीचमा सम्बन्ध स्थापित गर्ने धार्मिक कृत्य पनि हो ।

यज्ञ आधुनिक विज्ञानको उद्गम बिन्दु पनि हो । आधुनिक विज्ञानको आधार गणित हो र गणितको प्रारम्भ यज्ञको आहुतिहरुबाट भएको हो । गणितको एक महत्वपूर्ण शाखा ज्यामितिको आविष्कार यज्ञवेदीबाट भएको हो । महान् वैज्ञानिक आइन्स्टाइनले स्पष्ट शब्दमा भनेका छन्– हामी वैदिक ऋषिमुनिहरु प्रति ऋणी छौं । किनभने उनीहरुले गणितको आविष्कार गरेका हुन् । गणितको प्रयोग बिना आजको भौतिक विज्ञानले उचाई प्राप्त गर्न सक्दैनथ्यो । सुप्रसिद्ध जीव वैज्ञानिक थोमस हग्बेनले भनेका छन्– वैदिक ऋषिहरुले विश्वलाई शून्य दिए जसले वर्तमान गणित विकसित हुनसक्यो ।

मनुस्मृतिमा भनिएको छ– सत्य युगमा तप, त्रेतामा ज्ञान, द्वापरमा ज्ञानको महत्त्व भए जस्तै कलियुगमा दानको महत्त्व छ । दान चार प्रकारका हुन्छन् (मनुस्मृति, सन् १९९१, ईश्वरानन्द, वि.सं.२०५१)–
१. ज्ञान दान
२. विद्या दान
३. प्राण दान
४. अन्न दान

यसमध्ये ज्ञान दान सर्वोत्कृष्ट दान हो । किनभने ज्ञाननै समाधानको अन्तिम साधन हो । यदि ज्ञानले कुनै समस्याको समाधान हुंदैन भने संसारमा कुनै पनि कुराले समाधान हुन सक्दैन । (ज्ञवाली, वि.सं.२०७२) त्यसैले गीता ४.३८ मा भनिएको छ, न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।
निश्चित मत प्रस्तुत गर्नाले भगवान् कृष्णलाई महानतम गुरु भनिएको हो । आफ्ना शिष्यलाई यसरी निश्चित समाधान दिने गुरु विरलै पाइन्छन् ।

३.नाफा, हानि र मिश्रित नतिजा

नियतस्य तु सन्न्यासः कर्मणो नोपपद्यते ।
मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः ।।७।।
अनि, तोकिएका कर्मको त्याग, सन्न्यास, हुन सक्दैन । अविवेकीबाट हुने त्यस्तो परित्यागलाई तामस भनिएको छ ।।७।।
दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत् ।
स कृत्वा राजसं नैव नैव त्याग फलं लभेत् ।।८।।

कर्म गर्नु दुख छ भन्ठानेर शरीरलाई कष्ट हुन्छ भन्ने डरले जसले कर्मलाई त्याग गर्छ, उसले राजस त्याग गरेको छ । त्यस्तो त्याग गरेर पनि त्यागीले त्यागको फल पाउंदैन ।।८।।
कार्यमित्येव यत्कर्म नियतं क्रियतेSर्जुन ।
सङ्गं त्यक्त्वा फलं चैव स त्यागः सात्विको मतः ।।९।।
हे अर्जुन, कर्म गर्नै पर्दछ भन्ने यस्तो कर्तव्य बुद्धिले आसक्ति र फललाई त्यागेर जुन नियत कर्म गरिन्छ त्यस आसक्ति र फलको त्यागलाई सात्त्विक त्याग भनिन्छ ।।९।।
न द्वेष्ट्यकुशलं कर्म कुशले नानुषज्जते ।
त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशयः ।।१०।।

अकुशल कर्मलाई जसले द्वेष गर्दैन र कुशल कर्ममा जो आसक्त हुंदैन, त्यस्तो शुद्ध, सत्त्वगुणयुक्त, संशयरहित र मेधावी नै (सच्चा) त्यागी हो ।
न हि देहभृता शक्यं त्यक्तुं कर्माण्यशेषतः ।
यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते ।।११।।
(किनभने) शरीरधारीले सम्पूर्ण कर्मको त्याग गर्न सक्दैन । तर जसले कर्मफलको त्याग गर्छ, उ त्यागी हो, यस प्रकार बताइन्छ ।।११।।
अनिष्टमिष्टं मिश्रं च त्रिविधं कर्मणः फलम् ।
भवत्यत्यागिनां प्रेत्य न तु सन्न्यासिनां क्वचित् ।।१२।।
कर्मफलको त्याग नगर्ने मानिसलाई कर्मको शुभ, अशुभ, र मिश्रित गरी तीन प्रकारका फल प्राप्त हुन्छ । तर कर्मफल त्याग गर्ने सन्न्यासीलाई (यी तीनै प्रकारका फलमध्ये) केही पनि हुंदैन ।।१२।।

षडानन्द आफ्नो बिरालोसंग दिक्क पर्यो । अब यसलाई घर नफर्कने गरी कतै छोडेर आउ“छु भन्दै झोलामा हालेर नजीकै जंगलमा छोडेर आयो ।
घर फर्केर आयो । ढोकामा त बिरालो बसिराखेको ।
खपि नसक्नु रिस उठ्यो । अर्को चोटि घनघोर जंगल भित्रै लिएर गयो । अनि बिरालोलाई छोडेर घर फर्किने बेलामा घरमा फोन गर्यो– मैया“, बिरालो घर आयो ?
श्रीमती– अं, आइपुग्यो ।

षडानन्दले रिसाएर भन्यो– त्यस अलच्छिना बिरालोलाई तुरुन्तै यहा“ पठा त । मैले बाटो बिराए“ ।
बिरालो भनेको हाम्रा सांसारिक इच्छाहरु हुन् । जुन त्याग गर्न खोज्यो झन् गहिरो गरी भित्र बस्छ ।
सात्त्विक त्यागका विविध उदाहरण इतिहास र पुराणमा पाइन्छन् । महावीरले राजपाठ त्याग गरे । सिद्धार्थले १८ वर्षमा पत्नी यशोधरा र भर्खर जन्मेको पुत्र त्याग गरे । बुद्धत्व प्राप्त भए पछि जब बुद्ध कपिलवस्तु आए, बुद्धलाई दर्शन गर्न सबै आए तर यशोधरा आइनन् । बुद्ध नै सारिपुत्रलाई लिएर भेट्न गए । त्यहां यशोधराले बुद्धको पाउ स्पर्श गरिसके पछि एक गहन प्रश्न गरिन्– जुन सत्य तपाईंले निरञ्जना नदीको तटमा बोधिवृक्षको मुनि प्राप्त गर्नु भयो । के त्यो सत्य यहां छैन ? र यहां त्यसको बोध हुन सक्दैन? बुद्ध निरुत्तर भए ।

पछि आफैंले सहर्ष राहुललाई प्रव्रज्या लिन प्रेरित गरिन् । आफैंले पनि प्रव्रज्या मागिन् । यद्यपि बुद्धले नै यशोधरालाई प्रव्रज्या लिन अनेक आलटाल गरे ।
भनिन्छ, बुद्धले वनमा गरेका तपस्याहरु यशोधराले दरबारमा गरिन् । जब यशोधराले खबर सुनिन् कि बुद्धले एक छाक खान्छन् भुईंमा सुत्छन् र साधारण चीवर लगाउंछन् । उनले पनि दरबारमै बसी सोही अनुसरण गर्थिन् । यशोधराको जीवन त्यागको समुद्र छ । बिलकुल निस्वार्थ । (आनन्द अरुण, सन् २००६)

रामका साथमा गएकी सीताको जीवनको त्याग बारे त कथा नै बनेको छ । तर लक्ष्मणकी प्रिया, उर्मिला, जसलाई वनमा जान पतिबाट अनुमति प्राप्त भएन । पतिको आज्ञा मानेर चौध वर्ष एक्लै जीवन बिताइन् । उनका जीवनको त्याग अद्भुत छ । ईश्वरभक्ति, आफ्नै मात्र होइन सौताने सासुहरुको समेत निरन्तर सेवा । र निरन्तर लामो प्रतिक्षा ।

स्वामी रामकृष्णले आफ्ना शिष्यहरुलाई भन्ने गर्थे– ईश्वर लाभ नहुञ्जेल सबै कर्म– यज्ञ, दान, तप, पूजा, विधि, ध्यान, स्नान, जप सबथोक गर । उनले बडो सरल शब्दमा भनेका छन्– फल आएपछि फुल आफैं झर्छ । ईश्वर लाभ पछि कर्ममा आसक्ति आफैं हराउंछ । उनले आफ्ना हातले धनसम्पत्ति छुंदैनथे ।

स्वामी विवेकानन्दका अनुसार, एक पटक माता सारदाले केही पैसा रामकृष्णको ओच्छ्यानमा राखेर बिर्सिछन् । त्यस रात भरि रामकृष्ण छटपटीले निदाउन सकेनन् । त्यो पैसा त्यहांबाट हटाए पछि मात्र उनी निदाए । उनको त्याग यस्तो थियो । झुक्याएर पनि उनलाई कुनै सांसारिक वस्तुको प्रत्यक्ष अप्रत्यक्ष भोग गराउन सकिंदैनथ्यो ।

उपनिषदहरुमा त्यागका उच्चतम आदर्श प्रस्तुत गरिएका छन् । ईशा उपनिषदको पहिलो श्लोक तेन त्यक्तेन भुञ्जीथा… उसले मात्र वास्तविक भोग गर्छ, जसले त्याग गर्छ…भन्दै त्यागको महिमाबाट प्रारम्भ गरिएको छ । (गीताप्रेस, वि.सं.२०६४)
अकुशल कर्मलाई जसले द्वेष गर्दैन र कुशल कर्ममा जो आसक्त हुंदैन, त्यो नै सच्चा त्यागी हो । कुशलको अर्थ हो प्रसन्नता । कुशल मंगल छ ? भनेर सोध्नु भनेको खुशीसाथ हुनुहुन्छ भनेको हो । त्यसैले कुशल र अकुशल भनेको खुशी दिने र खुशी नदिने काम । जुन मानिस खुशी दिने वा बेखुशी दिने दुवै काममा आसक्त हुंदैन अर्थात् खुशी दिने कामले खुशी र बेखुशी दिने कामले दुखी हुंदैन । त्यो संशय, अनिश्चिता र द्विविधारहित हुन्छ । त्यो नै बुद्धिमान हो । वास्तविक कुरा बुझे पछि सबै अन्तर समाप्त हुन जान्छन् । संशयहरु छिन्न भिन्न हुन्छन् ।

ठूलो मानिस चकलेट पाएर खुशी हुंदैन । किनभने उसले यसको आसक्ति बेकार हो भन्ने बुझेको छ । जसले संसार बुझेको छ, उ यसमा आसक्त हुंदैन । आसक्ति उत्पन्न हुने कारण अज्ञानता हो । आचार्य शंकरले भनेका हुन्, जगन्मिथ्या । जगत्लाई हामीले जस्तो देखेका छौं, शंकरले त्यस्तो देख्दैनन् । मिथ्याको अर्थ असत्य होइन जस्तो तथ्य हामीले बुझेका छौं त्यो छैन भनेको हो । जापानमा वल्लो घरको पुतलीको पल्लो घरका पुतलीसंग विवाह हुंदा जन्ती बोलाउने र बाजा बजाउने चलन छ । घरका सारा बुढाबढी त्यस विवाहमा सरीक हुन्छन् । भोज हुन्छ । घरका सबै मानिसले उही अभिनय गर्छन् जुन युवायुवतीको विवाहमा हुन्छ । युवायुवतीका लागि विवाह सारै ठुलो कुरा हो । वृद्धहरुका लागि त्यो पुतली खेल हो ।

लोक व्यवहारलाई संगै लिएर जाने उदाहरण हामी भगवान् श्रीकृष्णको जीवनमा पाउंछौं । उनको प्रसन्नता वा अप्रसन्नता, कसैको वध वा जीवनदान सबैमा संशयरहितता छ । आक्रोश वा खुशी छैन । प्रसन्न पनि हुन्छन् । दुखी पनि हुन्छन् तर त्यसमा आसक्ति छैन । न दुखमा, न सुखमा ।

मानिसले कुनै पनि क्रियाकलाप आफ्ना आवश्यकता सन्तुष्टिका लागि गर्छ । आवश्यकता भनेको मानिसलाई चाहिने वस्तु र सेवाहरु । सबैलाई थाहा छ मानिसका आवश्यकता अनन्त छन् । त्यसैले अर्थशास्त्रमा यो शब्द सधैं बहुवचनका रुपमा प्रयोग हुन्छ– वान्ट्स, आवश्यकताहरु । त्यसमा दिनक्कै नयां नयां आवश्यकता अझ थप भइ रहेका हुन्छन्, मृत्युपर्यन्त ।

मानिसका आर्थिक आवश्यकतालाई तीन भागमा विभाजन गर्न सकिन्छ– अनिवार्य, आरामदायक, र विलासिता । यस बाहेक मानिसका अनेक सामाजिक र मनावैज्ञानिक आवश्यकता पनि हुन्छन् । जस्तै, स्नेह, सम्मान, सामाजिक रहनसहन, संस्कृति, भाषा, ज्ञान, र अस्तित्त्वको चाहना । मानिस सामाजिक प्राणी भएकोले उसले परिवारबाट, समाजबाट अनेक प्रकारका चाहना राख्छ । मानसिक क्षमता राख्ने प्राणी भएकोले उसका व्यक्तिगत मानसिक आवश्यकता पनि हुन्छन् । लक्ष्मी प्रसाद देवकोटालाई कसैले कविता नलेख यो अनावश्यक काम हो भने के होला ? लेख्नु उनको मानसिक आवश्यकता हो । कैयौं चित्रकारले चित्र कोरेर लुकाएर राखेका उदाहरण छन् । चित्र अरुका लागि होइन आफ्नो मानसिक आवश्यकता पूरा गर्न ।

मानिसले विलासिता आवश्यकता पूरै त्याग गर्नसक्छ । आरामदायक आवश्यकता पनि एक हदसम्म त्याग गर्नसक्छ । तर अनिवार्य आवश्यकता त्याग गर्न सक्दैन । मानिसलाई भोक लाग्छ । उसलाई निद्रा लाग्छ, सुरक्षा चाहन्छ । मानिसले आनन्द चाहन्छ । यदि भौतिक आवश्यकता नै मानिसले त्याग गर्न सक्दैन भने सामाजिक, मनोवैज्ञानिक र मानसिक आवश्यकता त अझै सूक्ष्म हुन्छन् । त्यसैले भगवान् कृष्णले भन्नु हुन्छ– कर्म त्याग होइन, कर्मफल त्याग गर्नु पर्छ ।

जीवनमा गरिने क्रियाकलापका तीन प्रकारका परिणाम प्राप्त हुन सक्छन्– नाफा, हानि, र मिश्रित अवस्था । हामीले थोरै परिश्रम गर्दा सोचे अनुरुप वा बढी हात पर्यो भने त्यसलाई नाफा भनिन्छ । तर सोचे विपरीतको फल प्राप्त हुन्छ भने त्यसलाई हानि भनिन्छ । र तेस्रो फल हो दुवैको मिश्रण । दुवैको बराबर मिश्रण हानि रहितताको अवस्था हो । न उधोका लेना न माधोका देना । यसभन्दा कम वा बढीमा हानि वा नाफा हुन्छ । यी सबै अवस्था सामान्य मानिसका लागि हुन् । यस जन्मको नभए विगत जन्मको पनि कर्मफल प्राप्त भइरहन्छ । तर शांकरभाष्यमा आचार्य शंकर लेख्छन्– सन्न्यासी पूर्णतया मुक्त हुन्छ । उसलाई असल, खराब वा मिश्रित नतिजाको कुनै प्रभाव पर्दैन । किन ? किनभने उसले हानि मात्र होइन नाफा पनि त्याग गरिसकेको हुन्छ ।

अठारौं अध्यायमा भगवान् कृष्णले तीन प्रकारका त्याग बताउनु भएको छ । तर व्याख्याको क्रम उल्टो छ । अन्य सबैको क्रम बताउ“दा सात्त्विक, राजस अनि तामस क्रमशः बताइएको छ । तर त्यागको सन्दर्भमा पहिला तामस, अनि राजस र अन्तमा सात्त्विक त्यागको व्याख्या गरिएको छ । यसबाट भगवान् कृष्णको त्यागलाई हेर्ने दृष्टिकोण व्यक्त हुन्छ । अर्को ध्यान दिनु पर्ने कुरा के भने सन्न्यासलाई सात्त्विक, राजस, र तामस भेद गरिएको छैन । यसबाट सन्न्यास प्रति भगवान श्रीकृष्णको स्वाभाविक आदर देखिन्छ । सन्न्यासको अर्थ हो सम्यक् न्यास । उचित तरीकाले उठ, बस, खान, पान, बोलचाल सबै ।

४. जीवन–जगतमा कार्य कारण

पञ्चैतानि महाबाहो कारणानि निबोध मे ।
साङ्ख्ये कृतान्ते प्रोक्तानि सिद्धये सर्वकर्मणाम् ।।१३।।
हे महाबाहु, सम्पूर्ण कर्महरुको सिद्धिका लागि पाच कारणहरु बताइएका छन्, सुन । यो कुरा सांख्य र कृतान्त दुवैले पुष्टि गर्छन् ।।१३।।
अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम् ।
विविधाश्च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम् ।।१४।।
शरीरवाङ्मनोभिर्यत्कर्म प्रारभते नर ः ।
न्यायं वा विपरीतं वा पञ्चैते तस्य हेतव ः ।।१५।।

अधिष्ठान (शरीर), कर्ता (मन), करण (इन्द्रिय), प्राणादि वायु (प्राण, अपान, समान, उदान, व्यान) यी चार (कुरा भए) र पांचौं दैव । विविध अनेक प्रकारका चेष्टाका लागि मानिसले मन, शरीर, र वाणीले उचित वा अनुचित जुन कर्म गर्दछ, त्यसका यी पांच हेतु (कारण) हुन्छन् ।।१४–१५।।

जीवन, जगत र यसको सम्बन्धलाई व्याख्या गर्ने शास्त्रलाई दर्शन शास्त्र भनिन्छ । न्याय, वैशेषिक, सांख्य, पातञ्जल, मीमांसा, वेदान्त, सौत्रान्तिक, वैभाषिक, योगाचार, माध्यमिक, चार्वाक आदि दर्शनमा यस सम्बन्धको व्याख्या गरिन्छ । यी मध्ये सांख्य र कृतान्त दुई मुख्य दर्शन हुन् । सांख्य र कृतान्त दुवैमा सम्पूर्ण जीवन र जगतको क्रियाशीलताका लागि पा“च कारणहरु बताइएका छन् ।

विद्वान्हरुले कृतान्तको अर्थ गर्छन् वेदान्त शास्त्र अर्थात् उपनिषद् दर्शन । यहा“ यो अर्थ पनि मिल्छ । तर सर्वसार उपनिषदमा वेदान्तको विशेष अर्थ गर्दै ओशो रजनीश भन्छन्– वेदको सही पर्याय हो विज्ञान, साइन्स । त्यसैले वेदान्तको अर्थ हो जहां ज्ञानको पनि अन्त हुन्छ । त्यो अवस्था जब ज्ञान पनि पछि छोडिन्छ, त्यो वेदान्त हो । वेद जुन साधनले जानिन्छ त्यो ब्रह्म हो र ब्रह्म जुन कुराले जानिन्छ त्यो वेदान्त हो । वेद नोईंग हो र वेदान्त बीईंग हो । ज्ञानी र ज्ञानातीतमा जुन अन्तर छ, त्यही अन्तर ज्ञानी र वेदान्तीमा हुन्छ । (ओशो, सन् १९९२) आचार्य शंकरले पनि वेदान्ती अवस्थालाई धर्माधर्म सबै त्याग गरेको भनेका छन् । (अपूर्वानन्द, वि.सं.२०७०) गीतामा प्रयोग गरिएको शब्द कृतान्तको एउटा अर्थ हुन्छ– कृत्यको अन्त ।

कारण र परिणामको सम्बन्ध भएकोले परिणामबाट कारण पनि जान्न सकिन्छ । यस विपरीत विधिलाई पश्चोन्मुखी अध्ययन भनिन्छ । परिणामबाट कारण अनुमान गर्न रेवरेन्ड थोमस बेयजद्वारा गणितीय सिद्धान्त प्रतिपादन गरिएको छ । बेयजको के विश्वास थियो भने ईश्वरको चाहना मनुष्य मात्रको सुख र खुशी हो । यसलाई गणितीय रुपमा प्रमाणित गर्न उनले तथ्याङ्क संकलन गरे । उनले त्यसको विश्लेषणका विधि पनि निर्माण गरे । गणितमा बेयजको यस विधिलाई प्रतिलोम प्रायिकता साध्य– इन्वर्स प्रोबेबिलिटी थियोरम भनिन्छ । बेयजको त्यस साध्यबाट जुन परिणाम निस्क्यो संभवतः त्यो उनको विचार अनुसार उपयुक्त भएन । अनि उनले यसलाई प्रकाशित गर्न रुचि लिएनन् । उनको मृत्युका धेरै पछि पियरे साइमन लैप्लास भन्ने गणितज्ञले स्वतन्त्र रुपमा त्यस पाण्डुलिपिलाई पत्ता लगाएर त्यस विवरणलाई गणितीय सिद्धान्तको वर्तमान रुप दिए ।

हिन्दु शास्त्रकारहरुले कारण र परिणामका साथै परिणाम र कारण सम्बन्धको व्याख्या गरेका छन् । कुनै घटना भर्खरका कारणको परिणाम मात्र नभएर जन्मौंजन्मका कारणको परिणाम पनि हुनसक्छ । सृष्टिमा घटित हुने घटनाको केवल एक मात्र कारण पनि हुंदैन । अनेकौं कारण हुन्छन् । यसलाई स्पष्ट गर्न महाभारतमा अनेक उदाहरण छन् । कर्ण पर्वको उदाहरण प्रस्तुत छ । अर्जुनभन्दा बहादुर भइकन पनि कर्ण किन युद्धमा पराजित भयो ? भन्ने प्रश्नको उत्तरमा महाभारतमा कर्णका मृत्युको कारण केवल अर्जुन मात्र होइन भन्ने कुरा यस प्रकार बताइएको छ (महाभारत, खण्ड ५, वि.सं.२०६०) –

१. आफैंले दिएको आश्वासन– कुन्तीले कर्णलाई उसका जन्मको रहस्य कुरुक्षेत्र युद्धको पूर्व सन्ध्यामा अचानक बताइन्– बाबु, तिमी राधेय होइनौ । तिमी कौन्तेय हौ । ज्येष्ठ पाण्डव । कुमारी अवस्थामा सूर्य पुत्रको रुपमा जन्माएकाले मैले समाजमा कलंकित हुने भयले त्याग गर्नु पर्यो । भाईहरुसंग युद्ध नगर ।

यो सुनेर कर्ण दुखी भए । तर कुन्तीलाई भने– दुर्योधन मेरो मित्र हो । मैले उसलाई युद्धमा साथ दिने वचन दिइसकेको छु । तर मैले तपाईंलाई के आश्वासन दिन्छु भने तपाईंका पांच पाण्डव सुरक्षित रहनेछन् । मैले अर्जुनलाई मारें भने म समेत पांच जना र अर्जुनले मलाई मार्न सके भने म बाहेक पांच जना । तर म राधेय भएर हुर्कें अब राधेय भएरै मर्न चाहन्छु ।

२. गुरुको कोप– कर्णले शस्त्र विद्या सिक्नका लागि गुरु द्रोण कहां गएर निवेदन गरे । द्रोणले राजपुत्रहरुलाई सिकाएको स्थानमा एक साधारण सूतपुत्र लिन अस्वीकार गरे । त्यस पछि उनी परशुरामजी कहां पुगे । कर्णले आफुलाई भृगुवंशीय ब्राह्मणको सन्तान बताएर धुनर्विद्या सिक्न थाले । एक दिन परशुरामको शिरलाई कर्णले काखमा राखेर गुरुको सेवा गरिरहेका थिए । यसै समयमा एउटा कीराले भयानक पीडा दिने गरी कर्णको गोडामा टोक्यो तर कर्णले गुरुको सुविधाका लागि सबै सहन गरे । गुरुलाई यो थाहा भयो । कर्णको पीडा सहन गर्ने यो क्षमता देखेर परशुरामलाई उसको जातिको विषयमा शंका भयो । उनले क्रोधित भएर भने– तं ब्राह्मण हुनै सक्दैनस । त“ क्षत्रिय हुनुपर्छ । सांचो कुरा भन त“ को होस् ? नत्र मैले त“लाई सराप दिन्छु ।

कर्णले डराएर भने– म सूतपुत्र राधेय हुं । तर मलाई रथ चलाउने काममा रुचि छैन । मलाई हतियार चलाउनमा रुचि छ । त्यसैले मैले असत्य जानकारी दिएर शिक्षा लिएको हुं ।
परशुरामले भने– गुरुलाई झुक्क्याएर सिकेकोले त्यो ब्रह्मास्त्र विद्याले अन्तिम क्षणमा त“लाई साथ दिने छैन ।

३. इन्द्रको भिक्षा– सूर्यपुत्र कर्ण कवच कुण्डलसंगै जन्मेका थिए । यी दुवै कुराले कर्ण अजेय थिए । इन्द्रले अर्जुनको रक्षा गर्नका लागि भिक्षु वेशमा गई कर्णको सुरक्षा कवच र तेज बढाउने कुण्डल भिक्षा मागेका थिए । सूर्यले कर्णलाई छद्म वेशमा आएको इन्द्रलाई आफ्नो सुरक्षा कवच नदिन सावधान गरेका थिए । कर्णले सबै कुरा जान्दाजान्दै पनि माग्न आएकोलाई विमुख नफर्काउने आफ्नो नियम अनुसार, आफु असुरक्षित हुने गरी कवच र कुण्डल सहर्ष दान गरेका थिए ।

४.शल्यद्वारा हतोत्साहन– कर्णका सारथी तथा युधिष्ठिरका मामा शल्य (जुन माद्रीका भाई हुन्) थिए । उनलाई दुर्योधनले झुक्क्याएर आफ्नो पक्षमा मिलाएको थियो । तर उनले युधिष्ठिरलाई वचन दिएका थिए– भाञ्जा, तिमीहरुलाई अन्याय भएको जानेको छु । म तिमीहरुलाई साथ दिन आएको थिएं तर मलाई बाटोमा स्वागत सत्कार गरेर झुक्याइयो । तथापि मैले तिमीहरुको विजयका लागि नै चिन्तन गर्ने छु । उनले कर्णका सारथीको रुपमा रथ चलाउंदा कर्णलाई निरन्तर हतोत्साहित गर्दै भन्ने गर्थे– हे कर्ण तिमीले अन्यायको साथ दिइरहेका छौ । त्यसैले तिमी असफल हुने छौ । फलस्वरुप कर्ण उत्साहहीन हुंदै जान्थे । र उत्साहहीन योद्धाको जीत हु“दैन ।

५.दैव इच्छा– शास्त्रकारहरुले दैवका विभिन्न अर्थ गरेका छन्– धर्माधर्म, पूर्व संस्कार, अन्तस्करण वा अज्ञात शक्ति । वास्तवमा यी सबैको सामूहिक रुप नै दैव हो । यसलाई दैव इच्छा, अज्ञात कारण वा एक्स फ्याक्टर भन्न सकिन्छ । महाभारतकारका अनुसार, दैव इच्छा के थियो भने अर्जुन सुरक्षित होस् र कर्ण असुरक्षित होस् ।

कर्णको द्वन्द्वपूर्ण मानसिक अवस्था, निष्ठा, र दानलाई आधार बनाएर लेखकहरुले सुन्दर कथाहरु रचना गरेका छन् । यस घटनाले के स्पष्ट गर्न खोजेको छ भने कुनै पनि घटनाका पा“च ज्ञात कारण र एउटा अज्ञात कारण हुन्छ । यी सबै ज्ञात कारणको संगै विश्लेषण गर्न नसकिने भएकोले अन्यलाई स्थिर मान्दै केवल एउटा कारणलाई मात्र अध्ययन गरिन्छ । यस्तो विश्लेषणलाई अर्थशास्त्री जे एस मिलले एक चल राशि अध्ययन विधि भनेका छन् ।

कर्णको मृत्युमा एक मुख्य चलराशि अर्जुन हो तर त्यो मात्र सबै कारण होइन ।

शरीर, मन, इन्द्रिय, प्राण, पा“च वायु (अपान, समान, उदान, व्यान) यी चार (कुरा भए) र पांचौं दैव– अर्थात् एक अपरिभाषित तत्त्व । मानिसले मन, शरीर, र वाणीले जे जस्ता कर्म गर्दछ, त्यसका यिनै पा“च कारण हुन्छन् । यो कुरा सबैले बुझ्दैनन् । तर जसले अहंभावरहित भएर कर्म गर्छ त्यो कर्ता भइकन पनि अकर्ता हुन जान्छ ।

गीतामा कुनै घटनाको कारण र परिणामको सम्बन्धको वैज्ञानिक व्याख्या छ । तर त्यसमा एउटा मान्यता के गरिएको छ भने एउटा अज्ञात तत्त्व अवश्य रहन्छ । जति धेरै कुरा जाने पनि एउटा कुरा फेरि पनि अज्ञात रहन जानेछ । जतिसुकै ठूलो वैज्ञानिक व्याख्या गरिए तापनि केही कमी रहन जान्छ । हिजोका वैज्ञानिक तथ्य आज त्रुटिपूर्ण भएका छन् । आज वैज्ञानिक भनिएको व्याख्या भविष्यमा यसै अज्ञात तत्त्वले गर्दा कुन रुपमा प्रस्तुत हुन जाने हो ? कसले भन्न सक्छ । त्यसैले आज असत्यीकरणको सिद्धान्तलाई दार्शनिकहरुले स्वीकार गर्छन् । भगवान् श्रीकृष्णको गीता उपदेश आधुनिकतम विज्ञानको पनि व्याख्या हो । भविष्यका लागि पनि यसमा स्थान छ ।

५. यात्रा बाह्य जगतको र विपरीत

तत्रैवं सति कर्तारमात्मानं केवलं तु यः ।
पश्यत्कृतबुद्धित्वान्न स पश्यति दुर्मति ः ।।१६।।
तर यस्तो भए तापनि जुन अकृत (अशुद्ध) बुद्धि भएकोले त्यस, कर्मको, विषयमा केवल आफुलाई कर्ता देख्छ, त्यस मलिन बुद्धि मानिसले यथार्थ देख्दैन ।।१६।।
यस्य नाहंकृतो भावो बुद्धिर्यस्य न लिप्यते ।
हत्वापि स इमान्ल्लोकान्न हन्ति न निबध्यते ।।१७।।

जसमा म कर्ता हुं, यस्तो भाव हु“दैन, र जसको बुद्धि शुभाशुभ कर्ममा लिप्त (एकोहोरिएको) हुदैन, त्यो पुरुष, यी सब लोकलाई मारेर पनि वास्तवमा हत्या गर्दैन, बद्ध पनि हुंदैन ।।१७।।
ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधः कर्मचोदना ।
करणं कर्म कर्तेति त्रिविधः कर्मसंग्रहः ।।१८।।
ज्ञान, ज्ञेय, र ज्ञाता यी तीन कर्मका प्रेरक हुन् । करण, कर्म, र कर्ता यी तीन कर्मका संग्रहकर्ता हुन् ।।१८।।
ज्ञानं कर्मं च कर्ता च त्रिधैव गुणभेदतः ।
प्रोच्यते गुणसङ्ख्याने यथावच्छृणु तान्यपि ।।१९।।
गुणको संख्या गर्नेहरुले ज्ञान, कर्म, र कर्ता गुणका भेदले तीन प्रकारका बताउछन् । त्यो पनि मैले जस्ताको तस्तै भन्छु, सुन ।।१९।।

मानिसले कर्ता भएर जुन कर्म गर्छ त्यसका ज्ञान, ज्ञेय, र ज्ञाता यी तीन उत्प्रेरक हुन्छन् भने करण, कर्म, र कर्ता यी तीन कर्मका संग्राहक हुन्छन् ।
ज्ञान तीन प्रकारका हुन्छन्– सात्त्विक, राजस, र तामस ।

जुन ज्ञानले सबै प्राणीहरुमा एक अविनाशी भावलाई अविभक्त (एक नास) छ भन्ने बुझिन्छ, त्यस ज्ञानलाई सात्त्विक जान ।
जुन ज्ञानले सबै प्राणीमा भिन्न भिन्न प्रकारका भाव अलग अलग छ भन्ने बुझिन्छ, त्यस ज्ञानलाई राजस बुझ । जुन ज्ञानले बिना कारण (अहैतुक), अयथार्थलाई यही सम्पूर्ण (कृत्स्न) हो भनेर तुच्छ (अल्प) कुरामा आसक्ति (ढिपी) गर्दछ । त्यो तामस ज्ञानको उदाहरण हो । जसरी ज्ञानलाई तीन भागमा विभाजन गरिएको छ, त्यसै गरी गुणको संख्या गर्नेहरुले कर्म र कर्तालाई पनि गुणका भेदले तीन भागमा विभाजन गर्छन् ।

यहा गुणको संख्या गर्नेहरु भनेर सांख्य शास्त्रकारहरुलाई संकेत गरिएको छ । यस शास्त्रमा सृष्टिको सम्पूर्ण विवरणलाई गणितीय संख्याको रुपमा सबभन्दा पहिले प्रस्तुत गर्ने शास्त्र हो सांख्य शास्त्र । यसको कुनै मतले मूल प्रकृति र अन्य प्रकृतिको कुरा गर्छन् भने कुनैले पुरुषको रुपमा ईश्वरलाई पनि समावेश गर्छन् । महाभारतको विवरणबाट के स्पष्ट हुन्छ भने प्राचीन सांख्यमत ईश्वरवादी थियो । (आचार्य, सन् २०११) यसको निरीश्वरवादी मत पछि प्रचलनमा आएको हो भनी मान्नेहरु पनि छन् । सांख्यमतमा मन, बुद्धि र अहंकारलाई अन्तस्करण भनिएकोमा पछिका विचारकहरुले त्यसमा चित्तलाई समावेश गरेर चार भागमा विभाजन गरेका छन् । मनलाई जीवात्मा र शरीर दुवैलाई सम्बन्धित गराउने एउटा तत्त्व भनिन्छ । आधुनिक मनोविश्लेषकहरुले मनलाई चेतन, अर्धचेतन, अचेतन तीन भागमा विभाजन गर्दछन् ।

तालिका ५.१. साङ्ख्य मतका २५ तत्त्वहरु

 

सृष्टिका पाच मूलतत्त्व मानिएका छन्– भूमि, जल, तेज, वायु, आकाश । भूमिको विशेषता गन्ध हो । यससंग सम्बन्धित ज्ञानेन्द्रिय नाक र कर्मेन्द्रिय उपस्थ (जननेन्द्रिय) हो । भूमिको प्रभाव मनलाई मानिएको छ ।
यहा भूमि भनेको जमीन वा माटो होइन, भूमि तत्त्व हो । भूमिका विशेषता हुने तत्त्व । जसरी अर्थशास्त्रमा भूमि भनेको ती सबै वस्तुहरू हुन् जुन प्रकृतिले मानिसलाई निःशुल्क उपहारको रूपमा प्रदान गरेको छ । प्राकृतिक नदी, वनजंगल, सूर्यको प्रकाश सबै भूमि हुन्छन् । त्यसै गरी साङ्ख्य दर्शनमा महाभूतहरूलाई विशेष अर्थमा प्रयोग गरिएको छ । अन्य तत्त्वसंग नमिसिएको मूल तत्त्वको नाम महाभूत हो । उदाहरणका लागि केवल भूमि तत्त्व छ भने त्यो महाभूत हुन्छ । महाभूतको यस विशेषतालाई तन्मात्रा भनिएको छ ।

जलको विशेषता रस हो । यससंग सम्बन्धित ज्ञानेन्द्रिय जिब्रो, कर्मेन्द्रिय पायु (जननेन्द्रिय), र प्रभावित अन्तस्करण बुद्धि हो । तेजको विशेषता रुप,सम्बन्धित ज्ञानेनिद्रय आ“खा र कर्मेन्द्रिय पाद (खुट्टा) र प्रभावित अन्तस्करण चित्त हो । वायुको विशेषता स्पर्श, सम्बन्धित ज्ञानेन्द्रिय छाला, कर्मेन्द्रिय पाणी (हात) र प्रभावित अन्तस्करण अहंकार हो । आकाशको विशेषता शब्द हो । यससंग सम्बन्धित ज्ञानेन्द्रिय कान र कर्मेन्द्रिय वाणी हो । आकाशसंग प्रभावित अन्तस्करण छैन । किनभने अन्तस्करण स्वयं नै एक आकाश हो । सात्त्विक, राजसिक र तामसिक तीन गुणहरू हुन्छन् जसले मन, बुद्धि, अहंकार लगायत सम्पूर्ण प्रकृतिलाई गुणको विशेषता अनुसार प्रभावित गर्छन् । सबै तत्त्वको आपसी सम्बन्धलाई चित्र ५.१ मा तीरले देखाइएको छ ।

चित्र ५.१ साङ्ख्य दर्शनमा सुृष्टि विस्तार

 

पञ्चीकरण प्रक्रिया
सांख्य दर्शन अनुसार, प्रकृतिमा स्वतन्त्र महाभूत पाईंदैन बरू पा“चवटै महाभूतको मिश्रण पाइन्छ । उदाहरणका लागि, भूमिमा स्वयं भूमि तत्त्व सबभन्दा बढी मात्रामा हुन्छ । बा“की अर्थात् प्रत्येक तत्त्वमा अन्य चारवटा तत्त्वको निश्चित र आनुपातिक मिश्रण हुन्छ । यसलाई पञ्चीकरण हुनु भनिन्छ । सबै पञ्चीकृत तत्त्वमा ५० प्रतिशत त्यो तत्त्व स्वयं र बा“की ५० प्रतिशत अन्य चार तत्त्व बराबर मात्रामा हुन्छन् । यस प्रक्रियालाई निम्नलिखित प्रकारले देखाउन सकिन्छ–

पञ्चीकृत भूमि = ५० प्रतिशत भूमि+१२.५० प्रतिशत जल+१२.५० प्रतिशत तेज+१२.५० प्रतिशत वायु+१२.५० प्रतिशत आकाश
पञ्चीकृत जल = ५० प्रतिशत जल +१२.५० प्रतिशत भूमि +१२.५० प्रतिशत तेज+१२.५० प्रतिशत वायु+१२.५० प्रतिशत आकाश । यसै गरी सबै तत्त्व पञ्चीकृत भएका हुन्छन् ।
चित्र ५.२ मा पञ्चीकरण प्रक्रिया देखाइएको छ–

 

सम्पूर्ण सृष्टि प्रकृति र पुरुषको विस्तार हो । यसलाई गीतामा परा प्रकृति र अपरा प्रकृति भनिएको छ । अपरा प्रकृतिमा अन्तर्गत पांच महाभूत तथा मन, बुद्धि, र अहंकारलाई आठवटा प्रकृति भनिएको छ । सृष्टिको यस विस्तारले जगत् निर्माण हुन्छ ।
हुनत, ती सबैमा ईश तत्त्व विद्यमान हुन्छ तर त्यसको पहिचान यस विस्तारमा जटिल हुनजान्छ । ईश तत्त्वलाई चिन्नु छ भने यात्रा विपरीत दिशातर्फ हुनुपर्छ । पञ्चतत्त्व, ज्ञानेन्द्रिय, र कर्मेन्द्रियको यात्रा मन, बुद्धि, चित्त, अहंकार हुंदै ईशतत्त्वतर्फ लैजाने क्रियालाई गीतामा योग भनिएको छ ।

गीता दर्शन अनुसार प्रकृति जड तर सक्रिय हुन्छ । यसलाई चेतन बनाउने काम पुरुषले गर्छ । तर यो केवल साक्षी हुन्छ । जड प्रकृति र चेतन पुरुष दुवैको संयोग नभइ केही पनि हुन सक्दैन भन्ने मानिएको छ । यस अवधारणालाई आधुनिक विज्ञानमा पदार्थ र ऊर्जा यी दुइ अवधारणाको व्याख्या गर्न प्रयोग गरिएको छ । भौतिक वैज्ञानिक ब्रायन डेभिड जोसेफ्सनका अनुसार– वेदान्त र सांख्यद्वारा नै क्वान्टम सिद्धान्त व्याख्या गर्न सकिन्छ । किनभने यी दुइ सिद्धँन्तले मात्र मस्तिष्क र विचारको नियम दिन्छन् । क्वान्टमको अर्थ यस्तो कुरा हो जुन आधा पदार्थ र आधा तरंग (ऊर्जा) हो ।

परमाणु वैज्ञानिक नील बोहरले परमाणु विज्ञानका गूढ रहस्य पत्ता लगाउन उपनिषद् अध्ययन गर्थे । उनले स्पष्ट शब्दमा भनेका छन्– मलाई जब जब शंका लाग्छ । अरु कहीं समाधान पाईंदैन । अनि उपनिषद् खोलेर पढ्छु ।
सुप्रसिद्ध भौतिक शास्त्री ज्याक सर्फातीका अनुसार– सृष्टिको आधार स्पष्ट बुझाउन साङ्ख्य बाहेक अरु कुनै सिद्धान्तले सक्दैन ।(ज्ञवाली, सन् २००२)

क्रमशः

प्रतिक्रिया
सम्बन्धित समाचार
आज सङ्कट मोचक हनुमानको जन्म दिन भव्य रुपले मनाइँदै, जय बजरंगवली !
पौराणिक ग्रन्थ ‘गीतामा के छ ?’  पढौं, सुनौं , हेरौं  अठार वटै अध्याय डा. मतिप्रसाद ढकालकै स्वरमा (भिडियो)
डा. गुरू कुमारन स्वामीले भेटे नेपाली उद्यमी व्यवसायी, नेपालमा लगानी गर्ने चाहना
‘पशुपति दर्शन अभियान’मा भारतका नेता, आर्थिक समृद्धिमा सहकार्य
महाशिवरात्री बिशेष -शिवतत्व, पशुपति र शैव सम्प्रदाय : प्रवीण अधिकारी
बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija