-भरत दाहाल
राज्यको पुनर्संरचनाको नाममा यतिबेला इतिहास, धर्म–सँस्कृति र सामाजिक रितिथितिहरु पनि बहसका विषय बनेका छन् । यस्तै विषयहरुमध्ये वेद पनि एउटा विषय हो । वेदमा भएका सबै कुराहरु वैज्ञानिक छन् भन्ने होइन तर आधुनिक विज्ञानले जे जति कुराहरुको आविष्कार गरेको छ, ती मध्ये अधिकांश वैदिक युगमा आविष्कार भएर व्याख्या भैसकेका थिए । इसाइृ व्यापारीहरुबाट प्रेरित केहि अचेत तथा बद्नियत् बोकेका तत्वहरुले वेदलाई जसरी बाहुनहरुको शास्त्रका रुपमा लिएर यसको निन्दा गर्ने गरेका छन्, तिनीहरु गुहे किराभन्दा माथि छैनन् भन्ने वास्तविकता वेदमा वर्णित् वैज्ञानिक खोजहरुको फेहरिस्तबाटै थाहा हुन्छ । यसबारे सामान्य रुपमा भए पनि जानकारी होस् भनेर मैले भारतीय विद्वान डा. कपीलदेव द्विवेदीको पुस्तक ‘वैदिक साहित्य एवं संस्कृति’बाट थोरै अंशहरु साभार गरेको छुँ ।
१. सूर्यको न उदग हुन्छ, न अस्त

ऐतेरेय ब्राम्हण र गोपथ ब्राम्हणमा सूर्यको उदय वा अस्त नहुने कुरा उल्लेख छ । सूर्य आफ्नै स्थानमा रहन्छ र पृथ्वीले त्यसको परिक्रमा गर्दा दिन र रात हुने मानिएको छ ।
स वा एष (आदित्य) न कदाचनास्तमेति, नोदेति । (ऐतरेए ब्राम्हण ३.४४)
स वा एष (आदित्य) कदाचनास्तमयति, नोदयति । (गोपथ ब्राम्हण २.४.१०)
२. पृथ्वीले सूर्यको परिक्रमा गर्छ
ऋग्वेदमा पृथ्वीले सूर्यको परिक्रमा गर्ने कुरा बताईएको छ । पृथ्वी (क्षाः) सूर्य (शुष्ण) को चारैतिर घुम्छ । यजुर्वेदले पनि पृथ्वी (गौः) अन्तरीक्षरुपी माता जस्तै भ्एर पितारुपी सूर्यको चारैतिर घुम्ने कुरा गरेको छ ।
क्षाः शुष्णं परि प्रदक्षिणित् । (ऋग्वेद १०.२२.१४)
आयं गौः पृश्निरक्रमीद् असदन् मातरै पुरः । पितरं च प्रयन् स्वः । (यजुर्वेद ३.६)
३. सूर्य सहितको ब्रम्हाण्ड घुम्छ
यजुर्वेदमा पृथ्वी, सूर्य लगायत सबै ब्रम्हाण्ड घुम्छ भनिएको छ ।
समाववर्ति पृथिवी समुषाः समु सूर्यः । समु विश्वमिद जगत् । (यजुर्वेद २०.२३)
४. सूर्यको प्रकाशले चन्द्रमा चम्किन्छं
यजुर्वेदको भनाई छ कि चन्द्रमाको आफ्नो प्रकाश छैन, यो सूर्यको प्रकाशको सहायताले उज्यालो देखिन्छ । निरुक्तमा पनि यस्तै भनिएको छ ।
सुषुम्ण्ः सूर्यरश्मिश्चन्द्रमा गन्धर्वः । (यजुर्वद १८.४०)
अथाप्यरस्यैको रश्मिश्चन्द्रमसं प्रति दीव्यति । आदित्यतोक्स्य दीप्तिर्भवति । (निरुक्त २.६)
५. सूर्य संसारको आत्मा हो
ऋग्वेद, यजुर्वेदमा सूर्यलाई संसारको आत्मा भएको मानिएको छ । यसको अर्थ सूर्य उर्जाको मूख्य श्रोत हो भन्ने हो ।
सूर्य आत्मा जगतस्तस्थुषश्च । (ऋग्वेद १.११५.१÷ यजुर्वेद ७.४२)
६. सूर्य अनेक छन्
ऋग्वेदमा सूर्यहरु धेरै भएको दाबि गर्दै ‘नानासूर्याः’ को चर्चा गरिएको छ । यसको अर्थ सूर्य समान अरु ताराहरु पनि छन् भनिएको हो ।
सप्त लिशो नानासूर्याः । देव आदित्या ये सप्त । (ऋग्वेद ९.११४.३)
७. सूर्यमा धब्बाहरु छन्
ऋग्वेदमा भनिएको छ कि सूर्यको चक्षु (मण्डल वा घेरा) रजस्र (धुलो वा दाग) युक्त छ ।
सूर्यस्य चक्षु रजसैत्यावृतम् । (ऋग्वेद १.१६४.१४)
८. सूर्यको चारैतिर ग्याँसको विशाल मात्रा छ
ऋग्वेदमा दीर्घतम नाम गरेका ऋषिबाट भन्न लगाईएको छ कि उनले योगदृष्टिको सहायताले सूर्यको चारैतिर टाढाटाढासम्म शक्तिशालि ग्याँस (धूम)को विशाल मात्रा देखे ।
शकमयं धूमम् आराद् अपश्यम्, विषूवता पर एनावरेण । (ऋग्वेद १.१६४.४३)
९. सूर्यका किरणमा ७ वटा रङहरु छन्
अथर्ववेदमा सूर्यका ७ रङगी किरणहरु भएको र त्यसैबाट बर्षा हुने दाबि गरिएको छ ।
अव दिवस्तारयन्ति सप्त सूर्यस्य रश्मयः । आपः समुद्रिया धाराः । (अथर्ववेद ७.१०७.१)
१०.सूर्यका किरणहरुले पदार्थलाई रङ दिन्छन्
अथर्ववेदमा पदार्थहरुको आफ्नो रङ नहुने र त्यसका सूर्यका किरणहरुले रङ भर्ने कुरा बताईएको छ । त्यसका ७ वटा मूल रङहरु र त्यसबाट बन्ने अन्य १४ सहायक गरी २१ वटा रङहरु भएको दाबि गरिएको छ ।
ये त्रिसप्ताः परियन्ति विश्वा रुपाणि बिभ्रतः । (अथर्ववेद १.१.१)
११. सूर्यमा सोम (हाइड्रोजन) छ
अथर्ववेदमा सूर्यको उर्जाको आधारका रुपमा सोम (जसलाई अंग्रजीमा हाइड्रोजन भनिन्छ) को नाम आएको छ, जसमा सोमबाट सूर्यलाई शक्ति प्राप्त हुने (सोमेन– आदित्या बलिनः, अथर्ववेद १४.१.२) कुरा उल्लेख गरिएको छ भने यजुर्वेदमा सूर्यमा २ प्रकारका तत्वहरु भएको बताएको छ । यजुर्वेदका अनुसार एउटा तरलको सारतत्व (अपां रसम्) हो भने अर्को तरलको सारतत्वको पनि सारतत्व (अपां रसस्य यो रसः) हो । आधुनिक विज्ञानमा पहिलोलाई हाइड्रोजन र दोश्रोलाई हिलियम मानिएको छ ।
अपां रसम् उद्वयसं, सूर्ये सन्तं समाहितम् । अपां रसस्य यो रसस्तं वो गृह्णाम्युत्तमम् ।। (यजुर्वेद ९.३)
१२. सूर्यको किरणबाट बिद्युत प्रवाह हुन्छ
ऋग्वेदमा ऋग्वेदमा सूर्यको किरणबाट बिद्युत प्रवाह (Electro magnetic radiation) हुने दाबि गर्दै ‘मित्र’ र ‘वरुण’ को चर्चा गरिएको छ । ‘मित्र’लाई ‘धनात्मक आवेग’ (Positive charge) का रुपमा र ‘वरुण’लाई ‘ऋणात्मक आवेश’ (Negetive charge) का रुपमा प्रस्तुत गरिएको छ ।यी २ थरी आवेशहरुको प्रवाहबाट उत्पन्न हुने शक्ति (Power) लाई ‘दूत’ भनिएको छ । ‘दूत’लाई अति तिब्रगामी (मदेरघु) र एकदमैं सकृय (अािर) मान्दै यसको चुम्बकिय शक्तिलाई ‘अयःशिर्षा’ नाम दिईएको छ ।
मित्रा वरुणा… रथर्यतः साकं सूर्यस्य रश्मिभिः । (ऋग्वेद ८.१०१.१÷२)
यो वां मित्रा वरुणाक्जिरो दूतो अद्रवत् । अयःशीर्षा मदेरघुः । (ऋग्वेद ८.१०१.३)
१३. सौर्य उर्जा वैज्ञानिकहरु
ऋग्वेद र यजुर्वेदमा सौर्य उर्जाको आविष्कारका लागि ३ जना वैज्ञानिकहरुलाई जस् दिईएको छ । ‘त्रित’ शब्दबाट संवोधन गरिएका ति वैज्ञानिकहरु इन्द्र, गन्धर्व र वसु थिए । इन्द्रले सौर्य उर्जाबारे ज्ञान प्राप्त गरेको, गन्धर्वले सो ज्ञान (सूत्र)लाई परिक्षण गरेको र वसुले सफल प्रयोग गरेको भनिएको छ ।
त्रित एनम् आयुनक्, इन्द्र एणं प्रथमो अध्यतिष्ठत् । गन्धर्वो अस्य रशनाम् अगृभ्णात्, सुरादश्वं वसतो निरतष्ट।। (ऋ.१.१६३.२÷ यजु. २९.१३)
१४. सूर्यमा आकर्षण शक्ति छ
ऋग्वेदमा धेरै ठाउँमा सूर्यको आकर्षण शक्तिका बारेमा चर्चा छ । यहि आकर्षणबाट नै सूर्यले संसारलाई अड्डयाएको भन्ने ऋग्वेदको भनाई छ ।
सूर्येण उत्तभित्ता द्यौः । (ऋग्वेद १०.८५.१)
अस्कम्भने सविता द्याम् अद्वंहत् । (ऋग्वेद १०. १४९.१)
१५. सूर्यको आकर्षणबाट पृथ्वी अडिएको छ
ऋग्वेद र यजुर्वेदका अनुसार सूर्यको आकर्षण शक्तिबाट पृथ्वी अडिएको छ ।
सविता यन्त्रैः पृथिवीम्–अरम्णात् । (ऋग्वेद १०.१४९.१)
दाधर्थ पृथिवीम् अभितो मयूखैः । (यजुर्वेद ५.१६)
१६. परमाणुहरुमा आकर्षण शक्ति छ
ऋग्वेदमा प्रत्येक परमाणुका कणहरुले एक अर्कालाई आकर्षण गर्ने कुरा उल्लेख गरिएको छ ।
एको अन्यत्–चकृषे विश्वम् आनुषक् । (ऋग्वेद १.५२.१४)
१७. पदार्थ र उर्जा एक अर्कामा रुपान्तरण हुन्छन्
आइन्स्टाईनले पदार्थ र उर्जाको एक अर्कामा रुपान्तरण (E=mc2) हुने भनि निकालेको सूत्र ऋग्वेदमैं प्रमाणित गरिसकिएको थियो ।त्यसमा भनिएको छ कि ‘अदिति’ (अनश्वर प्रकृति अथवा पदार्थ जसलाई अंग्रेजीमा mबततभच भनिन्छ) बाट ‘दक्ष’ (उर्जा, जसलाई अंग्रेजीमा भलभचनथ भनिन्छ) उत्पन्न हुन्छ ।
अदितेर्दक्षो अजायत, दक्षाद् उ–अदितिः परि । (ऋग्वेद १०.७२.४)
१८. उर्जा विश्वव्यापी छ
ऋग्व्ेद र अथर्ववेदका धेरै मन्त्रहरुमा भनिएको छ कि उर्जा (अग्नी वा energy) को अस्तित्व पृथ्वी, अन्तरीक्ष, द्युलोक, विद्युत, वायू सबैमा व्याप्त छ, यिनीहरुभित्र जहाँ जहाँ घर्षण (friction) हुन्छ, त्यहाँ त्यहाँ उर्जा पैदा हुन्छ ।
आ रोदसी भानुना भात्यन्तः । (ऋग्वेद १०.४५.४)
दिवं पृथिवीमनु–अन्तरिक्षं ये विद्युतम् अनुसंचरन्ति । ये दिक्ष्वन्तर्ये वाते अन्तस्तेभ्यो अग्निभ्यः । (अथर्ववेद ३.२१.८)
१९. उर्जाका विभिन्न रुपहरु हुन्छन्
ऋग्वेदमा उर्जाका विभिन्न रुपहरुको चर्चा गरिएको छ । यजुर्वेदमा समुद्री उर्जा, जलिय उर्जा, सौर्य उर्जा, पार्थिव उर्जा, आकाशिय उर्जा, भू–गर्भीय उर्जा, वृक्षादि उर्जा आदिको वर्णण छ ।
दिवस्परि प्रथमं… द्वितीयंं जातवेदाः । तृतीयमप्सु । (यजुर्वेद १२.१८)
समुद्रे त्वा… अप्सु अन्तः , तृतीये रजसि । (यजुर्वेद १२.२०)
आ रोदसी भानुना भाति–अन्तः । (यजुर्वेद १२.२१)
२०. बिद्युत तरङ्गमा चुम्बकिय शक्ति छ
बिद्युत तरङ्गहरुमा चुम्बकिय शक्ति भएको कुरा उल्लेख गर्दै त्यसबाट विकिरण (radiation) पैदा हुने चर्चा ऋग्वेदमा उल्लेख छ । चुम्बकिय शक्तिका लागि ‘अयोद्रंष्ट्र’, चुम्बकत्वका लागि ‘अयस्’ र विकिरणका लागि ‘विधावतः’ शब्दहरुको प्रयोग गरिएको छ ।
मरुतः… अयोदंष्ट्रान विधावतः । (ऋग्वेद १.८८.५)
२१. वायूमण्डलमा ओजोन पत्र छ
ऋग्वेद र अथर्ववेदमा पृथ्वीको चारैतिर ओजोन पत्र रहेको कुरा उल्लेख छ । ऋग्वेदमा ओजोन पत्रकालाई ‘महत् उल्ब’ (मोटो पत्र) भनिएको छ र यसलाई गर्भस्थ शिशुहरुको रक्षा गर्ने झिल्लि जस्तै पृथ्वीको रक्षाकबच भएको बताईएको छ ।
महत् तदुल्बं स्थविरं तदासिद् । येनाविष्टितः प्रविवेशिथापः ।। (ऋग्वेद १०.५१.१)
तस्योत जायमानस्य–उल्ब आसीद् हिरण्ययः । (अथर्ववेद ४.२.८)
२२. वनस्पतिमा रक्षक तत्व छ
अथर्ववेदको एउटा मन्त्रमा एकप्रकारको रक्षक तत्व (जसलाई ‘अवितत्व’ नाम दिईएको छ) का कारणले नै वनस्पति जगतमा हरियालि भएको दाबि गरिएको छ । अथर्ववेदमा ‘अवि’ नाम दिईएको तत्व नै आधुनिक विज्ञानको क्लोरोफिल (chlorophyll) हो । tissue लाई ‘ऋत’ नाम राखिएको छ ।
अविर्वै नाम देवता–ऋतेनास्ते परीवृता । तस्या रुपेणेमे वृक्षा हरिता हरितस्रजः । (अथर्ववेद १०.८.३१)
२३. अक्सीजन र कार्वन डाइअक्साईडको कल्पना
वनस्पतिहरुमा शतपथ ब्राम्हण (६.१.३.१२) मा वनस्पतिहरुलाई ‘पशुपति’ (शिव) भनिएको छ । यजुर्वेदमा पशुपतिलाई वृक्ष, वनस्पति, वन औषधि आदिका स्वामि मानिएको छ । शिवले विष पिएर अमृत दिए जस्तै वनस्पतिरुपी पशुपतिले पनि त्यस्तै गर्ने भनि विषलाई ‘कार्वन डाइअक्साइड’ र अमृतलाई ‘अक्सीजन’का रुपमा तुलना गरिएको छ ।
वृक्षाणां पतये नमः । ओषधीनां पतये नमः । (यजुर्वेद १६.१७÷१८.१९)
२४. वनस्पतिमा चेतन तत्व छ
अथर्ववेदमा वर्णण गरिएको छ कि वृक्षहरुमा आत्मा छ, यसकारण वृक्षहरुले सास लिन्छन् ।
महद् ब्रम्ह… येन प्राणन्ति वीरुधः । (अथर्ववेद १.३२.१)
अस्थुर्वृक्षा ऊध्र्वस्वप्नाः । (अथर्ववेद ६.४४.१)
२५. पर्यावरणका संघटक तत्वहरु
अथर्ववेदका अनुसार जल, वायूर वनस्पति पर्यावरणका संघटक तत्वह्र हुने र यीनैले मानिसलाई खुसि पार्दछन् । यीनलाई ‘छन्दस्’ भनिएको छ ।
त्रीणि छन्दांसि कवयो वि , पुरुरुपं दर्शनं विश्वचक्षणम् । आपो वाता ओषधयः , तान्येकस्मिन् भुवन आर्पितानि ।। (अथर्ववेद १८.१.१७)
२६. वृक्षहरु नकाट
ऋग्वेदमा वृक्षहरुले प्रदुषण नाश गर्ने र पानीको श्रोत बचाउने भएकोले यिनलाई काट्नु हुँदैन भन्दै वृक्षारोपण गर्न भनिएको छ ।
मा काकम्बीरम् उद्वृहो वनस्पतिम्, अशस्तीर्वि हि नीनश्चः । (ऋग्वेद ६.४८.१७)
वनस्पतिं वन आस्थापयध्वं, नि षू ददिध्वम् अखनन्त उत्सम् । (ऋग्वेद १०.१०१.११)
२७. सूर्य किरण ऋदय रोग नाशक छ
ऋग्वेदमा सूर्यको किरणलाई ऋदय रोग नाशक र रक्त अल्पता (anaemia) हटाउने औषधिका रुपमा चित्रण गरिएको छ । ऋग्वेदका अनुसार छातिमा सूर्योदयको बेलाका किरणहरु १५ मिनेटसम्म राख्नाले ऋदय रोग, शिरदर्द, रक्तअल्पता, कमलपित्त निको हुन्छ ।
उद्यन् अद्य मित्रमह, आरोहन् उत्तरां दिवम् । हृद्रोगं मम सूर्य, हरिमाणं च नाशय ।। (ऋग्वेद १.५०.११)
२८. हस्तस्पर्श चिकित्सा (थेरापी)
आधुनिक भाषामा थेरापि भनिने हस्तस्पर्श चिकिस्ताबाट धेरै रोगहरुको उपचार गर्न सकिने अथर्ववेदमा उल्लेख छ ।
अयं मे हस्तो भगवान, अयं मे भगवत्तरः । अयं मे विश्वभेषजोकयं शिवाभिमर्शनः ।। (अथर्ववेद ४.१३.६)
हस्तभ्यां दशशाखाभ्यां जिव्हा वाचः पुरोगवी । अनामयित्नुभ्यां हस्ताभ्यां ताभ्यां त्वाभि मृशामसि ।। (अथर्ववेद ४.१३.७)
२९. वैज्ञानिक यन्त्रहरु
तैत्तिरीय संहितामा विभिन्न किसिमका वैज्ञानिक यन्त्रहरुको चर्चा गरिएको छ, जसमा ‘वातयन्त्र’ (वायूको दिशा पत्ता लगाउने यन्त्र), ‘ऋतुयन्त्र (मौसमबारे जानकारी लिने यन्त्र), ’दिग्यन्त्र (दिशा पत्ता लगाउने यन्त्र), ‘तेजोयन्त्र’ (प्रकाशलाई टाढा फाल्ने यन्त्र, ‘ओजोयन्त्र’ (उर्जा उत्पन्न गर्ने यन्त्र) को वर्णण छ । यसले तात्कालिन समयमा थुपै वैज्ञानिक यन्त्रहरुको आविष्कार भैसकेको देखाउँछ।
वातानां यन्त्राय, ऋतुनां यन्त्राय, दिशां यन्त्राय, तेजसे यन्त्राय, ओजसे यन्त्राये । (तैत्तिरेय संहिता १.६.१.२)
३०. पानीभित्र र अन्तरिक्षमा चल्ने जहाज
ऋग्वेदमा पुषा नामक देवताका पानीभित्र चल्ने नौका (Submarine) र अन्तरिक्षमा चल्ने जहाज भएको उल्लेख छ ।
यास्ते पुषन् नावो अन्तः समुद्रे, हिरण्ययीरन्तरिक्षे चरन्ति । (ऋग्वेद ६.५८.३)
३१. स्वचालित यान
चालक, लगाम र घोडा केहिको सहयोग विना चल्ने स्वचालित अन्तरिक्ष यान मरुत् नाम गरेका देवतासंग भएको कुरा ऋग्वेदमा पाईन्छ ।
अनेनो वो मरुतो यामो अस्तु, अनश्वश्चिद् यमजत्यरथिः । अनवसो अनभीशू रजस्तु, वि रोदसी पथ्या याति साधन् । (ऋग्वेद ६.६६.७)
३२. पृथ्वीको उत्पत्ति सूर्यबाट
अथर्ववेदले हातबाट कुनै वस्तु खसेजस्तै गरि पृथ्वीको उत्पत्ति सूर्यबाट खसेर भएको मानेको छ ।
बाहुच्युता पृथिवी द्यामिवोपरि । (अथर्ववेद १८.३.२५)
३३. भू–गर्भमा आगो छ
अथर्ववेद र शतपथ ब्राम्हणले पृथ्वीको भित्रि भागमा आगो रहेको त्यहि आगोले र्पथ्वीमा गति र कम्पन पैदा गर्ने बताएका छन् । यो आगो ‘तडित–रेणु–विकिरण’ (radio–activity) का रुपमा जलिरहेको, रेडीयो एक्टीभ पदार्थहरु नै ‘अन्तर्दाह’ (plutonic energy) को कारणका रुपमा रहेको व्याख्या गरेका छन् ।
अग्निर्भूम्याम् ओषधीयू । (अथर्ववेद १२.१.१९)
अग्निमन्तर्भरिष्यन्ती ज्योतिष्मन्तम् अजस्रमित् । (यजुर्वेद ११.३)
अग्निगर्भा पृथिवी । शतपथ ब्राम्हण ६.५.१.११
यथाक्ग्निगर्भा पृथिवी, द्यौरिन्द्रेण गर्भिणी । (बृहदारण्य उपनिषद ६.४.२२)
याक्प सर्पं विजमाना विमृग्वरी, यस्यामासन् अग्नयो ये अप्स्वन्तः । (अथर्ववेद १२.१.३७)
३४. पहाड र समुद्रमा निधि छ
ऋग्वेद र यजुर्वेदमा के उल्लेख गरिएको छ भने पहाडमा प्रसस्त मात्रामा खनिज तत्व, ग्याँस तथा समुद्र मुनि रत्नहरु पाईन्छन् ।
वसुमन्तमं वि पर्वतम् । (ऋग्वेद २.२४.२)
गुहा निधिं… परिवीतम् अश्मनि–अनन्ते । (ऋग्वेद १.१३०.३)
सं सूर्येण दिद्युतद् उदधिर्निधिः । (यजुर्वेद ३८.२२)
चतुःसमुद्रं धरुणं रयीणाम् । (ऋग्वेद १०.४७.२)

