बुधबार, माघ २९, २०७६
सर्वेन्द्र खनालको कार्यकालमा प्रहरी इतिहासमै ब’दनाम भयो तर संगठित अप’राध निर्मु’ल पार्ने जस चै खनालमै जान्छ – रबि

सर्वेन्द्र खनालको कार्यकालमा प्रहरी इतिहासमै ब’दनाम भयो तर संगठित अप’राध निर्मु’ल पार्ने जस चै खनालमै जान्छ – रबि

निर्मला प्र कर ण : अनुसन्धान दिलिपमाथी केन्द्रित,अङ्गुर जीसी LIVE ! एआईजी धिरु बस्नेतले दिएको प्रतिवेदन खारेज


  • स्वदेश नेपाल
  • बुधबार, माघ २९, २०७६

‘सेलिब्रेटी’को छवि घुमिल्याएर औसत कार्यकालबाट विदा भए महानिरीक्षक खनाल- २६औं महानिरीक्षकका रुपमा करिब २३ महिना नेपाल प्रहरीको ‘कमाण्ड’ सम्हालेर सर्वेन्द्र खनाल विदा भएका छन् । डीआईजीसम्म ‘सेलिब्रेटी’ अधिकृतको छवि बनाएका खनालको कार्यकाल भने औसतभन्दा माथि उढ्न सकेन । सिमित उपलब्धी र अधिक आलोचना बोकेर खनाल प्रहरी संगठनबाट बाहिरिएका हुन् ।

२०७४ फागुन २८ मा डीआईजीबाट सिधै आईजीपीमा बढुवा भएका खनालले अपराधअनुसन्धान तथा नियन्त्रण, सुशासन, मानव अधिकारको संरक्षण, आर्थिक पारदर्शितालगायत १० बुँदे कार्ययोजना ल्याएका थिए । तर, कार्ययोजना र प्रतिबद्धताको तारतम्य नमिल्दा खनालले संगठनमा विशेष छाप भने छोड्न सकेनन् ।

एआईजी धिरु बस्न्यातमाथि लागेको आर्थिक घोटालाको आरोपमा मौन बसेको आरोप खेपेका खनालले थाइल्याण्डमा भएको बिमस्टेकको सुरक्षा स्तरीय बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवादविरुद्ध जुध्न भन्दै तयार पारेको प्रस्तावमा सहमति गरे । जसका लागि खनाल गृहमन्त्रालयको स्पष्टीकरणमा पनि परे । नेपालमा शंकास्पद लगानी गरिरहेका केही सन्दिग्ध चिनियाँसँग कार्यकक्षमै भेटेर कुराकानी गरेको तथ्यले खनाललाई थप विवादमा ल्यायो । यसबाहेक खनालले सरुवा–बढुवामा समेत पारदर्शी नभएको आरोप खेप्नुप¥यो ।

एक महिनाअघि नै बिदामा बसेर भावी नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने चलनसमेत तोडेका खनाल अन्तिमतिर कार्यकाल बढाउने कोसिसमा भने सफल भएनन् । ३ एआईजी र १८ डीआईजीसँगै संगठनबाट विदा भएका खनाल आफ्नो प्रत्यक्ष संलग्नतामा भएका केही घटनामा अवकाशपछि पनि जवाफ दिनबाट उम्कन सक्ने अवस्थामा भने छैनन् ।

‘सीधाकुरा जनतासँग’को ४९४ औं एपिसोड हो रआजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१ एआईजीको समितिको प्रतिवेदन खारेज, अनुसन्धान पुनः दीलिपसिंह विष्टमाथि !

प्रहरी प्रधान कार्यालयले डिआईजी सुरज केसीको नेतृत्वमा गठन गरेको पुनरावलोकन समितिले यसअघि प,क्राउ भएपनि डिएनए नमिलेर छुटेका दीलिप सिंह बिष्टमाथि नै अनुसन्धान केन्द्रित गर्नुपर्ने र अनसन्धानमा प्रहरीले नै लापरवाही गरेको भन्ने एआईजी धिरु बस्नेतको प्र,तिवेदन गलत भएको भन्दै कार्यान्वयन नगर्न सुझाबसहितको प्रतिवेदन दिएसँगै घ,टनाको अनुसन्धान साँघुरिदै जाने संकेत देखिएको छ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीलाई सोही प्रतिवेदनको आधारमा अनुसन्धान गर्न निर्देशन समेत दिएको छ ।

पुनरावलोकन समितिले भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र कञ्चनपुर प्रहरीले सुरुमा गरेको अनुसन्धान नै सही रहेको नि,श्कर्ष दिएपछि प्रहरी प्रधान कार्यालयले बस्नेत नेतृत्वको समितिले दिएको प्रतिवेदन नै खारेज गरेको छ । प्रतिवेदन खारेजसँगै मुख्यालयको निर्देशन मुताबिक कञ्चनपुर प्रहरीले पुनः अ,नुसन्धान थालेको छ ।

डीआईजी सुरज केसी नेतृत्वको समितिले दिएको निश्कर्ष : बस्नेत समितिको प्रतिवेदन बयानमा मात्रै आधारित रहेको, अफवाहका आधारमा धारणा बनाएका व्यक्तिको भर परेको, अनुसन्धानलाई दिग्भ्रमित पारेको । प्रहरीको अनुसन्धानवि,रुद्ध चलाइएका प्रायोजित हल्ला, चर्चा र सामाजिक सञ्जालद्वारा प्रेरित जनमानसमा सनसनी फैलाउने गैरजिम्मेवार समाचारको शृंखलाबाट प्रतिवेदन निर्देशित भएको । अनुसन्धानमा भएका महत्वपूर्ण उपलब्धिलाई अमान्य घो,षित गरेको, सम्भावित आरोपितलाई यातना दिई साविती बयान गराएको, प्रमाण नष्ट गरेको, नक्कली प्रमाण खडा गरेको भन्ने पूर्वमान्यताबाट निर्देशित रहेको ।

२. के हुदैछ कञ्चनपुरमा -दीलिपसिंह बिष्टमाथि नै पुन अनुसन्धान गर्नु�