बुधबार, माघ ११, २०७९
बागमतीको भागबण्डा मिल्यो, कुन दललाई कति मन्त्रालय ?

बागमतीको भागबण्डा मिल्यो, कुन दललाई कति मन्त्रालय ?


  • स्वदेश नेपाल
  • बुधबार, माघ ११, २०७९

काठमाडौं। बागमती प्रदेशका मन्त्रालयको भागबन्डा मिलेको छ। स्रोतका अनुसार नेकपा माओवादीले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउदाँ एमालले ४ मन्त्रालय पाउने भएको छ।

यस्तै सत्ता साझेदार अर्को दल राप्रपाले भने ३ मन्त्रालय पाउने सहमति भएको बताइएको छ। मन्त्रालयको संख्यामा सहमति भएपनि कुनकुन मन्त्रालय कुनकुन दलले पाउनेबारे सहमति भने नभएको स्रोतले जनाएको छ।

बुधबार दिउँसोसम्म बाँकी मन्त्रीलाई शपथ ग्रहण गराउने कार्ययोजना बनाइसकेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए।

कर्णालीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच मन्त्रालय भागवण्डा मिलेपछि मन्त्रिपरिषद् विस्तार हुने लागेको हो । मंगलबार बसेको दुई दलको बैठकले मन्त्रालय भागवण्डाको विषय टुङ्गाएका हुन् ।

भागवण्डा अनुसार नेकपा (माओवादी केन्द्र)ले भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानुन र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय, नेकपा एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ ।

कर्णाली प्रदेशमा ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो । बैठकमा सहभागी माओवादी दलका नेता मुख्यमन्त्री राजकुमार शर्माले आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट