मङ्लबार, माघ १०, २०७९
एमबाप्पेको पाँच गोलसंगै पीएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६

एमबाप्पेको पाँच गोलसंगै पीएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६


  • स्वदेश नेपाल
  • मङ्लबार, माघ १०, २०७९

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराती भएको खेलमा पीएसजी छैटौं श्रेणीको पाएस डी कासेललाई ७-० गोलको फराकिलो अन्तरबाट हराउँदै अन्तिम १६ मा पुगेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे ।

यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् । एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।यस्तै पीएसजीको जितमा नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।

नेपाल टी–२० लिग : स्पट फिक्सिङबारे पत्रकार सम्मेलन हुँदै

नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ बारे आज दिउँसो पत्रकार सम्मेलन हुने भएको छ।

स्पट फिक्सिङबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको हो।

यसअघि स्पट फिक्सिङको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन्। राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ परेका हुन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट