काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई पक्राउ गरी जहाजबाट काठमाडौं ल्याइँदैछ ।
काठमाडौंमा हालै सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैजनालाई काठमाडौं ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्नेछ ।
मेहबुब टी–२० लिगताका फिक्सिङको समाचार बाहिरिएलगत्तै भारत गएको चर्चा थियो । आदिल अन्सारीलाई कमेन्टेटर सचिन तिमिल्सिनाले फिक्सिङबारे सामाजिक सञ्जालमा लाइभ भिडिओमा बताउँदै नेपाली अलराउण्डर भनेर संकेत गरेका थिए ।
पूर्वअलराउण्डर मेहबुब आलमको नाममा एकै खेलमा १० विकेटको कीर्तिमानसमेत छ । आदिल भने राष्ट्रिय टीमका उदीयमान अलराउण्डर हुन् ।
पाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई पक्राउ गरी जहाजबाट काठमाडौं ल्याइँदैछ ।