बुधबार, माघ ४, २०७९
प्रभासको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने

प्रभासको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने


  • स्वदेश नेपाल
  • बुधबार, माघ ४, २०७९

काठमाडौं। अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ। फिल्मका निर्देशक ओम राउतले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति घोषणा गरेका छन्।

निर्देशक राउतले प्रदर्शन मिति सार्वजनिक गर्दै फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका छन्। उनले फिल्म रिलिजका लागि १ सय ५० दिन बाँकी रहेको समेत उल्लेख गरेका छन्। फिल्ममा प्रभासका साथमा कृति सेनन, सैफ अली खान र सन्नी सिंहले समेत शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।

‘आदिपुरुष’को भीएफएक्सदेखि लिएर प्रभास, सन्नी सिंह, कृति सेनन र सैफ अली खानको लुकलाई मानिसहरुले निकै ट्रोल गरिरहेका छन्। सैफको दाह्रीको ट्रोल बने पनि यही अवस्थालाई सुधार गर्न फिल्मको प्रदर्शन मिति थपिएको बताइएको छ।

यो फिल्मलाई बलिउडको अहिलेसम्मकै महँगो फिल्म भनिएको छ। फिल्ममा झन्डै ५ सय करोड लगानी गरेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट