मङ्लबार, माघ ३, २०७९
पल शाहले पाए जिल्ला अदालत तनहुँबाट सफाइ

पल शाहले पाए जिल्ला अदालत तनहुँबाट सफाइ


  • स्वदेश नेपाल
  • मङ्लबार, माघ ३, २०७९

तनहुँ । अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । बालिका बलात्कारको आरोपमा रहेको अभिनेता शाहलाई जिल्ला अदालत तनहुँले आज मंगलबार सफाइ दिएको छ

मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट