काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । गुरूङ, एमालेका उम्मेदवार पद्मा अर्यालसँग २ हजार १ सय ७१ मतान्तरले अग्रता लिईरहनुभएको हो ।
पछिल्लो मतपरिणाम अनुसार १६ हजार ७३६ मत ल्याएर गुरुङले अग्रता राख्दा एमालेका पद्मा अर्यालले १५ हजार १६४ मत ल्याएर पछ्याईरहनु भएको छ ।
तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार २६६ मत ल्याएका ल्याउनुभएको छ । निर्वाचन कार्यालय स्याङ्जाका अनुसार त्यहाँ ७० हजार १९१ मत खसेको छ ।
गत मंङ्सिर ४ मा भएको निर्वाचनमा काँग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गरेको थियो । तर बुधबार निर्वाचन आयोगले पुनः मतदान नगर्ने निर्णय गरेको थियो ।