काठमाडौं । पछिल्लो ११ महिनामा ५ लाख ४९ हजार ६५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत पुषको दोस्रो साता देखि मङ्सिरको दोस्रो सातासम्म ५ लाख ४९ हजार ६६५ पर्यटक नेपाल घुम्नका लागि भित्रिएका हुन् ।
बोर्डका अनुसार गत १ महिनामा मात्रै ७२ हजार ६५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिनामा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए । गत पुषमा भने १६ हजार ९७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत महिनामा यसरी नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै २० हजार ८३२ पर्यटक भारतबाट आएका छन् ।
अमेरिकाबाट ७ हजार ८३१, बेलायतबाट ५ हजार १६५ र अष्ट्रेलियाबाट ३ हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै बङ्गलादेशबाट २ हजार २१८, थाइल्यलाण्डबाट २ हजार ४४१ पर्यटक आएका छन् ।