शुक्रबार, मंसिर १६, २०७९
विवाद मिलेपछि बाजुरमा मतगणना पुनः सुरु

विवाद मिलेपछि बाजुरमा मतगणना पुनः सुरु


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं । बाजुरामा रोकिएको मतगणना पुनः सुरु भएको छ । मतगणनाको क्रममा उत्पन्न विवाद सुल्झिएपछि पुनः मतगणना सुरु गरिएको छ । यसअघि यहाँ मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो ।

उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा ९२० तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुचुल्काभन्दा ९८ मत बढी पाइएको दाबी कांग्रेस कार्यकर्ताहरूले गरेका थिए ।

निर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो ।

बाजुरामा रोकिएको मतगणना पुनः सुरु भएको छ । मतगणनाको क्रममा उत्पन्न विवाद सुल्झिएपछि पुनः मतगणना सुरु गरिएको छ । यसअघि यहाँ मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट