काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा (एमाले)ले २७ लाख ७३ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले २६ लाख ४४ हजार मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार मत कटाएको छ । निर्वाचनमा करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताईएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।