शुक्रबार, मंसिर १६, २०७९
दोलखामा मतगणना पुनः सुरु

दोलखामा मतगणना पुनः सुरु


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं । दोलखामा रोकिएको मतगणना पुनः सुरु भएको छ । प्रतिनिधिसभातर्फको मतगणनाको क्रममा १४७ वटा मतपत्र हराएपछि आज केहीबेर मतगणना रोकिएको थियो ।

त्यसलगत्तै सर्वपक्षीय छलफलपछि दलीय सहमतिमा मतगणना अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुचुल्कामा उल्लेख मतपत्रको संख्याभन्दा कम भेटिएपछि नेकपा एमालेले आपत्ति जनाएको थियो ।प्रतिनिधी सभातर्फको मतगणना रोकिएपनि प्रदेशसभातर्फको मतगणना जारी थियो ।

दोलखामा रोकिएको मतगणना पुनः सुरु भएको छ । प्रतिनिधिसभातर्फको मतगणनाको क्रममा १४७ वटा मतपत्र हराएपछि आज केहीबेर मतगणना रोकिएको थियो ।

त्यसलगत्तै सर्वपक्षीय छलफलपछि दलीय सहमतिमा मतगणना अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुचुल्कामा उल्लेख मतपत्रको संख्याभन्दा कम भेटिएपछि नेकपा एमालेले आपत्ति जनाएको थियो ।प्रतिनिधी सभातर्फको मतगणना रोकिएपनि प्रदेशसभातर्फको मतगणना जारी थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट