काठमाण्डौ । सुन चाँदीको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ ।
हिजो पनि सुनको भाउ ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि बढेको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो पनि, नेपाल राष्ट्र बैँकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२९ रूपैयाँ ६५ पैसा र बिक्री दर १३० रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ३५ पैसा र बिक्री दर १३५ रूपैयाँ ९८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ४८ पैसा र बिक्री दर १५८ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४८ पैसा र बिक्री दर ३५ रूपैयाँ ६५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।