शुक्रबार, मंसिर १६, २०७९
मतगणना भइरहेका स्याङजा, बाजुरा र दोलखामा कस्को मत कति ?

मतगणना भइरहेका स्याङजा, बाजुरा र दोलखामा कस्को मत कति ?


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्रि पाण्डेले ५ हजार ४१९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १२९ मतसहित पछ्याउनुभएको छ ।

दोलखामा पनि मतगणना सुरु भएको छ । यो समाचार तयारपार्दासम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गंगा कार्की ३ हजार २४१ मतका साथ अगाडि हुनुहुन्छ भने नेपाल एमालेका बालकृष्ण शिवाकोटीले १ हजार ५ सय मतका साथ पछ्याइरहनुभएको छ ।

यस्तै, स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ ।

उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २३ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको १२ हजार ९५१ र एमालेका पद्माकुमारी अर्यालको १० हजार ६२७ मत रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ६७६ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट