बिहिबार, मंसिर १५, २०७९
विश्वकप फुटबल : समूह इ र एफका दुई दुई खेल हुने

विश्वकप फुटबल : समूह इ र एफका दुई दुई खेल हुने


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर १५, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।

जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ।

दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह ुएफु बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट