सोमवार, मंसिर १२, २०७९
कांग्रेस नेता गच्‍छदार भन्दा एमाले नेतृ भगवती चौधरी ५,१८१ मतले अगाडि, कसको कति पुग्यो ?

कांग्रेस नेता गच्‍छदार भन्दा एमाले नेतृ भगवती चौधरी ५,१८१ मतले अगाडि, कसको कति पुग्यो ?


  • स्वदेश नेपाल
  • सोमवार, मंसिर १२, २०७९

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमाले उमेदवार भगवती चौधरीले २१ हजार ४ मत पाएकी छन् ।

नेपाली कांग्रेसका उमेदवार विजय कुमार गच्‍छदार दोस्रो स्थानमा छन् । उनको पक्षमा १५ हजार ८२३ मत खसेको छ । चौधरीभन्दा गच्छदार ५ हजार १८१ मतले पछि छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा उमेदवार कमल बाबु मैनालीले ५ हजार ८३४ मत पाएका छन् । मतगणना जारी छ ।

समानुपातिकतर्फ ९३ लाख मतगणना : सूर्य अगाडि, तेस्रोमा घण्टी, एकीकृत समाजवादीको साढे दुई लाख

काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

आइतबार बिहान १० बजेर २० मिनेटसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २५ लाख ३४ हजार ३२३ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१ मत ल्याएको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मत प्राप्त गरेको छ ।नेकपा (माओवादी केन्द्र) चौथो स्थानमा छ । माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ४५ हजार ६५६ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) तीन लाख २६ हजार ३७२ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी दुई लाख ६२ हजार ८२६ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ५२ हजार २७ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ३७ हजार ९६२ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख २७ हजार ९१८ मतसहित १०औँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट