काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणना अनुसार ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीले समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पु¥याएको हो ।
त्यस्तै एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली काँग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थान बनाएको छ । माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ ।
त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार कटाएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख कटाएर छैठौं, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।
समाजवादीपछि जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।