काठमाडौं । मङ्सिर ४ गते भएको निर्वाचनको मतपरणाम सार्वजनिक हुने क्रम अन्तिम अवस्थामा पुगेको छ । अब ५ निर्वाचन क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको छ ।
हाल सम्मको अवधिमा काँग्रेसले ५३ सिट जितेको छ ३ क्षेत्रमा अघि छ । यस्तै एमालेले ४२ क्षेत्र जितेको छ, १ क्षेत्रमा अघि देखिएको छ । यसैगरि माओवादी केन्द्रले १७ सिट जितेको छ भने एकिकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ भने राप्रपाले पनि ७ सिट जितेको छ ।
लोसपाले ४ सिट जितेको छ भने नागरिक उन्मिुक्ति पार्टीले ३ सिट जितेको छ । अन्य दलले ८ सिट जितेका छन् । यसैबीच, इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित हुनुभएको छ ।
बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई हराउँदै निर्वाचित हुनुभएको हो । बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तर सहित निर्वाचित हुनुभएको हो ।